News Portal

  • २५ वर्षीया महिलाले जन्माइन् ७ बच्चा

    भूगोल संवाददाता
    ९८१ पटक

    पूर्वीइराकको दियालीमा एउटा अनौठो घटना सार्वजनिक भएको छ । त्यहाँकी एक २५ महिलाले एकपटकमा ७ वटा बच्चा जन्माएकी छन् ।

    ती महिलाको नाम खुलाइएको छैन । यद्यपि, उनले अस्पतालमा प्राकृतिक प्रसूतिबाटै बच्चा जन्माएको र आमा तथा बच्चा सबैको स्वास्थ्य राम्रो रहेको डेलीमेलले जनाएको छ ।

    सरकारी अधिकारीका अनुसार कुनै पनि महिलाले एकै बेतमा ७ बच्चा जन्माएको इराकमा यो पहिलो घटना हो । ती महिलाले नर्मल डेलिभरीबाट जन्माएका ७ बच्चामध्ये ६ जना छोरी र १ जना छोरा छन् ।

    यसअघि सन् १९९७ मा अमेरिकामा एकजना महिलाले ७ जना बच्चा जन्माएकी थिइन् । तर उनले बच्चा जन्माउँदा शल्यक्रिया गर्नुपरेको थियो । त्यो घटनापछि तत्कालीन अमेरिकी राष्ट्रपति विल क्लिन्टनले उक्त दम्पत्तिलाई भेट गरी बधाइ दिएका थिए । साथै उक्त दम्पत्तिलाई घर तथा अन्य आर्थिक सहयोग गर्नुका साथै सबै बच्चालाई पढ्नका लागि छात्रवृत्तिसमेत प्रदान गरेका थिए ।

    त्यस्तै सन् २०१३ मा लेबनानमा एकजना महिलाले ६ जना बच्चा जन्माएकी थिइन् । जसमा ३ छोरा र ३ छोरी थिए ।

    अहिले ७ जना बच्चा जन्माउने इराकी महिलाको नाम तथा पहिचान नखुलाइएको भए पनि उनका पतिको नाम भने युसुफ फदल रहेको बुझिएको छ । अब आफूमाथि कूल १० जनाको जिम्मेवारी आएको उनले बताएका छन् । बच्चाको हेरचाहका लागि उनको घरमा अरु १० जना सदस्य छन् । आफूहरुलाई अब बच्चाको रहर पुगेको पनि उनले बताएका छन् ।  एजेन्सी

    २०७५ फागुन ६ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    मानवसेवा आश्रमलाई प्रदेश सरकारको ५ लाख

    वीरगञ्ज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मावन सेवा आश्रम वीरगञ्ज शाखाको भवन निर्माणका...

    शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी पूरा

    मकवानपुर । दोस्रो संस्करणको भूगर्भ सिमेन्ट शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ को तयारी सम्पन्न भएको छ...

    होली खेल्ने क्रममा बानेश्वरमा खुकुरी हानाहान, दुई जना घाइते

    काठमाडौँ । नयाँ बानेश्वर चोकमा होली खेल्ने क्रममा विवाद हुदाँ खुकुरी हानाहान भएको छ। झडपको...

    बाहुबली निर्देशकको “आरआरआर”

    काठमाडौँ । तेलुगु भाषामा लगातार ‘मगधीरा’, ‘मख्खी’ र ‘बाहुबली’ का दुई भाग निर्देशन गरेर बलिउडमा...

    जनताको जलविद्युत कार्यक्रम भोलिदेखि, पहिलो सेयर प्रधानमन्त्रीले किन्दै

    काठमाडौं । ‘नेपालको पानी जनताको लगानी सबै नेपाली विद्युतको सेयरधनी’ भन्ने नाराका साथ पहिलो चरणमा...