News Portal

  • त्रिविका सहायक डीनलाई विद्यार्थीले दले कालोमोसो, यस्तो छ कारण

    भूगोल संवाददाता
    २०७ पटक

    काठमाडौं । एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षा शास्त्र संकायका सहायक डीन बबालाल साहलाई विद्यार्थीले कालोमोसो दलेका छन्।

    अनेरास्ववियु र अखिल (क्रान्तिकारी) का कार्यकर्ताले बुधबार साहलाई उनकै कार्यकक्षमा मोसो दलेका हुन्। पूर्वएमाले निकट अनेराश्ववियुकी उपाध्यक्ष सुनिता बरालका अनुसार साहले दुर्व्यवहार गरेको घटना सार्वजनिक भएपछि आक्रोशित विद्यार्थीले मोसो दलेका हुन्।

    केही दिनअघि साहले छात्रालाई संवेदनशील अंगमा छोएर हातपात समेत गरेको विद्यार्थीको आरोप छ। साहले संवेदनशील अंगमा छुदै जबर्जस्ती गर्न खोजेको र नमान्दा हातपात गरेको विद्यार्थीले आरोप लगाएका छन्।

    जबर्जस्ती गरेको भन्दै छात्राले शिक्षा संकायको डीन कार्यालयमा निवेदन समेत दिएकी थिइन्।

    २०७५ फागुन ८ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    मानवसेवा आश्रमलाई प्रदेश सरकारको ५ लाख

    वीरगञ्ज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मावन सेवा आश्रम वीरगञ्ज शाखाको भवन निर्माणका...

    शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी पूरा

    मकवानपुर । दोस्रो संस्करणको भूगर्भ सिमेन्ट शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ को तयारी सम्पन्न भएको छ...

    होली खेल्ने क्रममा बानेश्वरमा खुकुरी हानाहान, दुई जना घाइते

    काठमाडौँ । नयाँ बानेश्वर चोकमा होली खेल्ने क्रममा विवाद हुदाँ खुकुरी हानाहान भएको छ। झडपको...

    बाहुबली निर्देशकको “आरआरआर”

    काठमाडौँ । तेलुगु भाषामा लगातार ‘मगधीरा’, ‘मख्खी’ र ‘बाहुबली’ का दुई भाग निर्देशन गरेर बलिउडमा...

    जनताको जलविद्युत कार्यक्रम भोलिदेखि, पहिलो सेयर प्रधानमन्त्रीले किन्दै

    काठमाडौं । ‘नेपालको पानी जनताको लगानी सबै नेपाली विद्युतको सेयरधनी’ भन्ने नाराका साथ पहिलो चरणमा...