News Portal

  • हेटौंडाबाट मोबाइल चोर्ने दुई जना प्रहरी फन्दामा

    भूगोल संवाददाता
    ३३९ पटक

    मकवानपुर । मोबाइल चोरीको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । अजरअमर रोडमा रहेको ग्रेस मोबाईल एण्ड वाच सर्भिस सेन्टरबाट मोबाइल चोरी गर्ने दुई युवालाई १२ वटा मोबाइलसहित प्रहरीले पक्राउ गरेको जनाएको छ ।

    पक्राउ पर्नेमा काठमाडौं बुढानिलिकण्ठ नगरपालिका–६ बस्ने बर्ष १९ को राज लामा र काठमाडौंकै पशुपति परिसरमा बसोबास गर्ने बर्ष १८ को सरोज कार्की रहेको प्रहरी निरीक्षक तथा जिप्रका मकवानपुरका मधुकुमार थापाले जानकारी दिए । उनिहरुलाई प्रहरीले हेटौंडा–४ गल्लीबाट पक्राउ गरेको जनाएको छ ।

    पक्राउ परेका लामा र कार्कीको साथबाट पुरानो मोबाईल १२ वटा, सामसुङ्ग मोबाईलमा लाग्ने ब्याट्री ३ वटा, हाते घडी ६ वटासहित, हेडफोन,, मल्टिप्लक, चक्कुलगायतको सामान बरामद भएको थापाले बताए । पक्राउ गरी मोबाइलका बारेमा सोधपुछ गर्दा अजरअमर रोड स्थित रहेको ग्रेस मोबाईल एण्ड वाच सर्भिस सेन्टरबाट चोरी गरी ल्याएको स्विकार गरेको प्रवक्ता थापाले जानकारी दिए ।

    २०७५ फागुन ९ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    मानवसेवा आश्रमलाई प्रदेश सरकारको ५ लाख

    वीरगञ्ज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मावन सेवा आश्रम वीरगञ्ज शाखाको भवन निर्माणका...

    शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी पूरा

    मकवानपुर । दोस्रो संस्करणको भूगर्भ सिमेन्ट शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ को तयारी सम्पन्न भएको छ...

    होली खेल्ने क्रममा बानेश्वरमा खुकुरी हानाहान, दुई जना घाइते

    काठमाडौँ । नयाँ बानेश्वर चोकमा होली खेल्ने क्रममा विवाद हुदाँ खुकुरी हानाहान भएको छ। झडपको...

    बाहुबली निर्देशकको “आरआरआर”

    काठमाडौँ । तेलुगु भाषामा लगातार ‘मगधीरा’, ‘मख्खी’ र ‘बाहुबली’ का दुई भाग निर्देशन गरेर बलिउडमा...

    जनताको जलविद्युत कार्यक्रम भोलिदेखि, पहिलो सेयर प्रधानमन्त्रीले किन्दै

    काठमाडौं । ‘नेपालको पानी जनताको लगानी सबै नेपाली विद्युतको सेयरधनी’ भन्ने नाराका साथ पहिलो चरणमा...