News Portal

साउदी जेलभित्र तीन सुत्केरी नेपाली महिला, बाबुको अत्तोपत्तो छैन

भूगोल संवाददाता
४५ पटक

काठमाडौं । साउदी अरबस्थित नेपाली दूतावासले आफ्नो सेल्टरभित्र सुत्केरी भएकी महिलालाई नेपाल फर्काउन सकेको छैन । बाबुको पहिचान नभएका शिशुको ट्राभल डकुमेन्ट बनाउने स्पष्ट आधार नभएकाले सुत्केरीलाई फर्काउन नसकिएको दूतावासले जनाएको छ ।

माघ १५ गते सेल्टरमै सुत्केरी भएपछि एम्बुलेन्स बोलाएर अस्पताल पठाइएकी ती महिलालाई डिस्चार्ज भएलगत्तै दूतावासले डिपोर्टेसन सेन्टर ९जेल० पठाएको छ । एकमहिने शिशुलाई सेल्टरमा राख्न नसकिने भएकाले प्रहरीको सहयोगमा सेन्टर पठाएको राजदूत महेन्द्रसिंह राजपुतले जानकारी दिए ।

बच्चाको बाबु पहिचान नभएकाले उनीहरू तत्काल स्वदेश फर्कन पाउने स्थिति छैन । ‘आमालाई पठाउन समस्या छैन, शिशुलाई पठाउन समस्या हो,’ राजपुतले भने, ‘बाबुको पहिचान भएको छैन । यस्तो अवस्थामा कसरी ट्राभल डकुमेन्ट जारी गर्ने भनेर हामी अलमलमा परेका छौं ।’

साउदी जेलमा तीन सुत्केरी महिला शिशुसहित बसेका छन् । उनीहरू सबै जना घरेलु कामदार ९हाउसमेड० हुन् । कुवेतबाट साउदी ल्याइएका ती महिलाका शिशुको बाबुको पहिचान खुलेको छैन । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

२०७५ फागुन १७ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

विजयी भलिबल टिमलाई वडामा सम्मान

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को कार्यालयले भलिबल प्रतियोगितामा विजयी भएको भलिबल टिमलाई...

मकवानपुरमा ६६ हजार कुखुरा नष्ट, बर्डफ्लु नियन्त्रण अझैं भएन

मकवानपुर । मकवानपुरको हेटौंडामा बर्डफ्लु पुष्टि भएको पाँच साताको बीचमा ६६ हजार पाँचसय ४६ कुखुरा,...

मकवानपुरमा प्रशोधन नगरिएको दूध बिक्रीमा प्रशासनले लगायो प्रतिबन्ध

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आजबाट प्रशोधन नगरिएको दूध बिक्रीमा रोक लगाएको छ ।...

प्रधानाध्यापकले यौनहिंसा गरेको खुलासा गरेकी छात्राको जलाएर हत्या

नुसरत जाहा राफीलाई बंगलादेशस्थित उनको विद्यालय परिसरमा मट्टीतेल खन्याएर आगो लगाइयो । दुई साता अघिमात्रै...

चितवनमा सुरुभयो प्रदेश ३ को लगानी सम्मेलन, यस्ता छन् एजेण्डा

मकवानपुर । प्रदेश–३ सरकारको आयोजनामा आजबाट चितवनमा लगानी सम्मेलन सुरु भएको छ । प्रदेश–३ मा...