News Portal

एनआरएनएका अध्यक्ष भवन भट्टसहित ३ जना यूएइमा पक्राउ, यस्तो छ कारण

भूगोल संवाददाता
३५२ पटक

काठमाडौं। एनआरएनए केन्द्रीय अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कूल आचार्य र एनआरएनए युएईका अध्यक्ष रमेश श्रेष्ठलाई दुबई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुबई प्रहरीले अध्यक्ष भट्ट र उपाध्यक्ष आचार्यलाई साधारण सोधपुछपछि रिहा गरेको भएपनि युएई अध्यक्ष श्रेष्ठलाई भने हिरासतमा लिएको छ ।

एनआरएनए युएईका एक अधिकारीले मदिरा सेवन गरेर सवारी चलाएको अभियोगमा उनीहरुलाई शुक्रबार बिहान दुबईबाट प्रहरी नियन्त्रणमा लिएको जानकारी आएको बताए ।

गाडी श्रेष्ठले चलाएको र चेकजाँचका क्रममा उनले मापसे सेवन गरेको फेला परेपछि तीनै जनालाई नियन्त्रणमा लिएको थियो । तर, भट्ट र आचार्य दोषी नदेखिएपछि केही घण्टाको केरकारपछि उनीहरु रिहा भएको एनआरएनए युएईका ती अधिकारीले जानकारी दिए ।

भट्ट र आचार्य एनआरएनले युएईको कार्यक्रमसहित अन्य केही नेपाली समूदायले आयोजना गरेको कार्यक्रममा सहभागि हुन दुबई पुगेका
थिए ।

‘श्रमिकहरुको श्रम सीप र ज्ञानको विकास सामूहिक लगानी समृद्धिको निकास गरौँ’ भन्ने मुल नाराको साथ एनआरएनए युएईले फेब्रुृअरी २८ मा कार्यक्रमको आयोजना गरेको थियो । अध्यक्ष भट्ट र उपाध्यक्ष आचार्य कार्यक्रम सकिएपछि श्रेष्ठसँग देरा दुबई स्थित कार्लन टावरमा पुगेका
थिए ।

जहाँ उनीहरु पर्वत सेवा समाजले शुक्रबार आयोजना गर्न लागेको सांस्कृतिक कार्यक्रमको तयारीमा रहेका निकट व्यक्तिहरु सँग भेटघाटको लागि पुगेका थिए ।

शुक्रबारको कार्यक्रममा भट्ट र आचार्य सहभागि भएको भएपनि श्रेष्ठ सहभागि भएका छैनन् । पक्राउ प्रकरणमा एनआरएनका कोही पनि पदाधिकारी औपचारिक रुपमा बोल्न मानेका छैनन् ।

यता नेपाल आदिवासी जनजाती महासंघ युएइका अध्यक्ष पासाङ रेन्जी शेर्पाले मापसे प्रकरणमा श्रेष्ठ समातिँदा समाचार लुकाउने प्रयास गरिएको भन्दै फेसबुकमार्फत व्यङ्ग्य गरेका छन् । युएई सरकारको कानुनअनुसार मापसे सेवन गरेर सवारी हाँकेको पाइए जरिवाना सहित ३ महिना जेल बस्नुपर्छ।

२०७५ फागुन १९ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

विजयी भलिबल टिमलाई वडामा सम्मान

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को कार्यालयले भलिबल प्रतियोगितामा विजयी भएको भलिबल टिमलाई...

मकवानपुरमा ६६ हजार कुखुरा नष्ट, बर्डफ्लु नियन्त्रण अझैं भएन

मकवानपुर । मकवानपुरको हेटौंडामा बर्डफ्लु पुष्टि भएको पाँच साताको बीचमा ६६ हजार पाँचसय ४६ कुखुरा,...

मकवानपुरमा प्रशोधन नगरिएको दूध बिक्रीमा प्रशासनले लगायो प्रतिबन्ध

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आजबाट प्रशोधन नगरिएको दूध बिक्रीमा रोक लगाएको छ ।...

प्रधानाध्यापकले यौनहिंसा गरेको खुलासा गरेकी छात्राको जलाएर हत्या

नुसरत जाहा राफीलाई बंगलादेशस्थित उनको विद्यालय परिसरमा मट्टीतेल खन्याएर आगो लगाइयो । दुई साता अघिमात्रै...

चितवनमा सुरुभयो प्रदेश ३ को लगानी सम्मेलन, यस्ता छन् एजेण्डा

मकवानपुर । प्रदेश–३ सरकारको आयोजनामा आजबाट चितवनमा लगानी सम्मेलन सुरु भएको छ । प्रदेश–३ मा...