News Portal

  • दुलहा आए, दाइजोमा १ रुपैयाँ लिए र हेलिकोप्टरमा दुलही राखेर बिदा भए

    भूगोल संवाददाता
    १०९४ पटक

    दाइजोका लागि महिलालाई प्रताडित गरेको, जलाएको, मारेको बारे विभिन्न समाचार हामीले सुन्ने गरेका छौं । तर भारतमा एक व्यक्तिले यस्ता उदाहरणीय काम गरेका छन् जसले परम्परावादी सोच राख्नेहरुलाई गतिलो झापड हानेका छन् र

    भारतको हरियाणामा एउटा जिल्ला छ सोनीपत । त्यहाँ केही दिन अघि हसनगढमा एउटा विवाह भएको थियो । विवाह निकै विशेष रह्यो, किन रु किनभने दुलहाको परिवारले १ रुपैयाँ मात्र लिएका थिए । त्यो पनि सगुनको रुपमा । त्यसबाहेक दुलहीको विदाई डोली वा कारमा नभई हेलिकोप्टरमा भयो ।

    दुलहीको नाम हो सन्तोष । सन्तोषका पिता सतबीर मजदुर हुन् । २०१९ फेब्रुअरी १० मा सन्तोषको विवाह हाँसीको रापुरा गाउँको संजयसँग भयो । संजयको परिवारले विवाह अघि नै आफूलाई दाइजोमा केही पनि नचाहेको बताएका थिए ।

    यस्तै, त्यही गाउँको आहुलानामा पनि यस्तै प्रकृतिको विवाह भयो । त्यहाँ एकै परिवारका दुई छोरीको विवाह भयो । दैनिक भास्करको एक रिपोर्ट अनुसार आहुलानाका पवन शर्मा जो व्यावसायीक रुपमा सुरक्षाकर्मी हुन् । उनले आफ्ना दुई छोरी निशा र काजलको विवाह गराइन् । फेब्रुअरी २६ मा उनीहरुको विवाह भयो । भिवानी जिल्लाको केहरपुरा गाउँका दुई भाइ प्रविण र राजकुमारले निशा र काजललाई विवाह गरेका हुन् । दाइजोको सगुनमा उनीहरुले पनि एक रुपैयाँ लिए । र उनीहरुले पनि आफ्नी दुलहीलाई हेलिकोप्टरमा लिएर गए ।

    २०७५ फागुन १९ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    मानवसेवा आश्रमलाई प्रदेश सरकारको ५ लाख

    वीरगञ्ज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मावन सेवा आश्रम वीरगञ्ज शाखाको भवन निर्माणका...

    शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी पूरा

    मकवानपुर । दोस्रो संस्करणको भूगर्भ सिमेन्ट शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ को तयारी सम्पन्न भएको छ...

    होली खेल्ने क्रममा बानेश्वरमा खुकुरी हानाहान, दुई जना घाइते

    काठमाडौँ । नयाँ बानेश्वर चोकमा होली खेल्ने क्रममा विवाद हुदाँ खुकुरी हानाहान भएको छ। झडपको...

    बाहुबली निर्देशकको “आरआरआर”

    काठमाडौँ । तेलुगु भाषामा लगातार ‘मगधीरा’, ‘मख्खी’ र ‘बाहुबली’ का दुई भाग निर्देशन गरेर बलिउडमा...

    जनताको जलविद्युत कार्यक्रम भोलिदेखि, पहिलो सेयर प्रधानमन्त्रीले किन्दै

    काठमाडौं । ‘नेपालको पानी जनताको लगानी सबै नेपाली विद्युतको सेयरधनी’ भन्ने नाराका साथ पहिलो चरणमा...