News Portal

  • दुर्घटनामा आमाको मृत्यू भएपछि चुरेहिल अस्पतालमा १२ महिने बालक अलपत्र

    भूगोल संवाददाता
    ३१३७ पटक

    मकवानपुर । दुर्घटनामा आमाको मृत्यु भएपछि १२ महिनाको बालक हेटौंडाको चुरेहिल अस्पतालमा अलपत्र अवस्थामा रहेका छन् । गएराती थानाभ¥याङमा टाटासुमोले ठक्कर दिंदा आमाछोरा घाइते भएका थिए ।

    चितवनको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा आमाको मृत्यु भएको प्रहरी निरीक्षक तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता सागरबिक्रम राणाले जानकारी दिए ।

    आमाको मृत्यु भएपनि १२ महिने बालकको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । तर अहिलेसम्म उनिहरुको पहिचान हुन नसक्दा समस्या परेको राणाले बताए । पैदल यात्रा गरिरहेका उनिहरुलाई नारायाणी यातायातको ना १ ज २००६ नम्बरको टाटासुमोले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

    आमा गुमाएको र अन्य परिवार तथा आफन्त पत्ता नलागेको बालकको दाहिने खुट्टा भाँचिएको प्रवक्ता राणाले बताए । बालकको उपचार चालकका परिवारले गरिरहेको जनाइएको छ । टाटासुमो चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको जनाएको छ ।

    बच्चाको पहिचान नखुल्दा उनलाई कसको जिम्मा लगाउने भन्ने अन्यौल भएको राणाले जनाए । बच्चाको परिवार र आफन्त पत्ता लगाउन प्रहरीका सबै सबै तह र क्षेत्रमा सर्कुलर गरिएको उल्लेख छ । साथै पहिचान पत्ता लगाउनका लागि सम्भावित स्थानहरुमा प्रहरी परिचालन गरिएको उनले जानकारी दिए ।

    २०७५ फागुन २० गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    मानवसेवा आश्रमलाई प्रदेश सरकारको ५ लाख

    वीरगञ्ज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मावन सेवा आश्रम वीरगञ्ज शाखाको भवन निर्माणका...

    शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी पूरा

    मकवानपुर । दोस्रो संस्करणको भूगर्भ सिमेन्ट शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ को तयारी सम्पन्न भएको छ...

    होली खेल्ने क्रममा बानेश्वरमा खुकुरी हानाहान, दुई जना घाइते

    काठमाडौँ । नयाँ बानेश्वर चोकमा होली खेल्ने क्रममा विवाद हुदाँ खुकुरी हानाहान भएको छ। झडपको...

    बाहुबली निर्देशकको “आरआरआर”

    काठमाडौँ । तेलुगु भाषामा लगातार ‘मगधीरा’, ‘मख्खी’ र ‘बाहुबली’ का दुई भाग निर्देशन गरेर बलिउडमा...

    जनताको जलविद्युत कार्यक्रम भोलिदेखि, पहिलो सेयर प्रधानमन्त्रीले किन्दै

    काठमाडौं । ‘नेपालको पानी जनताको लगानी सबै नेपाली विद्युतको सेयरधनी’ भन्ने नाराका साथ पहिलो चरणमा...