News Portal

  • ‘लभ स्टेशन’को ट्रेलर सार्बजनीक (भिडियो सहित)

    भूगोल संवाददाता
    ५२ पटक

    काठमाडौं । ‘लिली बिली’ जोडी अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ अभिनित नयाँ फिल्म ‘लभ स्टेशन’ २२ चैतबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले मंगलबार एक कार्यक्रम गर्दै ट्रेलर सार्वजनिक गरेको छ ।

    क्युज चलचित्र भवनमा आयोजित आयोजित ट्रेलर सार्वजनिक कार्यक्रममा प्रदीप, जसितासहित फिल्मका धेरै युनिट उपस्थित थिए । फिल्मको ट्रेलरमा भने प्रदीप र जसिताको प्रेममा अभिनेता प्रकाश शाह बाधक देखिएका छन् । जसिता र प्रकाश बीचको विवाहको तयारी समेत देखाइएको ट्रेलरले प्रदीप र जसिताको प्रेमले कुन रुप लिन्छ भन्ने कौतुहलता जगाएको छ ।

    कार्यक्रममा अभिनेता प्रदीपले अग्रज निर्देशक उज्वल घिमिरेसँग काम गर्दाको अनुभव साटे । उनले लभ स्टेशनमा राम्रो काम गरेको दाबी गरे ।

    अभिनेत्री जसिताले ‘लभ स्टेशन’सम्म आईपुग्दा आफ्नो काम अझ परिपक्क भएको बताइन् । उनले फिल्मबाट आफु थप उत्साहित भएको र आउँदा दिनमा प्रदीपसँगै अरु अभिनेताहरुसँग समेत काम गर्न इच्छुक रहेको बताइन् ।

    यही चलचित्रबाट खल भूमिकामा डेब्यु गरेका प्रकाश शाहले पनि राम्रो टिम पाएका कारण लभ स्टेशनमा आफुले खुलेर काम गर्न पाएको अुनभव सुनाए ।

    लभ स्टेशनका निर्देशक उज्वल घिमिरेले नयाँ पुस्तालाई लक्षित गरेर आफुहरुले समकालीन पुस्ताका लागि फिल्म तयार गरेको बताए । प्रदीप र जसितासँग काम गर्दा यी दुई कलाकारले आफुलाई पूर्ण साथ निकै रमाईलोसँग सुटिङ सम्पन्न भएको बताए ।

    संगीतकार शम्भुजित बासकोटाले त बलिउडका उत्कृष्ट लभ स्टोरी फिल्मकै लेवलको चलचित्र लभ स्टेशन बनेको बताए । उनले यो फिल्म हिट हुने सिमेत दाबी गरे ।यो चलचित्रका प्रस्तुतकर्ता गोविन्द शाहीले आफ्नो होम प्रोडक्सन काफिया फिम्स्ले लभ स्टेशनलाई राम्रो बनाउन कुनै कम्प्रमाईज नगरेको बताए ।

    फिल्ममा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, विनोदकुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवि डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय यसमा छ ।

    लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ ।

    शिशिर खातीको नृत्य निर्देशन, कुमार महर्जनको द्धन्द्ध निर्देशन, राजेन्द्र रावलको निर्माण व्यबस्थापन रहेको फिल्मलाई निर्देशक घिमिरे र सुवाससिंह बस्न्यातले लेखेका हुन् ।

    २०७५ फागुन २२ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    मानवसेवा आश्रमलाई प्रदेश सरकारको ५ लाख

    वीरगञ्ज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मावन सेवा आश्रम वीरगञ्ज शाखाको भवन निर्माणका...

    शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी पूरा

    मकवानपुर । दोस्रो संस्करणको भूगर्भ सिमेन्ट शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ को तयारी सम्पन्न भएको छ...

    होली खेल्ने क्रममा बानेश्वरमा खुकुरी हानाहान, दुई जना घाइते

    काठमाडौँ । नयाँ बानेश्वर चोकमा होली खेल्ने क्रममा विवाद हुदाँ खुकुरी हानाहान भएको छ। झडपको...

    बाहुबली निर्देशकको “आरआरआर”

    काठमाडौँ । तेलुगु भाषामा लगातार ‘मगधीरा’, ‘मख्खी’ र ‘बाहुबली’ का दुई भाग निर्देशन गरेर बलिउडमा...

    जनताको जलविद्युत कार्यक्रम भोलिदेखि, पहिलो सेयर प्रधानमन्त्रीले किन्दै

    काठमाडौं । ‘नेपालको पानी जनताको लगानी सबै नेपाली विद्युतको सेयरधनी’ भन्ने नाराका साथ पहिलो चरणमा...