News Portal

  • नेपालका ७२ शैक्षिक संरचना पुनर्निर्माणका लागि भारतले छान्यो कन्सलट्यान्ट

    भूगोल संवाददाता
    ५५ पटक

    काठमाडौ । भारतीय दूतावास तथा भारतको केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई) बीच नेपालका ७२ वटा शिक्षा संरचना पुर्ननिर्माणका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

    भारत सरकारको तर्फबाट काठमाडौंस्थित भारतीय दूतावासका नियोग उप-प्रमुख डा. अजय कुमार तथा सीबीआरआईका तर्फबाट डा. पूर्णिमा परिदाले बुधबार हस्ताक्षर गरेका हुन्।

    यसअघि भूकम्पबाट क्षतिग्रस्त शैक्षिक संरचना पुनर्निर्माणका लागि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका बेला २०७४ भदौमा भारत सरकारसँग सम्झौता भएको थियो।

    सम्झौतामा प्रोजेक्ट म्यानेजमेन्ट कन्सलट्यान्ट (पीएमसी) भारत सरकारले नै नियुक्त गर्ने उल्लेख भएअनुसार उक्त कामका लागि भारत सरकारले सीबीआरआईलाई नियुक्त गरेको राष्ट्रिय पुनर्निमाण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा) का आयोजना निर्देशक नारायण श्रेष्ठले जानकारी दिए।

    हस्ताक्षर समारोहमा राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली तथा नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पनि सहभागी थिए।

    सीबीआरआईले गोर्खा, नुवाकोट, धादिङ, दोलखा, काभ्रे, रामेछाप तथा सिन्धुपाल्चोक गरी ७ जिल्लाका ७० उच्च माध्यमिक विद्यालयका साथै त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय तथा पाटनस्थित राष्ट्रिय पुस्तकालयको पुर्ननिर्माणका लागि डिजाइन तथा परियोजना व्यवस्थापन परामर्श सेवा प्रदान गर्ने भारतीय दूतावासले जनाएको छ।

    सीबीआरआईले नेपाल सरकारको विपद् उत्थानशील पुर्ननिर्माण निर्देशिकाअनुरुप शैक्षिक संरचनाको पुर्ननिर्माण-रेट्रोफिट गर्न शिक्षा मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाईसँग काम गर्नेछ।

    २०७५ फागुन २२ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    मानवसेवा आश्रमलाई प्रदेश सरकारको ५ लाख

    वीरगञ्ज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मावन सेवा आश्रम वीरगञ्ज शाखाको भवन निर्माणका...

    शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी पूरा

    मकवानपुर । दोस्रो संस्करणको भूगर्भ सिमेन्ट शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ को तयारी सम्पन्न भएको छ...

    होली खेल्ने क्रममा बानेश्वरमा खुकुरी हानाहान, दुई जना घाइते

    काठमाडौँ । नयाँ बानेश्वर चोकमा होली खेल्ने क्रममा विवाद हुदाँ खुकुरी हानाहान भएको छ। झडपको...

    बाहुबली निर्देशकको “आरआरआर”

    काठमाडौँ । तेलुगु भाषामा लगातार ‘मगधीरा’, ‘मख्खी’ र ‘बाहुबली’ का दुई भाग निर्देशन गरेर बलिउडमा...

    जनताको जलविद्युत कार्यक्रम भोलिदेखि, पहिलो सेयर प्रधानमन्त्रीले किन्दै

    काठमाडौं । ‘नेपालको पानी जनताको लगानी सबै नेपाली विद्युतको सेयरधनी’ भन्ने नाराका साथ पहिलो चरणमा...