News Portal

  • ….जब रवीन्द्रका छोरा प्रधानमन्त्रीसँग हात मिलाउन पुगे

    भूगोल संवाददाता
    ८१६ पटक

    काठमाडौँ । शोकको घडी । काठमाडौंको भृकुटीमण्डपस्थित बगैचा । त्यहीँ राखिएको थियो–नेकपाका नेता भरतमोहन अधिकारी र ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको शोकमा आयोजित श्रद्धान्जली सभा ।

    त्यसैपनि श्रद्धान्जलीसभा भावुक हुने नै भयो । उपस्थितहरु दिवंगत नेता तथा आफन्तहरुको अनुहार हेरेर मलिन अनुहार लगाइरहेका थिए । सहभागिहरु के बोल्ने के गर्ने भन्ने दुविधामा थिए । कार्यक्रमस्थलमा एक किसिमको सन्नाटा नै छाएको थियो ।

    बिहीबार १ बजेका लागि राखिएको थियो, कार्यक्रम । त्यसभन्दा अघि नै धेरैजसो नेकपाका नेता कार्यकर्ता तथा दिवंगत सदस्यका परिवारजनहरु कार्यक्रमस्थल पुगिसकेका थिए ।

    पौने २ बजे औपचारिक कार्यक्रम सुरु गर्नुभन्दा केहीबेर अघिमात्रै पुगेका थिए–नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड ।

    अध्यक्षद्धय आइपुगेपछि महासचिव विष्णु पौडेलले कार्यक्रम औपचारिक रुपमा सुरु गरेका थिए ।

    आयोजकले ओली र प्रचण्ड पुग्नु अगावै स्व.रवीन्द्र अधिकारी, भरतमोहन अधिकारी, आङछिरिङ शेर्पा लगायतका परिवारका सदस्यहरुलाई नामै लिएर आसनग्रहण गराइसकेका थिए ।

    कार्यक्रमको सुरुमा दिवंगतहरुको फोटोमा माल्यार्णपण गरिएको थियो । कार्यक्रम चलिरहेका बेला एकजना बालकको ध्यान भने कार्यक्रमतर्फ भन्दा पनि खेल्नतिर नै गएको देखिन्थ्यो । खरानी रङको टिसर्ट र पाइन्ट लगाएका ती बालकप्रति कसैको खासै ध्यान गएको थिएन ।

    तर, कार्यक्रमको अन्तिमतिर कार्यक्रम सञ्चालकले नामै लिएर ती बालकलाई बोलाएपछि थाहा भयो– उनी त गतसाता ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परि ज्यान गुमाएका स्वर्गीय मन्त्री अधिकारीका कान्छा पुत्र स्वराज पो रहेछन् ! कार्यक्रम सञ्चालकले बोलाएपछि मञ्चतर्फ अघि बढेका उनी प्रधानमन्त्रीसँग हात मिलाउन पुगे ।

    त्यसपछि उपस्थित सबैको अनुहार हसिँलो बन्न पुग्यो । प्रधानमन्त्री ओली समेत मुसुक्क हाँस्न पुगे । जसले पहिलाको श्रद्धाञ्जलीसभाको वातावरण माहोललाई नै केही हदसम्म परिवर्तन गरिदियो ।

    २०७५ फागुन २३ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    मानवसेवा आश्रमलाई प्रदेश सरकारको ५ लाख

    वीरगञ्ज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मावन सेवा आश्रम वीरगञ्ज शाखाको भवन निर्माणका...

    शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी पूरा

    मकवानपुर । दोस्रो संस्करणको भूगर्भ सिमेन्ट शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ को तयारी सम्पन्न भएको छ...

    होली खेल्ने क्रममा बानेश्वरमा खुकुरी हानाहान, दुई जना घाइते

    काठमाडौँ । नयाँ बानेश्वर चोकमा होली खेल्ने क्रममा विवाद हुदाँ खुकुरी हानाहान भएको छ। झडपको...

    बाहुबली निर्देशकको “आरआरआर”

    काठमाडौँ । तेलुगु भाषामा लगातार ‘मगधीरा’, ‘मख्खी’ र ‘बाहुबली’ का दुई भाग निर्देशन गरेर बलिउडमा...

    जनताको जलविद्युत कार्यक्रम भोलिदेखि, पहिलो सेयर प्रधानमन्त्रीले किन्दै

    काठमाडौं । ‘नेपालको पानी जनताको लगानी सबै नेपाली विद्युतको सेयरधनी’ भन्ने नाराका साथ पहिलो चरणमा...