News Portal

  • मेगा बैंकको हेटौंडा शाखामा २९ लाखको काण्ड !

    मिटर ब्याजको मोहमा यसरी फसे ब्रान्च म्यानेजर

    भूगोल संवाददाता
    ४१९३ पटक

    हेटौंडा । हेटौंडा उपमहागरपालिका वडा नं ४ मा रहेको मेगा बैंकका ब्रान्च म्यानेजर निरञ्जन देबकोटा आफ्नै कारण नराम्रो तरिकाले फसेका छन् । अर्काको धनमा आँखा लगाउन खोज्दा उनी त्यसरी फस्न पुगेका हुन् । उनी फस्नुको मुख्य कारण यस्तो छ ।
    हेटौंडा उपमहानगरपालिका  चौकी टोलका बासिन्दा सुजन शाहीले चौकी टोलमै रहेको आफ्नो एक तले घर धितो राखेर गुहेश्वरी मर्चेन्टबाट २९ लाख ऋण निकालेका थिए । गुहेश्वरीको ऋण महंगो मानेका दिनेश नजिकै रहेको कैलाश विकाश बैंकमा ऋण लिन पुगे । उता कैलाशले गुहेश्वरीमा धितो राखेको घर आफ्नो बैंकमा धितो राखे ६० लाख ऋण दिने बचन दियो । त्यसपछि लगत्तै सुजन फेरि मेगा बैंकमा हानिए । उनले मेगामा पुगेर उक्त शाखाका म्यानेजर निरञ्जलाई सम्पूर्ण नालीवेली सुनाए ।

    यो घटना हिजो बुधबारको हो । यो सबै घटना सुने लगत्तै मेगाका म्यानेजरले आजै तीन चार घण्टामा पैसा निकाल्न सक्ने हो भने गुहेश्वरीको ऋण चुक्त गर्न मेगाले २९ लाख रुपैयाँ दिन तयार रहेको बताए । ३/४ घण्टाको हिसावले ४५ हजार निराजनले मिटर ब्याज कमिसन लिने शर्तमा सुजनलाई पैसा दिएको स्रोतले बतायो । जब, सुजन २९ लाख लिएर मेगा बैंकबाट बाहिरिए तत्पश्चात यतिबेलासम्म उनी कसैको सम्पर्कमा छैनन् । झोलामा २९ लाख पैसा राखेर स्कुटर लिएर काठमाडौंतिर लागेका उनी देउरालीमा आई अर्को एकजना साथी बोलाएर वियर खाएको बुझिएको छ । लगत्तै सुजनले उक्त वियर पार्टनरलाई आफ्नो स्कुटी जिम्मा लगाएर काठमाडौं फरार भएको स्रोतको दाबी छ । बैंक जस्तो प्रक्रियागत संस्थालाई धज्जी उडाएर आफ्नै बाउको सम्पत्ति ठानी बैंकको पैसा मिटरमा लगाई कमाउ धन्दामा लागेका म्यानेजरलाई बैंकले कस्तो पुरस्कार दिन्छ ? हेर्न बाँकी छ ।

    साभार : 3 घुम्ती अनलाइनबाट 

    २०७५ फागुन २३ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    मानवसेवा आश्रमलाई प्रदेश सरकारको ५ लाख

    वीरगञ्ज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मावन सेवा आश्रम वीरगञ्ज शाखाको भवन निर्माणका...

    शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी पूरा

    मकवानपुर । दोस्रो संस्करणको भूगर्भ सिमेन्ट शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ को तयारी सम्पन्न भएको छ...

    होली खेल्ने क्रममा बानेश्वरमा खुकुरी हानाहान, दुई जना घाइते

    काठमाडौँ । नयाँ बानेश्वर चोकमा होली खेल्ने क्रममा विवाद हुदाँ खुकुरी हानाहान भएको छ। झडपको...

    बाहुबली निर्देशकको “आरआरआर”

    काठमाडौँ । तेलुगु भाषामा लगातार ‘मगधीरा’, ‘मख्खी’ र ‘बाहुबली’ का दुई भाग निर्देशन गरेर बलिउडमा...

    जनताको जलविद्युत कार्यक्रम भोलिदेखि, पहिलो सेयर प्रधानमन्त्रीले किन्दै

    काठमाडौं । ‘नेपालको पानी जनताको लगानी सबै नेपाली विद्युतको सेयरधनी’ भन्ने नाराका साथ पहिलो चरणमा...