News Portal

  • मकवानपुर श्री संगीतबाट प्रमेन्द्र महर्जन सम्मानित

    भूगोल संवाददाता
    ६९ पटक

    मकवानपुर । मकवानपुरको अग्रणी साहित्यिक संस्था साहित्य संगम मकवानपुरले यस वर्षको मकवानपुर संगीत श्री सम्मान गायक तथा संगीतकार प्रमेन्द्र महर्जनलाई सम्मानित गरेको छ ।

    संगमको सभाहलमा शनिबार अयोजित विशेष साहित्यिक कार्यक्रममा लामो समयदेखि गीतसंगीतको माध्यमबाट मकवानपुरलाई योगदान दिंदै आएका महर्जनलाई सम्मान गरेको हो । उनलाई मकवानपुर संगीत श्री सम्मानका साथमा १० हजार नगद पनि प्रदान गरिएको छ । संगीत समाज मकवानपुरका अध्यक्ष रहेका महर्जनलाई वरिष्ठ साहित्यकार तुल्सी थापाले सम्मानपत्र प्रदान गरेका हुन् ।

    यसैगरी यस वर्षको शेषजंग स्मृति कथा पुरस्कार हेटौंडा–१८ हर्नामाडीमा रहेको ज्योति माविका विद्यार्थी महेश देवकोटालाई प्रदान गरिएको छ । शिक्षासेवी डेन्टीजंग शाहले छोराको स्मृतिमा उक्त पुरस्कार स्थापना गरेका हुन् ।

    जिल्लाका सबै विद्यालयबाट कथा लेखन प्रतियोगिता गराई त्यसबाट उत्कृष्टलाई शेषजंग कथा पुरस्कार प्रदान गर्ने गरिएको हो । कथातर्फको पुरस्कारमा छनोट भएका देवकोटालाई प्रमाणपत्रसहित २ हजार ५ सय प्रदान गरिएको छ ।

    यस्तै यस वर्षको णकुमारी स्मृति साहित्य पुरस्कार मकवानपुर गढी गाउँपालिकाको आमभञ्ज्याङमा रहेको शारदा माविका छात्रा सरिता तिमल्सिनालाई प्रदान गरिएको छ । जिल्ला भरिका विद्यालयका छात्रा बीच भएको प्रतिष्प्रर्धाबाट तिमल्सिना छानिएकी हुन् । उनले पनि प्रमाण्पत्रसहित नगद २ हजार ५ सय प्राप्त गरिन् । उक्त पुरस्कार हास्यव्याङ्यकार आरसी रिजालले आमाको स्मृतिमा स्थापना गरेका हुन् ।

    संगमका अध्यक्ष निमेष निखिलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष अनिता न्यौपानले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रममा साहित्यकार आरसी रिजाल, गणेशकुमार पौडेल, अप्सरा तिम्सिना, शम्भुप्रसाद बास्कोटालगायतको सहभागिता रहेको थियो ।

    २०७५ फागुन २५ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    मानवसेवा आश्रमलाई प्रदेश सरकारको ५ लाख

    वीरगञ्ज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मावन सेवा आश्रम वीरगञ्ज शाखाको भवन निर्माणका...

    शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी पूरा

    मकवानपुर । दोस्रो संस्करणको भूगर्भ सिमेन्ट शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ को तयारी सम्पन्न भएको छ...

    होली खेल्ने क्रममा बानेश्वरमा खुकुरी हानाहान, दुई जना घाइते

    काठमाडौँ । नयाँ बानेश्वर चोकमा होली खेल्ने क्रममा विवाद हुदाँ खुकुरी हानाहान भएको छ। झडपको...

    बाहुबली निर्देशकको “आरआरआर”

    काठमाडौँ । तेलुगु भाषामा लगातार ‘मगधीरा’, ‘मख्खी’ र ‘बाहुबली’ का दुई भाग निर्देशन गरेर बलिउडमा...

    जनताको जलविद्युत कार्यक्रम भोलिदेखि, पहिलो सेयर प्रधानमन्त्रीले किन्दै

    काठमाडौं । ‘नेपालको पानी जनताको लगानी सबै नेपाली विद्युतको सेयरधनी’ भन्ने नाराका साथ पहिलो चरणमा...