News Portal

  • चौधरी ग्रुपद्वारा ९ अर्ब ६७ करोड राजश्व संकलन

    भूगोल संवाददाता
    ४६ पटक

    काठमाडौं । चौधरी ग्रुपले सरकारी राजश्वमा ९ अर्ब ६७ करोड योगदान गरेको छ ।

    आर्थिक बर्ष २०७४र०७५ मा चौधरी ग्रुप सम्वद्ध कम्पनीहरुले सरकारी राजश्वमा ९ अर्ब ६७ करोड रूपैयाँ योगदान गरेको जनाएको हो । उक्त आर्थिक बर्षमा संकलन भएको कुल सरकारी राजश्वमा ग्रुप सम्वद्ध कम्पनीमार्फत् गरिएको राजश्वको योगदान १.६४ प्रतिशत रहेको छ ।

    चौधरी ग्रुपले आर्थिक बर्ष २०७३र०७४ को तुलनामा आर्थिक बर्ष २०७४र०७५ मा २२. ७२ प्रतिशत बढि राजश्व सरकारी ढुकुटीमा दाखिला गरेको बताएको छ । उक्त बर्ष ग्रुपले ७ अर्ब ८८ करोड रूपैयाँ राजश्वमा योगदान गरेको थियो । आर्थिक बर्ष २०७२र०७३ को तुलनामा भने यो राजश्व ७३ प्रतिशतले बढि हो । उक्त बर्ष ग्रुपले ५ अर्ब ५९ करोड रूपैयाँ राजश्वमा योगदान गरेको थियो ।

    ‘सरकारी राजश्वमा उच्च योगदान पु¥याउन सकेकोमा हामी गौरवान्वित छौँ । नेपालमा बढ्दो लगानी र फैलिँदै गएको व्यवसायबाट अन्ततः रोजगारी श्रृजना र राजश्वमा हाम्रो योगदान बढ्दै गएको छ’, चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले भने, ‘हामी उच्च व्यवसायिक मर्यादा एवं पारदर्शीतामा विश्वास गर्छौ । हाम्रो प्रयासले राष्ट्रिय विकासमा योगदान पुग्नेछ भन्ने हाम्रो अटल विश्वास छ ।’

    चौधरी ग्रुपले चालू आर्थिक बर्ष २०७५र०७६ मा नेपालमा २० अर्ब लगानी गर्ने जनाएको छ । केही प्रोजेक्ट सम्पन्न भईसकेका छन् भने केही कार्यान्वयन चरणमा रहेका छन् ।

    यस्ता मुख्य प्रोजेक्टहरुमा पाल्पामा देशकै ठूलोमध्येको एक खानीसहितको सिमेन्ट उद्योग, काठमाडौंमा ताज भिभान्ता होटल, चितवनमा सपिङ मल, होटल सहित मल्टिप्रपोज मल ‘ल्याण्डमार्क’, सुनसरीमा सिजी इण्डस्ट्रियल पार्क, १८ मेगावाट क्षमताको मिडिल मोदी एवं ४४ मेगावाट क्षमताको सुपर मादी जलविद्युत् आयोजना लगायत रहेका छन् ।

    सिजीले सिजी इण्डस्ट्रियल पार्क नवलपुरमा रहेका उद्योगहरुको विस्तार र आधुनिकीकरणमा पनि लगानी विस्तार गरेको छ । जसमा सिजी ब्रुअरी, प्याकेजिङ, स्न्याक्स फुड एवं सफ्ट ड्रिंक्स लगायतका उद्योग रहेका छन् ।

    चौधरी ग्रुप देशकै अत्याधुनिक प्रविधियुक्त डिजिटल टेलिकम कम्पनी ‘सिजी लाईफसेल’ कार्यान्वयनको तयारीमा रहेको छ । यस परियोजनामा मात्रै करिब २५ अर्ब लगानी हुने कम्पनीले बताएको छ ।

    २०७५ फागुन २६ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    मानवसेवा आश्रमलाई प्रदेश सरकारको ५ लाख

    वीरगञ्ज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मावन सेवा आश्रम वीरगञ्ज शाखाको भवन निर्माणका...

    शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी पूरा

    मकवानपुर । दोस्रो संस्करणको भूगर्भ सिमेन्ट शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ को तयारी सम्पन्न भएको छ...

    होली खेल्ने क्रममा बानेश्वरमा खुकुरी हानाहान, दुई जना घाइते

    काठमाडौँ । नयाँ बानेश्वर चोकमा होली खेल्ने क्रममा विवाद हुदाँ खुकुरी हानाहान भएको छ। झडपको...

    बाहुबली निर्देशकको “आरआरआर”

    काठमाडौँ । तेलुगु भाषामा लगातार ‘मगधीरा’, ‘मख्खी’ र ‘बाहुबली’ का दुई भाग निर्देशन गरेर बलिउडमा...

    जनताको जलविद्युत कार्यक्रम भोलिदेखि, पहिलो सेयर प्रधानमन्त्रीले किन्दै

    काठमाडौं । ‘नेपालको पानी जनताको लगानी सबै नेपाली विद्युतको सेयरधनी’ भन्ने नाराका साथ पहिलो चरणमा...