News Portal

  • मेलामा कुहिएको र अखाद्य वस्तु छ्याप्छ्याप्ती, दुई वटा स्टल बन्द, म्याद सकिएका सामान जफत

    भूगोल संवाददाता
    १३८२ पटक

    मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघले हेटौंडाको क्याम्पाडाँडामा रहेको चौरमा आयोजना गरेको राष्ट्रिय औद्योगिक व्यापार मेलामा कुहएिका, अखाद्य र म्याद सकिएका सामान बिक्री गरेको फेला परेको छ ।

    खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय मकवानपुर र उपभोक्ता मञ्च मकवानपुरले आज गरेको अनुगमनमा यस्तो फेला परेको हो । मानव स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने सामान बिक्री गरेको फेला परेपछि कार्यालयले दुई वटा स्टल बन्द गरेको छ ।

    मेलामा रहेका होटलहरुले मानव स्वास्थ्यमा खेलवाड गरेको पाइएको कार्यालयले जनाकारी दिएको छ । होटलहरुको डिफ्रिज हेर्दा कुहिए सामान र फोहोर फेला परेको मञ्चका सचिव नवराज कोईरालाले जानकारी दिए । मेलाको नाममा जनताको स्वास्थ्यमा खेलबाड गरेको फेला परेको मञ्चले जनाएको छ ।

    खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय मकवानपुरका प्रमुख सोमकान्त रिजालको नेतृत्व महोत्सव अनुगमन भएको थियो । मेलामा म्याद नाघेका र लेबल नभएका सामान कार्यालयले जफत गरेको छ । मेलामा म्याद गुज्रेका पेय पदार्थ, चाउमिन जफत गरेको रिजालले जानकारी दिए । उनका अनुसार पानीको मुल्य आयोजक तोके भन्दा बढी लिएको, होटल तथा मेलामा रहेका विभिन्न स्टलहरुमा रहेका अखाद्य बस्तु नस्ट तथा स्टल नै बन्द गरेको बताए ।

    सामान्य त्रुटी फेला परेका लाई सचेत गर्दै पुनः गल्ति फेला परे सम्पूर्ण समान जफत र कारवाही गर्ने चेतावनी कार्यालयले दिएको छ ।
    अनुगमनमा खाद्य निरीक्षक खगेन्द्र प्साद खतिवडा, सरोज पौडेल, शुशिल कोइराला, जिल्ला प्रशासनका विनोद अधिकारी,उपभोक्ता मंचका अध्यक्ष कुमार पौडेल,उपमहानगरपालिका प्रतिनिधि ऐलिना न्यौपाने,उधोग वाणिज्य संघका वरिष्ठउपाध्यक्ष माधव न्यौपानेको सहभागिता रहेको थियो ।

    मेलामा आयोजकको पनि धेरैभन्दा धेरै रकम संकलन गर्ने मात्र उद्देश्य देखिएको छ । आयोजकले स्टलहरुमा बिक्री गरिएका सामानको आजसम्म अनुगमन गरेको छैन । जसले गर्दा व्यवसायीको मनलाग्दी बढ्दो छ ।

    २०७५ फागुन २६ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    मानवसेवा आश्रमलाई प्रदेश सरकारको ५ लाख

    वीरगञ्ज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मावन सेवा आश्रम वीरगञ्ज शाखाको भवन निर्माणका...

    शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी पूरा

    मकवानपुर । दोस्रो संस्करणको भूगर्भ सिमेन्ट शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ को तयारी सम्पन्न भएको छ...

    होली खेल्ने क्रममा बानेश्वरमा खुकुरी हानाहान, दुई जना घाइते

    काठमाडौँ । नयाँ बानेश्वर चोकमा होली खेल्ने क्रममा विवाद हुदाँ खुकुरी हानाहान भएको छ। झडपको...

    बाहुबली निर्देशकको “आरआरआर”

    काठमाडौँ । तेलुगु भाषामा लगातार ‘मगधीरा’, ‘मख्खी’ र ‘बाहुबली’ का दुई भाग निर्देशन गरेर बलिउडमा...

    जनताको जलविद्युत कार्यक्रम भोलिदेखि, पहिलो सेयर प्रधानमन्त्रीले किन्दै

    काठमाडौं । ‘नेपालको पानी जनताको लगानी सबै नेपाली विद्युतको सेयरधनी’ भन्ने नाराका साथ पहिलो चरणमा...