News Portal

  • भोली विप्लव नेकपाको नेपाल बन्द, अटेर गर्नेलाई कारबाही गर्ने इन्चार्ज ज्वालाको चेतावनी

    भूगोल संवाददाता
    ३४७६ पटक

    मकवानपुर । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भोली (फागुन ३०) गते नेपाल बन्दको आह्वान गरेको छ । महासचिव विप्लवले आफ्ना नेता–कार्यकर्ताको गिरफ्तारी, झुठा मुद्दा, कपिलबस्तुमा भएको गोली काण्ड, रोल्पा, कपिलबस्तु, कालीकोट लगायतका जिल्लामा भएको अप्रेशन गरेको भन्दै नेपाल बन्दको घोषणा गरेका छन् ।

    विप्लवले नेपाल बन्द घोषणासँगै सरकारले उक्त पार्टीमाथि प्रतिवन्ध लगाएको छ । सरकारले प्रतिबन्ध लगाएसँगै सर्वसाधारण आंककित भएका छन् । यही बीचमा हुन लागेको विप्लवको नेपाल बन्दले सर्वसाधराण त्रसित भएका छन् ।

    नेकपाले चरणबद्ध आन्दोलनसँगै नेपाल बन्दको घोषणा विज्ञप्ती मार्फत फागुन २४ गते गरेका थिए । पार्टीका महासचिव विप्लवद्वारा जारी विज्ञप्तीमा सरकारले संकटकालको जस्तै पार्टी, नेता तथा कार्यकर्तामाथि व्यवहार गरेको र पक्राउ गरेको भन्दै त्यसको विरोधमा नेपाल बन्दसहितका कार्यक्रम घोषणा गरिएको उल्लेख छ ।

    विप्लव नेतृत्वको नेकपा मकवानपुरका इन्चार्ज वीरबहादुर घलान (ज्वाला) ले नेपाल बन्द सफल पार्न सबैसँग आग्रह गरेका छन् । उनले सरकारले गरेको विभेदकारी व्यवहार सर्वसाधारणलाई बुझाउन र सरकारको विरोध गर्न बन्द आव्हान गरेको बताए ।

    भूगोल न्यूजसँगको कुराकानीमा ज्वालाले उद्योगी, व्यवसायी, बुद्धिजीवीसहित सर्वसाधराणलाई बन्द सफल पार्नका लागि आआफ्नो स्थानबाट सहयोगको अपेक्षा रहेको उल्लेख गरे ।

    उनले बन्द अवज्ञा गरे परिणाम सकारात्मक नआउने चेतावनी दिएका छन् । देशका लागि लडिरहेको पार्टीले आव्हान गरेको बन्दलाई अवज्ञा गर्नेले भोलीको जिम्मेवारी पनि आफैं लिन उनले आग्रह गरे । हामीलाई असयोग र अटेर गर्नेको हिसाबकिताब पार्टीले आवश्यक समयमा लिने इन्चार्ज वालाको चेतावनी छ ।

    देश नै टुक्र्याउँछु भन्दै हिँड्ने सिके राउतलाई काखी च्यापेर, देशको अस्थित्व जोगाउन योगदान दिएको पार्टीलाई प्रतिवन्ध लगाएर सरकारले उल्टो बाटो रोजेको ज्वालाले बताए । उनले एनसेलसँग केपी ओली र पुष्पकमल दाहालको नेकपाले रकम लिएको आरोप लगाए । एनसेललाई जोगाउन ओली र दाहाल लागेकाले हामीलाई प्रतिवन्ध लगाएको ज्वालाको भनाइ छ । उनले हामीमाथि आक्रमक भएको देखाएर एनसेलबाट लिएको रकमको सोझो गर्ने र करबाट उम्काउने खेल भइरहेको बताए ।

    “हाल चलिरहेको फासिष्ट दमनलाई पनि कुनै हालतमा सहन गर्न सकिदैन । जसरी शिवगडीका जनताले न्यायपूर्ण प्रतिरोध गरे त्यसरी नै देशव्यापी यसको उचित प्रतिरोध आवश्यक छ । यसैलागि हाम्रो पार्टीले कपिलवस्तुको गोलीकाण्ड, देशभरी भइरहेको सेनाप्रहरी परिचालन र दमनका विरुद्ध यही फाल्गुन ३० गते आमहडताल सहित नेपाल वन्द आयोजना गरेको छ ।” विज्ञप्तिमा अगाडि भनिएको छ, – “यो वन्दलाई यातायात, शिक्षा, स्वास्थ्य, कलकारखाना लगायत सम्पूर्ण क्षेत्रहरु वन्द गरेर सहयोग पुर्याइदिन हुन विशेष आग्रह गर्दछौं ।”

    महासचिव विप्लवले प्रधानमन्त्री केपी शर्मा ओलीले दमनको धम्की दिनु र देशैभरी गोली चलाउने, सेनाप्रहरी परिचालनदेखि चरम दमन गरेको भन्दै फासिवादी चरित्र उदाङ्गो भएको बताएका छन् ।

    “जस्तोसुकै दमन गरेपनि हाम्रो पार्टीको वैज्ञानिक समाजवादप्रतिको निष्ठा, श्रमिक जनताको मुक्ति, देशको स्वाधिनताको लागि गरिने संघर्षमा केही फरक पर्नेवाला छैन नत उनीहरुको दमन नै सफल हुने छ बरु क्रान्तिकारीहरुलाई अरु दृढ र समर्पित हुन प्रेरित गर्ने छ । अन्ततः दमन र विद्रोहको इतिहासमा केपी—प्रचण्ड होइन नेपाली श्रमिक जनता नै विजयी हुनेछन् । आउनुहोस सामाजिक दलाल पूँजीवादी सरकारको फासिवादी दमनको चौतर्फी सशक्त प्रतिरोध गरौं १ फागुन ३० गते नेपाल बन्द गरौं” विज्ञप्तिमा उल्लेख छ ।

    २०७५ फागुन २९ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    मानवसेवा आश्रमलाई प्रदेश सरकारको ५ लाख

    वीरगञ्ज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मावन सेवा आश्रम वीरगञ्ज शाखाको भवन निर्माणका...

    शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी पूरा

    मकवानपुर । दोस्रो संस्करणको भूगर्भ सिमेन्ट शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ को तयारी सम्पन्न भएको छ...

    होली खेल्ने क्रममा बानेश्वरमा खुकुरी हानाहान, दुई जना घाइते

    काठमाडौँ । नयाँ बानेश्वर चोकमा होली खेल्ने क्रममा विवाद हुदाँ खुकुरी हानाहान भएको छ। झडपको...

    बाहुबली निर्देशकको “आरआरआर”

    काठमाडौँ । तेलुगु भाषामा लगातार ‘मगधीरा’, ‘मख्खी’ र ‘बाहुबली’ का दुई भाग निर्देशन गरेर बलिउडमा...

    जनताको जलविद्युत कार्यक्रम भोलिदेखि, पहिलो सेयर प्रधानमन्त्रीले किन्दै

    काठमाडौं । ‘नेपालको पानी जनताको लगानी सबै नेपाली विद्युतको सेयरधनी’ भन्ने नाराका साथ पहिलो चरणमा...