News Portal

  • साफ महिला फुटबल : पहिलो हाफमा माल्दिभ्सविरुद्ध भारतको पाँच गोल

    भूगोल संवाददाता
    ३५ पटक

    विराटनगर । मं‌गलबारदेखि विराटनगरको सहिद रंगशालामा सुरु साफ महिला च्याम्पियन्सिप फुटबल प्रतियोगितको दोस्रो दिनको खेलमा भारतले माल्दिभ्सविरुद्ध पहिलो हाफमै ५ गोलको अग्रता बनाएको छ ।

    भारतले सुरुमै आक्रमक प्रदर्शन गर्दै पहिलो हाफको १४ मिनेटमित्र तीन गोलको अग्रता बनाएको थियो । भारतका लागि पहिलो गोल खेलको आठौँ मिनेटमा ग्रासेई दाङ्गमैईले गरिन् ।

    पहलो गोल गरेको पाँच मिनेट नबित्दै भारतका लागि स्विटी देवीले अर्को गोल थप्दै अग्रता २-० मा पुर्‍याइन् । त्यसपछि भारतका लागि खेलको २३ औँ मिनेटमा इन्दुमतिले गोल गर्दै अग्रता ३-० मा पुर्‍याएकी थिइन् ।

    त्यसपछि भारतका लागि खेलको २७ औँ मिनेटमा सञ्जुले अर्को व्यक्तिगत गोल थप्दै ४-० को अग्रता दिलाइन् । भारत यतिमै रोकिनेवाला थिएन ।

    उसका लागि पहिलो हाफमा पाँचौ गोल रतन्वाला देवीले गरिन् । मंगलबार भएको उद्घाटन खेलमा नेपाले भुटानलाई ३-० गोलअन्तरले पराजित गरेको थियो ।

    महिला साफ च्याम्पियन्सिपमा भारत चार पटकको च्याम्पियन हो । यो पटक नेपाली चेलीहरुको टिमलाई पनि उपाधि दाबेदार मानिएको छ ।

    २०७५ फागुन २९ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    मानवसेवा आश्रमलाई प्रदेश सरकारको ५ लाख

    वीरगञ्ज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मावन सेवा आश्रम वीरगञ्ज शाखाको भवन निर्माणका...

    शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी पूरा

    मकवानपुर । दोस्रो संस्करणको भूगर्भ सिमेन्ट शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ को तयारी सम्पन्न भएको छ...

    होली खेल्ने क्रममा बानेश्वरमा खुकुरी हानाहान, दुई जना घाइते

    काठमाडौँ । नयाँ बानेश्वर चोकमा होली खेल्ने क्रममा विवाद हुदाँ खुकुरी हानाहान भएको छ। झडपको...

    बाहुबली निर्देशकको “आरआरआर”

    काठमाडौँ । तेलुगु भाषामा लगातार ‘मगधीरा’, ‘मख्खी’ र ‘बाहुबली’ का दुई भाग निर्देशन गरेर बलिउडमा...

    जनताको जलविद्युत कार्यक्रम भोलिदेखि, पहिलो सेयर प्रधानमन्त्रीले किन्दै

    काठमाडौं । ‘नेपालको पानी जनताको लगानी सबै नेपाली विद्युतको सेयरधनी’ भन्ने नाराका साथ पहिलो चरणमा...