News Portal

  • आज विप्लवको नेपाल बन्द, थाहामा ट्रक जलाइयो

    भूगोल संवाददाता
    २२९९ पटक

    मकवानपुर । विप्लव नेतृत्वको नकपाले आज नेपाल बन्दको आव्हान गरेको छ । सरकाले दमन गरेको, संकटकालको जस्तै व्यवहार गरेको, पार्टीका नेता तथा कार्यकतालाई पक्राउ गरेको विरोधमा नेपाल बन्द गरेको जनाएको छ ।

    नेपाल बन्दको बिहानै मकवानपुरको थाहा का नगरपालिका वडा नं. ४ नयाँगाउँमा  ट्रकमा अज्ञात समूहले आगजनी गरेको छ । गएराती  काठमाण्डौबाट हेटौंडातर्फ जाँदै गरेको ना ५ ख ७४११ नम्बरको हेभी इक्वीपमेन्ट बोक्ने ट्रेलर गाडी आगजनी गरेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

    पालुङ र दामनको जंगलबीचमा ट्रकलाई रोकी एक समूहले पेट्रोल खन्याएर अगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
    ट्रकम रहेको चालक सहित ३ जनालाई ट्रकबाट आरालेर आगो लगाएकाले मानविय क्षति नभएको प्रहरीले जनाएको छ । अगजनीबाट ट्रकमा क्षति भएको छ ।
    विप्लव नेतृत्वको नेकपाले आज नेपाल बन्दको आह्वान गरेको कारण उनीहरुले नै त्रास सिर्जना गराउन आगजनी गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।  फाइल तस्वीर

    २०७५ फागुन ३० गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    मानवसेवा आश्रमलाई प्रदेश सरकारको ५ लाख

    वीरगञ्ज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मावन सेवा आश्रम वीरगञ्ज शाखाको भवन निर्माणका...

    शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी पूरा

    मकवानपुर । दोस्रो संस्करणको भूगर्भ सिमेन्ट शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ को तयारी सम्पन्न भएको छ...

    होली खेल्ने क्रममा बानेश्वरमा खुकुरी हानाहान, दुई जना घाइते

    काठमाडौँ । नयाँ बानेश्वर चोकमा होली खेल्ने क्रममा विवाद हुदाँ खुकुरी हानाहान भएको छ। झडपको...

    बाहुबली निर्देशकको “आरआरआर”

    काठमाडौँ । तेलुगु भाषामा लगातार ‘मगधीरा’, ‘मख्खी’ र ‘बाहुबली’ का दुई भाग निर्देशन गरेर बलिउडमा...

    जनताको जलविद्युत कार्यक्रम भोलिदेखि, पहिलो सेयर प्रधानमन्त्रीले किन्दै

    काठमाडौं । ‘नेपालको पानी जनताको लगानी सबै नेपाली विद्युतको सेयरधनी’ भन्ने नाराका साथ पहिलो चरणमा...