News Portal

  • विप्लवको पार्टीका नेता तथा कार्यकर्तालाई पक्राउ गर्न देशभर सर्कुलर 

    भूगोल संवाददाता
    ७५ पटक

    काठमाडौ । सरकारले विप्लव समूहको गतिविधि माथि प्रतिवन्ध लगाएको घोषणा गरेसँगै सुरक्षा निकायलाई हाई अर्लटमा रहन निर्देशन दिएको छ ।

    मुलधारको राजनीति भन्दा बाहिर गएर हत्या हिंसा जस्ता क्रियाकलापमा विप्लव नेतृत्वको माओवादी लागेपछि सरकारले प्रतिबन्ध लगाउने निर्णय पछि उसबाट हुन सक्ने हिंसात्मक कृयाकलापलाई नियल्न समेत सरकारले सबै सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

    बिप्लव समुहको पछिल्लो गतिबिधि राजनीतिक भन्दापनि धम्की दिएर रकम असुल गर्ने र नदिए बम पड्काउने तथा हत्या सम्मगर्ने कृयाकलाप बढेपछि सरकारले उसको गतिबिधिमाथि प्रतिवन्ध लगाएको हो ।

    बिप्लव माओवादीमाथिको प्रतिवन्ध पछि सुरक्षा थ्रेड बढेको बिष्लेषण गर्दै सरकारले उसको गतिविधिलाई नियन्त्रण गर्न र सुरक्षा ब्यवस्था मजबुत बनाउन निर्देशन दिएसंगै तीन वटै सुरक्षा निकायको प्रधान कार्यालयले बुधबार मुलुकभरका आफ्ना मजकुर कार्यालयलाई हाई अर्लटमा रहन निर्देशन दिएको हो ।

    सरकारले बिप्लवको हिंसात्मक गतिविधिमाथि प्रतिवन्ध लगाएसंगै मुलुकभर सुरक्षा व्यवस्था मजवुत बनाउन नेपाल प्रहरीका सबै कार्यालयलाई हाइअर्लटमा रहन निर्देशन दिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

    २०७५ फागुन ३० गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    मानवसेवा आश्रमलाई प्रदेश सरकारको ५ लाख

    वीरगञ्ज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मावन सेवा आश्रम वीरगञ्ज शाखाको भवन निर्माणका...

    शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी पूरा

    मकवानपुर । दोस्रो संस्करणको भूगर्भ सिमेन्ट शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ को तयारी सम्पन्न भएको छ...

    होली खेल्ने क्रममा बानेश्वरमा खुकुरी हानाहान, दुई जना घाइते

    काठमाडौँ । नयाँ बानेश्वर चोकमा होली खेल्ने क्रममा विवाद हुदाँ खुकुरी हानाहान भएको छ। झडपको...

    बाहुबली निर्देशकको “आरआरआर”

    काठमाडौँ । तेलुगु भाषामा लगातार ‘मगधीरा’, ‘मख्खी’ र ‘बाहुबली’ का दुई भाग निर्देशन गरेर बलिउडमा...

    जनताको जलविद्युत कार्यक्रम भोलिदेखि, पहिलो सेयर प्रधानमन्त्रीले किन्दै

    काठमाडौं । ‘नेपालको पानी जनताको लगानी सबै नेपाली विद्युतको सेयरधनी’ भन्ने नाराका साथ पहिलो चरणमा...