News Portal

  • साफ महिला च्याम्पियनसिप : बंगालदेश र भुटान भिड्दै

    भूगोल संवाददाता
    २९ पटक

    विराटनगर । दुई वर्षअघि फाइनल खेलेको बंगलादेशले बिहीबार कमजोर मानिएको भुटानविरुद्धको खेलमार्फत् पाँचौं साफ वुमेन्स च्याम्पियनसिपको यात्रा सुरु गर्दै छ ।

    च्याम्पियनसिपको तेस्रो दिन सहिद मैदानमा हुने खेलमा बंगलादेशले सफलता हात पार्ने अनुमान गरिएको छ। सन् २०१० को पहिलो साफ महिला च्याम्पियनसिपमा बंगलादेशले भुटानलाई ९-० ले पराजित गरेको थियो। २०१२ को दोस्रो साफमा बंगलादेशले भुटानमाथि १-० को सफलता पाएको थियो। त्यसयता यी दुई टिम साफमा पहिलोपल्ट प्रतिस्पर्धा गर्न लागेका हुन्।

    बंगलादेश चौथो साफ २०१६ को उपविजेता हो। भुटानले साफको इतिहासमा कुनैपनि खेल जितेको छैन। पहिलो साफ २०१० मा श्रीलंकाविरुद्ध १-१ को बराबरी गरेबाहेक बाँकी सबै खेल उसले हारेको छ।

    घरेलु टिम नेपालले पहिलो खेलमा भुटानलाई ३-० ले पराजित गरेको थियो। त्यसैले तीन देश सहभागि समूह ‘ए’को प्रतिस्पर्धामा बंगलादेशविरुद्ध हारेको अवस्थामा भुटान च्याम्पियनसिपबाटै बाहिरिनेछ। बराबरी नतिजा निस्किएको नेपाल र बंगलादेशबीच शनिबार हुने खेलले यो समूहबाट सेमिफाइनल पुग्ने अर्को टिमको टुंगो लगाउनेछ।

    समूह ‘बी’मा बुधबार भएको खेलमा डिफेन्डिङ च्याम्पियन भारतले माल्दिभ्सलाई ६-० ले पराजित गरेको थियो। भारत साफ महिला च्याम्पियनसिपमा अघिल्ला चारै संस्करणको विजेता हो।

    २०७५ फागुन ३० गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    मानवसेवा आश्रमलाई प्रदेश सरकारको ५ लाख

    वीरगञ्ज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मावन सेवा आश्रम वीरगञ्ज शाखाको भवन निर्माणका...

    शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी पूरा

    मकवानपुर । दोस्रो संस्करणको भूगर्भ सिमेन्ट शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ को तयारी सम्पन्न भएको छ...

    होली खेल्ने क्रममा बानेश्वरमा खुकुरी हानाहान, दुई जना घाइते

    काठमाडौँ । नयाँ बानेश्वर चोकमा होली खेल्ने क्रममा विवाद हुदाँ खुकुरी हानाहान भएको छ। झडपको...

    बाहुबली निर्देशकको “आरआरआर”

    काठमाडौँ । तेलुगु भाषामा लगातार ‘मगधीरा’, ‘मख्खी’ र ‘बाहुबली’ का दुई भाग निर्देशन गरेर बलिउडमा...

    जनताको जलविद्युत कार्यक्रम भोलिदेखि, पहिलो सेयर प्रधानमन्त्रीले किन्दै

    काठमाडौं । ‘नेपालको पानी जनताको लगानी सबै नेपाली विद्युतको सेयरधनी’ भन्ने नाराका साथ पहिलो चरणमा...