News Portal

  • मिर्गौला पीडितलाई प्रधानमन्त्रीको सुझाव–खानपिन र व्यायाममा ध्यान दिनुहोस्

    भूगोल संवाददाता
    ३१ पटक

    काठमाडौं । विश्व मिर्गौला दिवसका अवसरमा विहीबार त्रिवि शिक्षण अस्पतालमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले मिर्गौलाको सुरक्षामा ध्यान दिन सबैलाई आग्रह गरे ।

    प्रधानमन्त्री ओलीले गम्भीर समस्याका रूपमा बढेको भन्दै मिर्गौला बचाउन सचेतना फैलाउन आग्रहसमेत गरे ।

    प्रधानमन्त्री ओली विगतमा आफैं मिर्गौलाका बिरामी थिए । भारतको अपोलो अस्पतालमा प्रधानमन्त्री ओलीका दुबै मिर्गौला प्रत्यारोपण गरिएका हुन् । दुबै मिर्गौला प्रत्यारोपण गरेपछि पनि सक्रिय राजनीतिक जस्वन बिताइरहेका प्रधानमन्त्री ओली सम्पूर्ण मिर्गौला रोगीका लागि प्रेरणाका स्रोत समेत हुन् ।

    विहीबार त्रिवि शिक्षण अस्पतालमा नेफ्रोलोजी विभाग, फिजिसियन फर सोसियल रेस्पोन्सबिलिटी नेपाल (पीएसआरन) र स्वतन्त्र विद्यार्थी यूनियनले आयोजना गरेको मिर्गौला दिवसमा प्रधानमन्त्री ओली सहभागी बने । प्रधानमन्त्री ओली आयोजकहरुसँगै पैदल यात्रा गरेर अस्पतालसम्म पुगेको उनको सचिवालयले जानकारी दिएको छ ।

    २०७५ फागुन ३० गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    मानवसेवा आश्रमलाई प्रदेश सरकारको ५ लाख

    वीरगञ्ज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मावन सेवा आश्रम वीरगञ्ज शाखाको भवन निर्माणका...

    शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी पूरा

    मकवानपुर । दोस्रो संस्करणको भूगर्भ सिमेन्ट शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ को तयारी सम्पन्न भएको छ...

    होली खेल्ने क्रममा बानेश्वरमा खुकुरी हानाहान, दुई जना घाइते

    काठमाडौँ । नयाँ बानेश्वर चोकमा होली खेल्ने क्रममा विवाद हुदाँ खुकुरी हानाहान भएको छ। झडपको...

    बाहुबली निर्देशकको “आरआरआर”

    काठमाडौँ । तेलुगु भाषामा लगातार ‘मगधीरा’, ‘मख्खी’ र ‘बाहुबली’ का दुई भाग निर्देशन गरेर बलिउडमा...

    जनताको जलविद्युत कार्यक्रम भोलिदेखि, पहिलो सेयर प्रधानमन्त्रीले किन्दै

    काठमाडौं । ‘नेपालको पानी जनताको लगानी सबै नेपाली विद्युतको सेयरधनी’ भन्ने नाराका साथ पहिलो चरणमा...