News Portal

  • जिल्ला प्रहरी कार्यालय अगाडिनै बम पड्किए पछि….

    भूगोल संवाददाता
    ३७७ पटक

    कावासोती । जिल्ला प्रहरी कार्यालय नवलपुर अगाडिनै बम पड्केपछि प्रहरी चकित परेको छ। पूर्वी नवलपरासीको कावासोती फलफुलचोकमा आज बिहान ११ः३० बजे ठूलो अवाजमा बम पड्किदा स्थानीयहरु त्रसित बनेका छन । बम प्रहरी कार्यालय बाट १०० मिटर दुरीमा डिभिजन वन कार्यालय अगाडि पड्केको हो।

    यसरी प्रहरी कार्यालय नजिकै ठुलो आवाजमा बम पड्किदा सुरक्षामाथि नै प्रश्न चिन्ह खडा भएको छ। स्थानीयहरु निकै त्रसित छन् । बम पड्किदा कुनै मानवीय र भौतिक क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरिक्षक लिलाराजा लामिछानेले जानकारी दिए । घटनाका बारेमा अनुसन्धान थालिएको उनले बताए । सकेट बम पड्केको हुनसक्ने अनुमान गरिएको भए पनि पुष्टि हुन बाँकी रहेको उनले बताएका छन् ।

    अहिले बम पड्केको क्षेत्र वरपर सुरक्षा वयवस्था कडा पारिएको छ । सदरमुकामकै व्यस्त रहने चोक नजिकै बम विस्फोट भएपछि यहाँका बासिन्दा त्रसित भएका छन् । सडक नजिकै झाडीमा लुकाएर बम राखिएको प्रहरीको आशंका छ ।

    २०७५ फागुन ३० गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    मानवसेवा आश्रमलाई प्रदेश सरकारको ५ लाख

    वीरगञ्ज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मावन सेवा आश्रम वीरगञ्ज शाखाको भवन निर्माणका...

    शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी पूरा

    मकवानपुर । दोस्रो संस्करणको भूगर्भ सिमेन्ट शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ को तयारी सम्पन्न भएको छ...

    होली खेल्ने क्रममा बानेश्वरमा खुकुरी हानाहान, दुई जना घाइते

    काठमाडौँ । नयाँ बानेश्वर चोकमा होली खेल्ने क्रममा विवाद हुदाँ खुकुरी हानाहान भएको छ। झडपको...

    बाहुबली निर्देशकको “आरआरआर”

    काठमाडौँ । तेलुगु भाषामा लगातार ‘मगधीरा’, ‘मख्खी’ र ‘बाहुबली’ का दुई भाग निर्देशन गरेर बलिउडमा...

    जनताको जलविद्युत कार्यक्रम भोलिदेखि, पहिलो सेयर प्रधानमन्त्रीले किन्दै

    काठमाडौं । ‘नेपालको पानी जनताको लगानी सबै नेपाली विद्युतको सेयरधनी’ भन्ने नाराका साथ पहिलो चरणमा...