News Portal

  • बन्दमा विप्लवको आंतकः ट्रकमा आगजनीदेखि नक्कली बमसम्म

    भूगोल संवाददाता
    ४५ पटक

    मकवानपुर । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले आज आव्हान गरेको नेपाल बन्दको प्रभाव प्रदेश ३ को राजधानी हेटौंडासहित मकवानपुरमा जिल्लामा परेको छ ।

    बन्दको पूर्वसन्ध्यामा थाहा नगरमा ट्रकमा आगजनी गरेको नेकपाले ट्रकमा ढुंगा हान्नेदेखि नक्कली बम राख्ने काम समेत गरेर दिनभर आंतकित पार्ने काम गरे । बन्दका कारण जिल्लामा लामा तथा छोटा दुरीका सवारीसाधन सञ्चालनमा आएनन् ।

    बन्दकर्ताले मकवानपुरको थाहा नगरपालिका–४ नया“गाउँमा ट्रकमा आगजनी गरेका छन् । काठमाडौबाट हेटौंडातर्फ जाँदै गरेको ना ५ ख ७४११ नम्बरको ट्रकमा आगजनी हुँदा अगाडिको भाग जलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको
    छ ।

    यस्तै पूर्वपश्चिम राजमार्ग अन्र्तगत हेटौंडाको बस्तीपुरमा हेटौंडातर्फ आउदै गरेको ट्रककमा ढुंगा प्रहार हुँदा चालक सामान्य भएका छन् । ना ६ ख ७३६९ नम्बरको ट्रकमा ढुंगा प्रहार हुँदा सिसा फुटेर ट्रकका चालक हेटौँडा कर्रा निवासी युवराज सुवेदी घाईते भएको डिएसपी भट्टराईले जनाए ।

    हेटौंडा औद्योगिक क्षेत्र नजिकै शंकास्पद वस्तु राखेर आंतकति बनाउने काम भएको थियो । सेनाको टोलीले परीक्षण गर्दा शंकास्पद बस्तु बम नभएको पुष्टि भएको थियो ।

    बन्दका कारण हेटौंडा औद्योगिक क्षेत्रमा रहेका सबै उद्योग सञ्चालनमा आएनन् । औद्योगिक क्षेत्र बाहिर रहेका हेटौंडा सिमेन्ट, शिवम् सिमेन्ट, सिद्धीसिद्धी सिमेन्ट, युनिलिभर, निकलगायतका उद्योग पनि सञ्चालन हुन सकेनन् ।

    हेटौंडा बजार, शैक्षिक संस्था बन्द थिए । प्रदेश ३ को मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, मन्त्रालयहरु, जिल्ला प्रशासनसहित सरकारी निकाय सञ्चालनमा आएपनि सेवाग्राहीको उपस्थिति थिएन् । मन्त्रालय तथा सरकारी निकायसहित बजार क्षेत्रमा व्यापक प्रहरी परिचालन गरिएको थियो ।

    २०७५ फागुन ३० गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    मानवसेवा आश्रमलाई प्रदेश सरकारको ५ लाख

    वीरगञ्ज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मावन सेवा आश्रम वीरगञ्ज शाखाको भवन निर्माणका...

    शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी पूरा

    मकवानपुर । दोस्रो संस्करणको भूगर्भ सिमेन्ट शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ को तयारी सम्पन्न भएको छ...

    होली खेल्ने क्रममा बानेश्वरमा खुकुरी हानाहान, दुई जना घाइते

    काठमाडौँ । नयाँ बानेश्वर चोकमा होली खेल्ने क्रममा विवाद हुदाँ खुकुरी हानाहान भएको छ। झडपको...

    बाहुबली निर्देशकको “आरआरआर”

    काठमाडौँ । तेलुगु भाषामा लगातार ‘मगधीरा’, ‘मख्खी’ र ‘बाहुबली’ का दुई भाग निर्देशन गरेर बलिउडमा...

    जनताको जलविद्युत कार्यक्रम भोलिदेखि, पहिलो सेयर प्रधानमन्त्रीले किन्दै

    काठमाडौं । ‘नेपालको पानी जनताको लगानी सबै नेपाली विद्युतको सेयरधनी’ भन्ने नाराका साथ पहिलो चरणमा...