News Portal

  • खुमलटारमा सूचना पार्क बनाउने सरकारको निर्णय

    रेडियो नेपालको जग्गा दूरसञ्चार प्राधिकरणलाई बेचिने

    भूगोल संवाददाता
    ४८ पटक

    काठमाडौं । सरकारले ललितपुरको खुमलटारमा सूचनाप्रविधिसम्बन्धी उद्योग वा व्यवसाय स्थापना गर्नका लागि सूचना पार्क बनाउने निर्णय गरेको छ ।

    बुधबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल सरकारको नाममा रहेको र रेडियो नेपाललाई मोही कायम गरिएको ललितपुर खुमलटारको १ सय १८ रोपनीमा सूचना पार्क अर्थात नलेज पार्क निर्माण गर्न लागेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

    रेडियो नेपालको जग्गा दूरसञ्चार प्राधिकरणले किन्ने

    सरकारले खुमलटारमै रहेको रेडियो नेपालको १ सय ४२ रोपनी जग्गा नेपाल दूरसञ्चार प्राधिकरणलाई बेच्ने निर्णय गरेको छ ।

    उक्त जग्गाको सरकारी दररेटवापतको रकम सञ्चार मन्त्रालयको सहमतिमा प्राधिकरणले रेडियो नेपाललाई दिने निर्णय पनि गरेको मन्त्री बास्कोटाले बताए । यसरी प्राप्त रकम रेडियो नेपालले पूँजीगत कार्यमा मात्र खर्च गर्न पाउने भएको छ ।

    २०७५ फागुन ३० गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    मानवसेवा आश्रमलाई प्रदेश सरकारको ५ लाख

    वीरगञ्ज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मावन सेवा आश्रम वीरगञ्ज शाखाको भवन निर्माणका...

    शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी पूरा

    मकवानपुर । दोस्रो संस्करणको भूगर्भ सिमेन्ट शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ को तयारी सम्पन्न भएको छ...

    होली खेल्ने क्रममा बानेश्वरमा खुकुरी हानाहान, दुई जना घाइते

    काठमाडौँ । नयाँ बानेश्वर चोकमा होली खेल्ने क्रममा विवाद हुदाँ खुकुरी हानाहान भएको छ। झडपको...

    बाहुबली निर्देशकको “आरआरआर”

    काठमाडौँ । तेलुगु भाषामा लगातार ‘मगधीरा’, ‘मख्खी’ र ‘बाहुबली’ का दुई भाग निर्देशन गरेर बलिउडमा...

    जनताको जलविद्युत कार्यक्रम भोलिदेखि, पहिलो सेयर प्रधानमन्त्रीले किन्दै

    काठमाडौं । ‘नेपालको पानी जनताको लगानी सबै नेपाली विद्युतको सेयरधनी’ भन्ने नाराका साथ पहिलो चरणमा...