News Portal

  • फेसबुक डाउन हुँदा टेलिग्रामलाई भयो फाइदा

    २४ घण्टामै जोडिए ३० लाख नयाँ प्रयोगकर्ता

    भूगोल संवाददाता
    ५१ पटक

    सोसल मिडिया साइट फेसबुकले बुधबार इतिहासकै सबैभन्दा गम्भीर अवरोध व्यहोर्यो । विश्वका लाखौँ प्रयोगकर्ताले फेसबुक लगइन गर्न तथा सामाग्रीहरुमा लाइक–कमेन्ट तथा अपलोड गर्नमै समस्याको सामना गर्नुपर्यो । नियमित सुधारका क्रममा केहीबेर साइड डाउन भएको र छिट्टै नै त्यो पूर्ववत् अवस्थामा आउने फेसबुकले बताए पनि लामो समय फेसबुक अवरुद्ध भैरह्यो । फेसबुक अवरुद्ध हुँदा लाखौँ प्रयोगकर्ता समस्यामा परे । तर, एउटा एपले पनि फेसबुक अवरोधको गज्जब फाइदा उठायो ।

    प्राइभेट मेसेजिङ्ग प्लेटफर्म टेलिग्रामका अनुसार, पछिल्लो २४ घण्टामा ३० लाख प्रयोगकर्ता उक्त एपमा जोडिएका छन् ।

    टेलिग्रामका संस्थापक तथा सीईओ पावेल डूरोभले व्यक्तिगत टेलिग्राम च्यानलमा त्यसको जानकारी दिएका छन् । २४ घण्टामा ३० लाख नयाँ प्रयोगकर्ता टेलिग्रामसँग जोडिएको उनको भनाइ छ ।

    टेलिग्राम एक निस्शुल्क एनक्रिप्टेड मेसेजिंग सर्भिस प्लेटफर्म हो । यसले सन् २०१३ मै इण्ड टू इण्ड एनक्रिप्सन फिचर थप गरेको थियो । सुरक्षित च्याटिङ्गको यो फिचर ह्वाट्सएपमा सन् २०१६ मा मात्रै थपिएको थियो ।

    एक वर्षअघिको तथ्यांक अनुसार इन्स्टाग्रामका सक्रिय प्रयोगकर्ताको संख्या २० करोड रहेको छ । फेसबुकको तुलनामा यो यस अर्थमा उत्कृष्ट छ कि यसमा विज्ञापन देखिँदैन ।

    एजेन्सीको सहयोगमा

    २०७५ चैत १ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    मानवसेवा आश्रमलाई प्रदेश सरकारको ५ लाख

    वीरगञ्ज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मावन सेवा आश्रम वीरगञ्ज शाखाको भवन निर्माणका...

    शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी पूरा

    मकवानपुर । दोस्रो संस्करणको भूगर्भ सिमेन्ट शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ को तयारी सम्पन्न भएको छ...

    होली खेल्ने क्रममा बानेश्वरमा खुकुरी हानाहान, दुई जना घाइते

    काठमाडौँ । नयाँ बानेश्वर चोकमा होली खेल्ने क्रममा विवाद हुदाँ खुकुरी हानाहान भएको छ। झडपको...

    बाहुबली निर्देशकको “आरआरआर”

    काठमाडौँ । तेलुगु भाषामा लगातार ‘मगधीरा’, ‘मख्खी’ र ‘बाहुबली’ का दुई भाग निर्देशन गरेर बलिउडमा...

    जनताको जलविद्युत कार्यक्रम भोलिदेखि, पहिलो सेयर प्रधानमन्त्रीले किन्दै

    काठमाडौं । ‘नेपालको पानी जनताको लगानी सबै नेपाली विद्युतको सेयरधनी’ भन्ने नाराका साथ पहिलो चरणमा...