News Portal

  • ट्याक्टरको ठक्करबाट इन्जिनियरको मृत्यु

    भूगोल संवाददाता
    ६८ पटक

    वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा कार्यरत ईन्जिनियरको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका घर भएका ४० वर्षीय दिपेन्द्र गुरुङको मृत्यु भएको हो ।

    ना१प २६२६ नम्बरको मोटरसाइकलमा वीरगञ्जतर्फ र्फकने क्रममा वीरगञ्ज महानगरपालिका-१९ विन्दवासिनी चोकमा बिहीबार राति ९ बजेतिरको समयमा विपरीत दिशाबाट आइरहेको ना३त ३६९३ नम्बरको ट्याक्टरको टायर उछिट्टएिर उनलाई लागेको थियो ।

    टायरले लागेर गम्भीर घाइते भएका गुरुङको एलएस न्युरो अस्पताल पानीट्याङकी वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी मानबहादुर राईले जानकारी दिए ।

    ट्याक्टर चालक फरार रहेको तर ट्याक्टर धनीको पहिचान भइसकेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

    २०७५ चैत १ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    मानवसेवा आश्रमलाई प्रदेश सरकारको ५ लाख

    वीरगञ्ज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मावन सेवा आश्रम वीरगञ्ज शाखाको भवन निर्माणका...

    शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी पूरा

    मकवानपुर । दोस्रो संस्करणको भूगर्भ सिमेन्ट शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ को तयारी सम्पन्न भएको छ...

    होली खेल्ने क्रममा बानेश्वरमा खुकुरी हानाहान, दुई जना घाइते

    काठमाडौँ । नयाँ बानेश्वर चोकमा होली खेल्ने क्रममा विवाद हुदाँ खुकुरी हानाहान भएको छ। झडपको...

    बाहुबली निर्देशकको “आरआरआर”

    काठमाडौँ । तेलुगु भाषामा लगातार ‘मगधीरा’, ‘मख्खी’ र ‘बाहुबली’ का दुई भाग निर्देशन गरेर बलिउडमा...

    जनताको जलविद्युत कार्यक्रम भोलिदेखि, पहिलो सेयर प्रधानमन्त्रीले किन्दै

    काठमाडौं । ‘नेपालको पानी जनताको लगानी सबै नेपाली विद्युतको सेयरधनी’ भन्ने नाराका साथ पहिलो चरणमा...