News Portal

  • दोलखामा मजदुर बोकेको बस दुर्घटना, २ जनाको मृत्यु

    भूगोल संवाददाता
    ३१ पटक

    दोलखा । दोलखामा मजदुर बोकेको बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको र २४ जना घाइते भएका छन् ।

    सिनो हाइड्रोले भाडामा लिएर चलाएको बा ४ ख ४५७३ नम्बरको बस शुक्रबार बिहान ७ः४५ बजे बिगु गाउँपालिका–१, नयाँबाटोमा दुर्घटना भएको हो ।

    दुर्घटनामा सुर्खेत चौकुने गाउँपालिका–३ का ३८ वर्षीय दिनेश थापा र लमजुङ मर्स्याङ्दी गाउँपालिका–३ का ४४ वर्षीय हीराप्रसाद मिजारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, दोलखाले जनाएको छ ।

    दुर्घटनामा घाइते २४ जनाको जिल्ला सदरमुकाम चरिकोटका अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार, घाइतेमध्ये ४ को अवस्था गम्भीर छ ।

    बस दुर्घटनाको कारण खुलेको छैन । यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बस सडकबाट ३० मिटर तल खसेको छ ।

    २०७५ चैत १ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    मानवसेवा आश्रमलाई प्रदेश सरकारको ५ लाख

    वीरगञ्ज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मावन सेवा आश्रम वीरगञ्ज शाखाको भवन निर्माणका...

    शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी पूरा

    मकवानपुर । दोस्रो संस्करणको भूगर्भ सिमेन्ट शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ को तयारी सम्पन्न भएको छ...

    होली खेल्ने क्रममा बानेश्वरमा खुकुरी हानाहान, दुई जना घाइते

    काठमाडौँ । नयाँ बानेश्वर चोकमा होली खेल्ने क्रममा विवाद हुदाँ खुकुरी हानाहान भएको छ। झडपको...

    बाहुबली निर्देशकको “आरआरआर”

    काठमाडौँ । तेलुगु भाषामा लगातार ‘मगधीरा’, ‘मख्खी’ र ‘बाहुबली’ का दुई भाग निर्देशन गरेर बलिउडमा...

    जनताको जलविद्युत कार्यक्रम भोलिदेखि, पहिलो सेयर प्रधानमन्त्रीले किन्दै

    काठमाडौं । ‘नेपालको पानी जनताको लगानी सबै नेपाली विद्युतको सेयरधनी’ भन्ने नाराका साथ पहिलो चरणमा...