News Portal

  • न्युजिल्याण्डका २ मस्जिदमा बन्दुकधारीको आक्रमण

    भूगोल संवाददाता
    ५२ पटक

    एजेन्सी । न्युजिल्याण्डस्थित सेन्ट्रल क्राइस्ट चर्च शहरका दुईवटा मस्जिदमा आक्रमण भएको छ। उक्त बन्दुक आक्रमणमा कैयौं मानिसको मृत्यु भएको न्युजिल्याण्डका उच्च प्रहरी अधिकारी माइक बुशले जनाएका छन्।

    बुशकाअनुसार गोलिकाण्डका चार अभियुक्त पक्राउ परिसकेका छन्। पक्राउ पर्नेमा तीन पुरुष र एक महिला रहेका छन्। तर घटनामा उनीहरूको संलग्नता भने पुष्टि भइसकेको छैन।

    ‍प्रहरी अधिकारी माइक बुशले बीबीसीसँग भनेका छन्,यो एक सुनियोजित हमला हो। यो हमलामा अभियुक्तले कैयौं हतियारको प्रयोग गरेका छन्।

    बंगलादेशी क्रिकेट खेलाडी न्यूजिल्याण्ड भ्रमणको क्रममा मस्जिदमा पुगेका बेला उक्त घटना भएको थियो। यद्यपी खेलाडी सुरक्षित रहेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।

    गोलीबारी हुँदा सोही मस्जिदतर्फ जार्दै थियो बंग्लादेशको राष्ट्रिय क्रिकेट टोली, अन्तिम टेस्ट रद्द

    गोलीबारीको समयमा बंग्लादेशको राष्ट्रिय क्रिकेट टोली सोही मस्जिदतर्फ जार्दै थियो । उनीहरु थोरैले मात्र गोलीबारीबाट उम्केको खबर आएको छ ।

    बंग्लादेशको राष्ट्रिय क्रिकेट टोली क्रिकेट टुरको क्रममा न्यूजील्याण्डमा छ । शुक्रबारको दिन हुने मुलसमानहरुको प्रर्थनाको लागि टोली मस्जिदतर्फ जादैं थिथो ।

    तर बाटोमा गोलीबारीको समाचार आएपछि उनीहरुलाई नजिकको हेग्ले ओभलमा लगिएको थियो ।

    हाल उनीहरुलाई टिमको लागि रिजर्भ गरिएको होटलमा राखिएको छ ।

    शनिवार न्यूजील्याण्ड र बंग्लादेशबीच क्रिकेट खेलको समय तालिका पहिले सार्वजनिक गरिएको थियो । निरसंश गोलिबारीको घटनापछि हाल खेल रद्द गरिएको छ ।

    क्राइस्ट–चर्च सहरका दुई मस्जिदम श्वेत उग्र–दक्षिणपन्थीहरुको हमलापछि यो कदम उठाइएको हो । गोलीबारेमा ‘बहुसंख्यकको हताहती’ भएको प्रहरीले बताएको छ ।

    आक्रमणलाई न्यूजील्याण्डको प्रधानमन्त्री जेसिण्डा आरडेनले ‘न्यूजील्याण्डको इतिहासकै सबैभन्दा कालो दिन’ बताएकी छिन् ।

    गोलीबारीको संकेत पाएपछि क्रिकेट टिम चढेको गाडीलाई रोकेर खेलाडिहरु गाडी बाहिर नजान निर्देशन दिइएको थियो । गाडीमा केही मिनेट रहेपछि उनीहरु हेग्ले पार्क हुँदै मैदानमा गए र त्यहाँबाट उनीहरुलाई टोली बसेको होटलमा फर्काइएको थियो ।

    टोलीलाई पछ्यारहेका एक रिपोर्टरले यसको पुष्टि गर्दै ट्वीट गरेका छन् । “बंग्लादेश क्रिकेट टाली हेग्ले पार्क नजिक रहेको र सक्रिय बन्दुकधारीहरु रहेको मस्जिदबाट उम्केका छन् । ”

    टोलीका एक सदस्य खेलाडी तमिम इक्बालले ट्वीट गर्दै लेखेका छन् ,“पूरा टोली सक्रिय बन्धुकधारीहरुबाट बचेको छ ।”

    त्यस्तै बंग्लादेश क्रिकेट बोर्डको प्रवक्ता जलाल यूनुसले अधिकाशं टोली बसम मस्जिद गएको र घटना हुदाँ मस्जिद पस्ने तयारी गरिरहेको बताएका छन् ।

    “उनीहरु सुरक्षित छन् । तर उनीहरुलाई मानसिक रुपमा आघात परेको छ । हामीहरुले टोलीलाई होटलभित्रै बस्न भनेका छौँ,” यूनुसले एफपी समाचार एजेन्सीलाई भने ।

    २०७५ चैत १ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    मानवसेवा आश्रमलाई प्रदेश सरकारको ५ लाख

    वीरगञ्ज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मावन सेवा आश्रम वीरगञ्ज शाखाको भवन निर्माणका...

    शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी पूरा

    मकवानपुर । दोस्रो संस्करणको भूगर्भ सिमेन्ट शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ को तयारी सम्पन्न भएको छ...

    होली खेल्ने क्रममा बानेश्वरमा खुकुरी हानाहान, दुई जना घाइते

    काठमाडौँ । नयाँ बानेश्वर चोकमा होली खेल्ने क्रममा विवाद हुदाँ खुकुरी हानाहान भएको छ। झडपको...

    बाहुबली निर्देशकको “आरआरआर”

    काठमाडौँ । तेलुगु भाषामा लगातार ‘मगधीरा’, ‘मख्खी’ र ‘बाहुबली’ का दुई भाग निर्देशन गरेर बलिउडमा...

    जनताको जलविद्युत कार्यक्रम भोलिदेखि, पहिलो सेयर प्रधानमन्त्रीले किन्दै

    काठमाडौं । ‘नेपालको पानी जनताको लगानी सबै नेपाली विद्युतको सेयरधनी’ भन्ने नाराका साथ पहिलो चरणमा...