News Portal

  • उपमेयरका श्रीमानले महिलासँग फोनमा अश्लील कुरा गरेपछि……

    भूगोल संवाददाता
    १०४ पटक

    विरगञ्ज । महिलालाई फोन गरी अश्लील कुरा गरेर होटलमा बोलाएको आरोपमा पक्राउ परेका उद्योग वाणिज्य संघ सिम्रौनगढ शाखाका अध्यक्ष जयन्त कुशवाहालाई अनुसन्धानका लागि थप १० दिन म्याद थपिएको छ।

    बिहीबार जिल्ला प्रशासन कार्यालय बाराबाट अनुसन्धानका लागि १० दिन म्याथ थप गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।

    बारा सिम्रौनगढ वडा नम्बर ७ बस्ने कुशवाहालाई गत बुधबार इलाका प्रहरी कार्यालय निजगढले पक्राउ गरेका थियो। ३९ वर्षीय कुशवाहालाई प्रहरीले एक महिलालाई फोनमा अश्लील कुरा गरेको आरोपमा पक्राउ गरेको हो।

    उनी निजगढस्थित एक होटलबाट पक्राउ परेका हुन्। उक्त महिलाले आफूलाई फोन गरेर अश्लील कुरा गर्ने गरेको आरोप लगाएर प्रहरीमा उजुरी दिएकी थिइन्।

    कुशवाहाको परिवारले भने षडयन्त्र गरेर उनलाई फसाइएको दावी गरेको छ।

    २०७५ चैत १ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    मानवसेवा आश्रमलाई प्रदेश सरकारको ५ लाख

    वीरगञ्ज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मावन सेवा आश्रम वीरगञ्ज शाखाको भवन निर्माणका...

    शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी पूरा

    मकवानपुर । दोस्रो संस्करणको भूगर्भ सिमेन्ट शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ को तयारी सम्पन्न भएको छ...

    होली खेल्ने क्रममा बानेश्वरमा खुकुरी हानाहान, दुई जना घाइते

    काठमाडौँ । नयाँ बानेश्वर चोकमा होली खेल्ने क्रममा विवाद हुदाँ खुकुरी हानाहान भएको छ। झडपको...

    बाहुबली निर्देशकको “आरआरआर”

    काठमाडौँ । तेलुगु भाषामा लगातार ‘मगधीरा’, ‘मख्खी’ र ‘बाहुबली’ का दुई भाग निर्देशन गरेर बलिउडमा...

    जनताको जलविद्युत कार्यक्रम भोलिदेखि, पहिलो सेयर प्रधानमन्त्रीले किन्दै

    काठमाडौं । ‘नेपालको पानी जनताको लगानी सबै नेपाली विद्युतको सेयरधनी’ भन्ने नाराका साथ पहिलो चरणमा...