News Portal

  • झलनाथ खनालले गरे नेपाली सेनाको प्रशंसा

    भूगोल संवाददाता
    ८६ पटक

    काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपाका नेता झलनाथ खनालले विकास निर्माणको काममा नेपाली सेनाले प्रभावकारी काम गरेको बताएका छन् । शुक्रबार संसदको विकास समितिमा काठमाडौं तराई, मधेस स्थलगत अध्ययन तथा अवलोकन भम्रण प्रतिवेदनबारे भएको छलफलमा खनालले बर्षौदेखि अलपत्र परेको आयोजना १८ महिनामा सेनाले उल्लेखनीय काम गरेको बताए ।

    उनले यो आयोजना धेरै महत्वपूर्ण र दुरगामी प्रभाव पार्ने आयोजना रहेको भन्दै दूर्तमार्ग बन्नेमा अब सुनिश्चितता भएको उल्लेख गरे । यसअघि बर्षौसम्म पर्खिदा पनि काम नभएको अवस्थामा सेनाले जिम्मेवारी लिएपछि कामको गति बढेको बताउँदै उनले भने । ‘नेपाली सेनाले विकासका काम गर्दा धेरै महत्वपूर्ण उपलब्धी हासिल भएको छ । विकासका लागि पश्चिमी, पूर्वीय धेरै मोडेल भएजस्तै सेनाले गर्ने विकास निर्माणको काम नेपालको मौलिक मोडेल बनेको छ । यसले विकास निर्माणमा महत्वपूर्ण भूमिका खेलेको छ ।’

    उनले फास्ट ट्रयाकको काममा डिपिआर तयार भएपछि निर्माण कार्य द्रूतगतिमा अघि बढ्ने बताए । खनालले निर्माण कार्यमा धेरै जटिलता रहेको, स्थानीयका समस्या, वातावरणीय समस्या रहेको बताउँदै ती समस्याहरुको समाधान गर्दै जानुपर्ने बताए ।

    गत पुस ६ र १६ गते दुई चरणमा विकास समितिले फास्ट ट्रयाकको स्थलगत अवलोकन गरेको थियो । अवलोकनका क्रममा कूल ७६।२ किमी सडकमध्ये ७० प्रतिशत अर्थात ५४ किमी सडकको कटिङ्ग फिलिङ्गको काम सकिएको जानकारी दिइएको छ ।

    २०७५ चैत १ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    मानवसेवा आश्रमलाई प्रदेश सरकारको ५ लाख

    वीरगञ्ज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मावन सेवा आश्रम वीरगञ्ज शाखाको भवन निर्माणका...

    शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी पूरा

    मकवानपुर । दोस्रो संस्करणको भूगर्भ सिमेन्ट शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ को तयारी सम्पन्न भएको छ...

    होली खेल्ने क्रममा बानेश्वरमा खुकुरी हानाहान, दुई जना घाइते

    काठमाडौँ । नयाँ बानेश्वर चोकमा होली खेल्ने क्रममा विवाद हुदाँ खुकुरी हानाहान भएको छ। झडपको...

    बाहुबली निर्देशकको “आरआरआर”

    काठमाडौँ । तेलुगु भाषामा लगातार ‘मगधीरा’, ‘मख्खी’ र ‘बाहुबली’ का दुई भाग निर्देशन गरेर बलिउडमा...

    जनताको जलविद्युत कार्यक्रम भोलिदेखि, पहिलो सेयर प्रधानमन्त्रीले किन्दै

    काठमाडौं । ‘नेपालको पानी जनताको लगानी सबै नेपाली विद्युतको सेयरधनी’ भन्ने नाराका साथ पहिलो चरणमा...