News Portal

‘दाल भात तरकारी’को शीर्ष गीत रिलिज

भूगोल संवाददाता
१४८ पटक

‘मह संचार’को व्यानरमा निर्माण भएको चलचित्र ‘दाल भात तरकारी’को दोस्रो गीत रिलिज भएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजन गर्दै चलचित्रको शीर्ष गीत रिलिज गरिएको हो ।

सार्वजनिक ‘दाल भात तरकारी’ बोलको गीतमा शम्भुजीत बस्कोटाको संगीत रहेको छ । हरिवंश आचार्यले लेखेको उक्त गीतमा राजेश पायल राई र स्मिता दाहालकको स्वर रहेको छ ।

प्रविण सिंहको करियोग्राफी रहेको उक्त गीतमा चलचित्रका मुख्य कलाकार हरिवंश आचार्य, निरुता सिंह, पुष्प खड्का र आँचल शर्मा फिचरिङ छन् । भिडियोमा पुष्प र आँचलले निकै राम्रो नृत्य गरेका छन् । रमाइलो तरिकामा प्रस्तुत गरिएको भिडियोमा हरिवंश र निरुता सेफ बनेका छन् ।

सुदन केसीको निर्देशनमा बनेको यस चलचित्रका प्रस्तुतकर्ता किरण केसी हुन् । वैशाख २० गतेबाट रिलिज हुने यस चलचित्रमा मदनकृष्ण श्रेष्ठ, प्रियंका कार्की, वर्षा राउत, किरण केसी, शिवहरि पौडेल, राजाराम पौडेल, बसुन्धरा भुसाललगायतको अभिनय रहेको छ ।

२०७५ चैत १ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

विजयी भलिबल टिमलाई वडामा सम्मान

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को कार्यालयले भलिबल प्रतियोगितामा विजयी भएको भलिबल टिमलाई...

मकवानपुरमा ६६ हजार कुखुरा नष्ट, बर्डफ्लु नियन्त्रण अझैं भएन

मकवानपुर । मकवानपुरको हेटौंडामा बर्डफ्लु पुष्टि भएको पाँच साताको बीचमा ६६ हजार पाँचसय ४६ कुखुरा,...

मकवानपुरमा प्रशोधन नगरिएको दूध बिक्रीमा प्रशासनले लगायो प्रतिबन्ध

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आजबाट प्रशोधन नगरिएको दूध बिक्रीमा रोक लगाएको छ ।...

प्रधानाध्यापकले यौनहिंसा गरेको खुलासा गरेकी छात्राको जलाएर हत्या

नुसरत जाहा राफीलाई बंगलादेशस्थित उनको विद्यालय परिसरमा मट्टीतेल खन्याएर आगो लगाइयो । दुई साता अघिमात्रै...

चितवनमा सुरुभयो प्रदेश ३ को लगानी सम्मेलन, यस्ता छन् एजेण्डा

मकवानपुर । प्रदेश–३ सरकारको आयोजनामा आजबाट चितवनमा लगानी सम्मेलन सुरु भएको छ । प्रदेश–३ मा...