News Portal

सिंहदरबार वडामै आइपुगेन कसरी जनतामा पुग्नुः वडाअध्यक्ष दीपक खड्का

भूगोल संवाददाता
१०५८ पटक

मुलुक अहिले संघीय प्रणाली अनुसार सञ्चालन भइरहेको छ । संघीय प्रणालीमा गएपछि पहिलो निर्वाचन स्थानीय तहको भयो । जसले गर्दा यसको पहिलो अभ्यास नै जनताको तहमा भएको छ । तर पनि कानून, विधि र प्रक्रियाका कारण जनअपेक्षा अनुरुप काम हुन सकेको छैन । गाउँगाउँमा सिंहदरबार आइसक्यो भनेर भनिन्छ तर वडातहमा बसेर काम गरिरहेका जनप्रतिनिधि भने सिंहदरबार अझै आइनसकेको बताउँछन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष दीपक खड्काले जनप्रतिनिधि भएर काम गर्दाका भोगाइका बारेमा भूगोल न्यूजका सम्पादक ध्रुव अधिकारीसँग यसरी सुनाए :

लामो समयसम्म रिक्त रहेको स्थानीय तहमा जनताको मत लिएर काम गर्ने अवसर पाउनु नै सबैभन्दा खुशीको क्षण हो । नयाँ संरचनामा पहिलो पटक जनप्रतिनिधि भएर काम गर्नपाउनु खुशीको कुरा हो । लामो कालखण्ड खाली रहेको स्थानीय तहमा जनप्रतिनिधि आएपछि सर्वसाधराणले अपेक्षा राख्नु स्वभाविक नै हो । आफ्ना समस्या, माग, अपेक्षासहज रुपमा राख्न र काम गर्नका लागि नै जनप्रतिनिधिको आवश्यकता परेको हो । म हेटौंडा उपमहानगरपालिका–१४ नम्बर वडाको अध्यक्षमा विजय भएपछि पनि अन्यत्र जस्तै जनताका धेरै अपेक्षा र समस्या आएका छन् । लामो समय कर्मचारीले सञ्चालन गरेको स्थानमा जनप्रतिनिधि आएर जनताका समस्याको समाधान खोज्न सुरुका दिनमा निकै कठिन भयो ।

नयाँ संरचना अनुरसार संघीय सरकार, प्रदेश र स्थानीय तहको निर्वाचन भएको भए कानुनहरु प्रर्याप्त निर्माण हुन्थे र काम गर्न सहज हुन्थ्यो होला । तर पहिला स्थानीय तहको निर्वाचन भएकाले कानुनको अभावमा सुरुवाती चरणमा निकै समस्या भोग्नु पर्यो । आफैले जिताएको मान्छे जनप्रतिनिधि भएपछि भनेका सबै काम गर्दिए हुन्थ्यो भन्ने अपेक्षा जनतामा छ । तर हामी धेरै तिर बाधिएका छौं । कानूनको परिधीमा रहेर काम गर्दै आएका छौं । तर जनताको हुने काममा एक मिनेटपनि बाधा पुर्याएका छैनौं । वडा तहबाट जनताले पाउने सबैसेवासुविधा समयमै दिइरहेका छौं ।

सिंहदरबार नै गाउँमा पुगेको भन्ने कुरा जसरी फैलाइयो । जनताका अपेक्षा उसैगरी बढ्न थाले अहिलेसम्म वडा कार्यालयमा सिंहदरबार आइपुगेको छैन । वडा कार्यालयमै नआएको सिंहदरबार कसरी जनतासम्म पु¥याउँन सकिन्छ । जनप्रतिनिधिलाई अधिकार थपिएका छन् । तर पूर्ण स्वतन्त्र भएर काम गर्न सक्ने अवस्था छैन ।

सिंहदरबारले दिने सेवासुविधा स्थानीय तहले दिन सकेको छैन । कर्मचारीको समेत समस्या भोग्दै आएको स्थानीय तहले सिंहदरबारको सेवा दिन सम्भव छैन । राज्यले अधिकार मात्र दिएर हुँदैन काम गर्ने कर्मचारी पनि दिनु पर्छ । अहिले पनि प्रर्याप्त कर्मचारीको अभावमा जनतालाई दिने सेवामा बाधा पुगिरहेको छ । यसैगरी आर्थिक रुपमा पनि स्थानीय तह स्वतन्त्र छैन । छुट्याएको बजेट भित्र रहेर काम गर्नुपर्ने बाध्यता छ । जनताको अपेक्षा पुरा गर्न बजेट प्रर्याप्त हुनु आवश्यक छ ।

मैले जनप्रतिनिधि भएपछि राज्यले दिएको तलब सेवासुविधा आफैले उपभोग गरेको छैन । राज्यले दिने तलब र सुविधा सामाजिक काममा खर्च गर्ने गरेको छु । यसमा मेरो मत फरक छ । जनप्रतिनिधि कर्मचारी भन्दा फरक हुनुपर्छ । म अरुको विरोध गर्दिन । तर जनप्रतिनिधिले तलब लिएर काम गर्नुहुन्न भन्ने मेरो मान्यता छ । तलब लिएर बिहान १० बजेदेखि ५ बजेसम्म काम गर्ने हो भने कर्मचारी र हामीमा केही भिन्नता हुँदैन । ५ वर्षको लागि कर्मचारी बन्ने की जनप्रतिनिधि बन्ने आफैंले छुट्याउनु पर्ने रहेछ । मैले तलबको रकम आर्थिक अवस्था कमजोर भएकाका लागि खर्च गर्दै आएको छु । मलाई यसमै सन्तुष्टि छ । हेटौंडा उपमहानगरपालिकाले वडा अध्यक्षहरुलाई दिएको मोटरसाइकल पनि मैले लिइन् । वडाका लागि आवश्यक नभएका कारण नलिइएको हो । आफैसँग स्रोत साधन भएकाले राज्यको स्रोतसाधन उपयोग नगरेको हो ।

१४ नम्बर वडा विकासका हिसाबले पछि परेको छ । वडाको हरेक काममा जनताको पूर्ण साथ पाएकाले सन्तुष्ट रहेको छु । भएका स्रोत र साधनको अधिकतम उपयोग गरेर वडालाई सम्वृद्ध बनाउने लक्ष्य रहेको छ । निर्वाचनमा गरिएका वाचालाई पनि समेट्दै लैजानुपर्छ । चार वर्षे योजना निर्माण गरेर काम गरिरहेको छु । हेटौंडा बजारबाट नजिकै तर प्राकृतिक रुपमा सुन्दर रहेको वडालाई पर्यटकिय गन्तव्यको रुपमा चिनाउने लक्ष्य रहेको छ । जसका लागि भ्यूटावर, पिकनिक स्थल र ताल निर्माणको योजना अघि बढिरहेको छ । यससँगै तामाङ होमस्टे निर्माण गरेर त्यहाँको कला र संस्कृतिको जर्गेर्ना गर्ने काम गर्ने तयारीमा छु ।

पर्यटकिय सम्भावना भएका स्थानको प्रचारप्रसार गरेर आम्दानीको स्रोतका रुपमा विकास गर्ने योजना छ । अहिले पनि वडामा स्वास्थ्य केन्द्र, भौतिक पूर्वाधार, सीपमूलक तालिमलगायतका काम भइरहेको छ । उनले हालसम्म वडामा गरेको कामबाट सन्तुष्ट छु । प्रर्याप्त नभएपनि भएका स्रोतसाधनबाट गरेका काममा सन्तुष्ट छु । भोलीका दिनमा वडाबासीको माग र आवश्यकता अनुसार सहकार्य गरेर विकासमा लाग्ने छु । वडामा रहेका यावत समस्या बीच भएका कामलाई जनताले पनि साथ दिएका छन् ।

हामीले वृद्धभत्तालाई सहज बनाउन सकेसम्म घरघरै पुगेर प्रदान गरिरहेका छौं । समस्याको बीचबाटै कामहरु हुने हुन् । हाम्रो स्रोतसाधनले जनताको अपेक्षालाई तत्काल पुरा गर्न सक्दैनन् तर सही सदुपयोग भएमा विस्तारै पुरा हुनेमा दुईमत छैन ।

२०७५ चैत ३ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

विजयी भलिबल टिमलाई वडामा सम्मान

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को कार्यालयले भलिबल प्रतियोगितामा विजयी भएको भलिबल टिमलाई...

मकवानपुरमा ६६ हजार कुखुरा नष्ट, बर्डफ्लु नियन्त्रण अझैं भएन

मकवानपुर । मकवानपुरको हेटौंडामा बर्डफ्लु पुष्टि भएको पाँच साताको बीचमा ६६ हजार पाँचसय ४६ कुखुरा,...

मकवानपुरमा प्रशोधन नगरिएको दूध बिक्रीमा प्रशासनले लगायो प्रतिबन्ध

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आजबाट प्रशोधन नगरिएको दूध बिक्रीमा रोक लगाएको छ ।...

प्रधानाध्यापकले यौनहिंसा गरेको खुलासा गरेकी छात्राको जलाएर हत्या

नुसरत जाहा राफीलाई बंगलादेशस्थित उनको विद्यालय परिसरमा मट्टीतेल खन्याएर आगो लगाइयो । दुई साता अघिमात्रै...

चितवनमा सुरुभयो प्रदेश ३ को लगानी सम्मेलन, यस्ता छन् एजेण्डा

मकवानपुर । प्रदेश–३ सरकारको आयोजनामा आजबाट चितवनमा लगानी सम्मेलन सुरु भएको छ । प्रदेश–३ मा...