News Portal

‘डिएसपीले हतियार देखाएर गोली हान्दिन्छु’ भनेपछि….

भूगोल संवाददाता
१०९७ पटक

चितवन । बोलेरोको ठक्करबाट एक युवकको मृत्यु भएपछि पूर्वी चितवनको रत्ननगर नगरपालिका–१० स्थित निपनी चोक यतिबेला तनावग्रस्त अवस्थामा पुगेको छ ।

सोमबार विहान ना ४ च ५००७ नम्बरको बोलेरोको ठक्करबाट स्थानीय कैलाश टोलका १६ वर्षका वसन्त थापाको मृत्युभएको थियो ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी दयानिधि ज्ञवालीका अनुसार घटना पश्चात स्थानियबासीले बोलेरो जलाउने प्रयास गरेका थिए । प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ ।
स्थानियबासीले भने डिएसपी ज्ञवालीले ‘गोली हान्ने धम्की’ दिएपछि घटनाले उग्र रुप लिएको बताएका छन् ।

मृतकका आफन्त र स्थानियले गाडीको लापरवाहीले युवकको ज्यान गएको भन्दै कारवाही र क्षतिपूर्तिको माग राख्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

डिएसपीले हतियार झिकेर गोली हान्दिन्छु भनेपछि सामान्य कुटाकुट पनि भयो । डिएसपीमाथि पनि हातपात भयो । रत्ननगरका मेयर नारायण बनमाथि पनि हातपात भयो,’ स्थानिय सौरभ क्षेत्रीले भने,‘अहिले स्थिति तनावग्रस्त अवस्थामा पुगेको छ ।’

यता डिएसपी ज्ञवालीले भने आफूले गोली हान्ने कुरा नगरेको बताए । ‘म सामान्य टिसर्ट र ट्रयाकसुटमा गएको मान्छे किन गोली हान्नु । यो कुरा मैले मेयरलाई पनि भनेको छु,’ ज्ञवालीले भने,‘सामान्य धकेलाधकेल भएको हो ।’

साभार : दियोपोष्ट

२०७५ चैत ४ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

विजयी भलिबल टिमलाई वडामा सम्मान

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को कार्यालयले भलिबल प्रतियोगितामा विजयी भएको भलिबल टिमलाई...

मकवानपुरमा ६६ हजार कुखुरा नष्ट, बर्डफ्लु नियन्त्रण अझैं भएन

मकवानपुर । मकवानपुरको हेटौंडामा बर्डफ्लु पुष्टि भएको पाँच साताको बीचमा ६६ हजार पाँचसय ४६ कुखुरा,...

मकवानपुरमा प्रशोधन नगरिएको दूध बिक्रीमा प्रशासनले लगायो प्रतिबन्ध

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आजबाट प्रशोधन नगरिएको दूध बिक्रीमा रोक लगाएको छ ।...

प्रधानाध्यापकले यौनहिंसा गरेको खुलासा गरेकी छात्राको जलाएर हत्या

नुसरत जाहा राफीलाई बंगलादेशस्थित उनको विद्यालय परिसरमा मट्टीतेल खन्याएर आगो लगाइयो । दुई साता अघिमात्रै...

चितवनमा सुरुभयो प्रदेश ३ को लगानी सम्मेलन, यस्ता छन् एजेण्डा

मकवानपुर । प्रदेश–३ सरकारको आयोजनामा आजबाट चितवनमा लगानी सम्मेलन सुरु भएको छ । प्रदेश–३ मा...