News Portal

यहि चैत ७ गतेदेखि “भूगर्भ शहीद स्मृति मकवानपुर गोल्डकप–२०७५” फुटबल प्रतियोगिता

भूगोल संवाददाता
५८ पटक

हेटौंडा । यहि चैत ७ गतेदेखि १६ गतेसम्म मकवानपुरमा “भूगर्भ शहीद स्मृति मकवानपुर गोल्डकप–२०७५” फुटबल प्रतियोगिता हुने भएको छ । आज सोमबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हुन लागेको सो गोल्डकपबारे जानकारी गराइएको हो ।

हेटौंडाको वनविज्ञान खेल मैदानमा हुने प्रतियोगितामा घरेलु र एक विदेशी टोली सहित राष्ट्रियस्तरमा चर्चित ए डिभिजन क्लबका ८ वटा टोलीको सहभागिता रहने “भूगर्भ शहीद स्मृति मकवानपुर गोल्डकप–२०७५”का कार्यक्रम संयोजक प्रताप विष्टले जानकारी दिए । प्रतियोगितामा आयोजक, विदेशी क्लब दाफिन्स, थ्रीस्टार, आर्मी, प्रहरी, सशस्त्र, हिमालयन शेर्पा, च्यासल, सरस्वती र मच्छिन्द्र क्लब रहेको कार्यक्रम संयोजक विष्टले जानकारी गराएका हुन् ।

प्रतियोगितामा करिब ८५ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । प्रतियोगिताको विजेताले ८ लाख नगद र उपविजेताले ४ लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगर ७५ हजार रुपैयाँ र विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई जनही नगद २०-२० हजार रुपैयाँ नगद पुरस्कार रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा भूगर्भ सिमेन्ट रहेको छ, भने संरक्षकमा हेटौंडा उपमहानरपालिका रहेको छ । पत्रकार सम्मेलनमा मकवानपुर जिल्ला फुटबल सघंका अध्यक्ष टिकाराम लामा, मकवापुर जिल्ला खेलकुद संघका अध्यक्ष माधव तिमल्सिना, राजेन्द्र श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगिताको पहिलो खेलमा मकवानपुर ११ र मच्छिन्द्र क्लब भिड्ने भएका छन् । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

२०७५ चैत ४ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

विजयी भलिबल टिमलाई वडामा सम्मान

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को कार्यालयले भलिबल प्रतियोगितामा विजयी भएको भलिबल टिमलाई...

मकवानपुरमा ६६ हजार कुखुरा नष्ट, बर्डफ्लु नियन्त्रण अझैं भएन

मकवानपुर । मकवानपुरको हेटौंडामा बर्डफ्लु पुष्टि भएको पाँच साताको बीचमा ६६ हजार पाँचसय ४६ कुखुरा,...

मकवानपुरमा प्रशोधन नगरिएको दूध बिक्रीमा प्रशासनले लगायो प्रतिबन्ध

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आजबाट प्रशोधन नगरिएको दूध बिक्रीमा रोक लगाएको छ ।...

प्रधानाध्यापकले यौनहिंसा गरेको खुलासा गरेकी छात्राको जलाएर हत्या

नुसरत जाहा राफीलाई बंगलादेशस्थित उनको विद्यालय परिसरमा मट्टीतेल खन्याएर आगो लगाइयो । दुई साता अघिमात्रै...

चितवनमा सुरुभयो प्रदेश ३ को लगानी सम्मेलन, यस्ता छन् एजेण्डा

मकवानपुर । प्रदेश–३ सरकारको आयोजनामा आजबाट चितवनमा लगानी सम्मेलन सुरु भएको छ । प्रदेश–३ मा...