News Portal

वार्षिकोत्सवमा तु खबर गर्यो विभिन्न क्षेत्रमा योगदान गर्नेलाई पुरस्कृत

भूगोल संवाददाता
७१ पटक

मकवानपुर । स्टेट भिजन प्रालिद्वारा संचालित तु–खबर डटकमको दोस्रो वार्षिक उत्सवको अवसरमा चार जना पत्रकारलाई विभिन्न पुरस्कार प्रदान गरेको छ ।

जागरण तु खबर अग्रज पत्रकार पुरस्कारबाट पत्रकार ऋषि धमला, जागरण तु खबर समकालिन पत्रकार पुरस्कारबाट शिवकुमार काशी, तु खबर अनलाइन पत्रकारिता पुरस्कारबाट अनलाइन खबरका रविन्द्र घिमिरे र तु खबर रेडियो प्राविधिक पत्रकारिता पुरस्कारबाट दर्शन क्षेत्री पुरस्कृत भएका छन् ।

यसैगरी, वार्षिक उत्सवको अवसरमा समाजमा योगदान पुर्याउने विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरेको छ । तु–खबर डटकमले वरिष्ठ पत्रकार कौशल पाण्डे, स्तम्भकार आनन्दराम पौडेल, अग्रज पत्रकारहरु कृष्णराम परियार, कमल अधिकारी, साहित्य क्षेत्रमा अनन्त पौडेल, राजनितिक क्षेत्रमा ‘माइकल’ रामचन्द्र अर्याल र प्रकाशचन्द्र पाण्डे, कृष्ण प्रधान र स्थापनाकालदेखि अनलाईनलाई स्तरिय बनाउन महत्वपूर्ण भुमिका निर्वाह गरेकोमा निवर्तमान कार्यकारी सम्पादक चन्द्र घलानलाई सम्मान गरेको हो ।

राष्ट्रियसभाका अध्यक्ष सम्माननीय गणेश तिमल्सिनाको हातबाट पत्रकारहरुलाई नगदसहित पुरस्कृत गरिएको हो । तु–खबर डटकमको प्रधानसम्पादक तथा अध्यक्ष गिरिजा अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष सम्माननीय गणेश तिमल्सिनाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रदेश नं.३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेल, राष्ट्रियसभा सदस्य रामनारायण बिडारी, रामचन्द्र राई प्रदेश सभा सदस्य कुमारी मोक्तान, संविधानसभा सदस्य अनन्त पौडेल, प्रदेश प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँ, राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटा, जिल्ला समन्वय समितिका संयोजक रघुनाथ खुलाल, नेपाल पत्रकार महासंघ महासचिव रमेश विष्ट, पत्रकार ऋषि धमलालगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा थाहानगरपालिकाका मेयर लबशेर बिष्ट, उद्योग वाणिज्य संघ मकवानपुरको अध्यक्ष कृष्ण कटुवाल, उद्योग संघका अध्यक्ष नवराज अर्याल, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई लगायतकाको उपस्थिति थियो ।

२०७५ चैत ५ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

विजयी भलिबल टिमलाई वडामा सम्मान

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को कार्यालयले भलिबल प्रतियोगितामा विजयी भएको भलिबल टिमलाई...

मकवानपुरमा ६६ हजार कुखुरा नष्ट, बर्डफ्लु नियन्त्रण अझैं भएन

मकवानपुर । मकवानपुरको हेटौंडामा बर्डफ्लु पुष्टि भएको पाँच साताको बीचमा ६६ हजार पाँचसय ४६ कुखुरा,...

मकवानपुरमा प्रशोधन नगरिएको दूध बिक्रीमा प्रशासनले लगायो प्रतिबन्ध

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आजबाट प्रशोधन नगरिएको दूध बिक्रीमा रोक लगाएको छ ।...

प्रधानाध्यापकले यौनहिंसा गरेको खुलासा गरेकी छात्राको जलाएर हत्या

नुसरत जाहा राफीलाई बंगलादेशस्थित उनको विद्यालय परिसरमा मट्टीतेल खन्याएर आगो लगाइयो । दुई साता अघिमात्रै...

चितवनमा सुरुभयो प्रदेश ३ को लगानी सम्मेलन, यस्ता छन् एजेण्डा

मकवानपुर । प्रदेश–३ सरकारको आयोजनामा आजबाट चितवनमा लगानी सम्मेलन सुरु भएको छ । प्रदेश–३ मा...