News Portal

सवारी दुर्घटनाः एक जनाको मृत्यु, एक घाइते

भूगोल संवाददाता
२७३ पटक

धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ५ गौमती पुलनजिक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। हेटौंडाबाट काठमाडौंतर्फ जादै गरेको ना ६ ख ४११४ नं. को ट्रकले विपरित दिशाबाट आउँदै गरेको ग १३ प ८०८५ नं. को मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा घाइते मोटरसाइकलमा सवार पोखरा महानगरपालिका वडा नं.२३ बस्ने २० वर्षीय दिपक पुन मगरको उपचारका लागि लैजादै गर्दा बाटोमै मृत्यु भएको हो। दुर्घटनामा मोटरसाइकल चालक पोखरा महानगरपालिका वडा नं.२३ बस्ने २१ वर्षीय सुरज अधिकारी घाइते भएका छन्। दुवै खुट्टामा चोट लागेका उनको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

ठक्कर दिने ट्रकका चालक मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नं. ११ का राम बहादुर गोले प्रहरी नियन्त्रणमा रहेको डिएसपी प्रकाश विष्टले जानकारी दिए।

२०७५ चैत ६ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

विजयी भलिबल टिमलाई वडामा सम्मान

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को कार्यालयले भलिबल प्रतियोगितामा विजयी भएको भलिबल टिमलाई...

मकवानपुरमा ६६ हजार कुखुरा नष्ट, बर्डफ्लु नियन्त्रण अझैं भएन

मकवानपुर । मकवानपुरको हेटौंडामा बर्डफ्लु पुष्टि भएको पाँच साताको बीचमा ६६ हजार पाँचसय ४६ कुखुरा,...

मकवानपुरमा प्रशोधन नगरिएको दूध बिक्रीमा प्रशासनले लगायो प्रतिबन्ध

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आजबाट प्रशोधन नगरिएको दूध बिक्रीमा रोक लगाएको छ ।...

प्रधानाध्यापकले यौनहिंसा गरेको खुलासा गरेकी छात्राको जलाएर हत्या

नुसरत जाहा राफीलाई बंगलादेशस्थित उनको विद्यालय परिसरमा मट्टीतेल खन्याएर आगो लगाइयो । दुई साता अघिमात्रै...

चितवनमा सुरुभयो प्रदेश ३ को लगानी सम्मेलन, यस्ता छन् एजेण्डा

मकवानपुर । प्रदेश–३ सरकारको आयोजनामा आजबाट चितवनमा लगानी सम्मेलन सुरु भएको छ । प्रदेश–३ मा...