News Portal

ब्राजिली वैज्ञानिक ग्लीजर : विज्ञानले ईश्वरको हत्या गर्दैन

भूगोल संवाददाता
७६ पटक

काठमाडौं । जीवनको आध्यात्मिक आयाममा अतुलनीय योगदान पुर्‍याउने व्यक्तिलाई दिइने टेम्पलटन पुरस्कार मंगलवार मार्सेलो ग्लीजरलाई दिइएको छ । ब्राजिलका यी भौतिकशास्त्रीले विज्ञान र धर्म शत्रु नभएको देखाउन आफ्नो जीवन बिताएका छन् ।

साठी वर्षीय ग्लीजर रियो दे जेनेरोमा जन्मेका हुन् र उनी सन् १९८६ देखि अमेरिकामा बस्दै आएका छन् ।

उनी पूरै नास्तिक हैनन् र उनी ईश्वरको अस्तित्वलाई पूर्णतः नकार्दैनन् ।

‘नास्तिकता वैज्ञानिक तौरतरिकासँग मिल्दैन,’ ग्लीजरले बताए । उनी न्यु ह्याम्पशायर विश्वविद्यालयको डार्टमाउथ कलेजबाट सन् १९९१ देखि प्राध्यापन गरिरहेका छन् ।

‘नास्तिकता अविश्वासमा विश्वास गर्छ । त्यसैले विरुद्धमा प्रमाण नभएको कुरालाई पूरै नकार्न मिल्दैन । म खुला दिमाग राख्छु किनकि मानव ज्ञान सीमित छ,’ उनले थपे ।

ग्लीजरले पाएको पुरस्कार जोन टेम्पलटन फाउन्डेसनले प्रायोजित गरेको हो । यो एक परापकारी संस्था हो र यसलाई वालस्ट्रीटमा भव्य कमाइ गरेका एक अमेरिकी प्रेस्बाइटेरियनको नाममा स्थापना गरिएको हो । उनी विज्ञानका सबै क्षेत्रमा दैवी शक्तिका प्रमाण खोजिरहन्थे ।

यसअघि यो पुरस्कार दलाई लामा, डेस्मन्ड टुटु, सोभियत लेखक अलेक्जान्डर सोल्झेनित्सिनले पाइसकेका छन् । पुरस्कारको राशि १५ लाख डलर छ यो नोबेल पुरस्कारभन्दा बढी हो ।

एजेन्सी

२०७५ चैत ६ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

विजयी भलिबल टिमलाई वडामा सम्मान

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को कार्यालयले भलिबल प्रतियोगितामा विजयी भएको भलिबल टिमलाई...

मकवानपुरमा ६६ हजार कुखुरा नष्ट, बर्डफ्लु नियन्त्रण अझैं भएन

मकवानपुर । मकवानपुरको हेटौंडामा बर्डफ्लु पुष्टि भएको पाँच साताको बीचमा ६६ हजार पाँचसय ४६ कुखुरा,...

मकवानपुरमा प्रशोधन नगरिएको दूध बिक्रीमा प्रशासनले लगायो प्रतिबन्ध

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आजबाट प्रशोधन नगरिएको दूध बिक्रीमा रोक लगाएको छ ।...

प्रधानाध्यापकले यौनहिंसा गरेको खुलासा गरेकी छात्राको जलाएर हत्या

नुसरत जाहा राफीलाई बंगलादेशस्थित उनको विद्यालय परिसरमा मट्टीतेल खन्याएर आगो लगाइयो । दुई साता अघिमात्रै...

चितवनमा सुरुभयो प्रदेश ३ को लगानी सम्मेलन, यस्ता छन् एजेण्डा

मकवानपुर । प्रदेश–३ सरकारको आयोजनामा आजबाट चितवनमा लगानी सम्मेलन सुरु भएको छ । प्रदेश–३ मा...