News Portal

बाहुबली निर्देशकको “आरआरआर”

भूगोल संवाददाता
८१ पटक

काठमाडौँ । तेलुगु भाषामा लगातार ‘मगधीरा’, ‘मख्खी’ र ‘बाहुबली’ का दुई भाग निर्देशन गरेर बलिउडमा मात्रै नभई विश्वभर आफ्नो छाप छोड्न सफल एसएस राजामौली भारतमा अहिलेका सर्वाधिक भरपर्दा निर्देशकमा पर्छन्  । तिनै निर्देशकले भर्खर मात्रै गरेको नयाँ फिल्म ‘आरआरआर’ को निर्माण घोषणाले नै ठूलो चर्चा पाएको छ  ।

झन्डै दुई वर्ष लगाएर बनाइने बताइएको उक्त फिल्मको कास्टिङ पनि ‘हेभी’ गरेका छन्, राजामौलीले । ठूलो बजेटमा बनाइन लागेको ‘आरआरआर’ का लागि निर्देशकले मुख्य भूमिकामा दक्षिण भारतीय फिल्मका जुनियर एनटीआर र रामचरणलाई लिएका छन् भने बलिउडबाट आलिया भट्ट र अजय देवगण हुने पक्का भएको छ । दुवैका लागि यो फिल्म टलिउडमा डेब्यु हुनेछ । फिल्ममा ब्रिटिस अभिनेत्री डेजी एडगर जोन्स पनि महत्त्वपूर्ण भूमिकामा हुने बताइएको छ ।

‘आरआरआर’ २० औं शताब्दीको सुरुवातका दुई तेलुगु स्वतन्त्रता सेनानी अल्लुरी सीताराम राजु र कुमराम भीमको जीवनमा आधारित काल्पनिक कहानीमा बन्ने बताइएको छ । जसमा आलियाले सीताको र अजयले उत्तर भारतीय स्वन्त्रता सेनानीको भूमिकामा अभिनय गर्ने भएका छन् । त्यसैगरी रामचरणले अल्लुरी तथा एनटीआरले भीमको भूमिका गर्ने भएका हुन् । यति बेला निर्माण पक्षले फिल्मको नाम ‘आरआरआर’ को बन्न सक्ने उत्कृष्ट विस्तृत रूपको खोजी पनि थालेको छ । ट्वीटरमार्फत भनिएको छ, ‘हाम्रो निर्देशकले फिल्मको नाम भनिसकेका छन्, तपाईंले त्यसको विस्तृत रूप आफ्नो भाषामा लेखेर पठाउनुस् । यदि उक्त नाम आकर्षक लागेमा हामी राख्नेछौं ।’

यसका लागि ‘आरआरआर टाइटल’ ह्यागट्याग गरी पठाउन फिल्म निर्माण पक्षले आग्रह गरेको छ । यति बेला उक्त ह्यासट्याग टीटरमा ट्रेन्डिङमा समेत आइसकेको छ । हिन्दी, तेलुगु, तमिल र मलयालम भाषामा बन्ने उक्त फिल्म २०२० जुलाई ३० मा रिलिज तय गरिएको छ । ‘यो फिल्म दुई असल नायकका बारेमा आधारित एक काल्पनिक कहानी हो । दुई स्वतन्त्रता सेनानीको जीवनमा धेरै कुराको समानता छ । यसका लागि हामीले अनुसन्धान थालिसकेका छौं,’ निर्देशक राजामौलीले भनेका छन् ।

२०७५ चैत ६ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

विजयी भलिबल टिमलाई वडामा सम्मान

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को कार्यालयले भलिबल प्रतियोगितामा विजयी भएको भलिबल टिमलाई...

मकवानपुरमा ६६ हजार कुखुरा नष्ट, बर्डफ्लु नियन्त्रण अझैं भएन

मकवानपुर । मकवानपुरको हेटौंडामा बर्डफ्लु पुष्टि भएको पाँच साताको बीचमा ६६ हजार पाँचसय ४६ कुखुरा,...

मकवानपुरमा प्रशोधन नगरिएको दूध बिक्रीमा प्रशासनले लगायो प्रतिबन्ध

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आजबाट प्रशोधन नगरिएको दूध बिक्रीमा रोक लगाएको छ ।...

प्रधानाध्यापकले यौनहिंसा गरेको खुलासा गरेकी छात्राको जलाएर हत्या

नुसरत जाहा राफीलाई बंगलादेशस्थित उनको विद्यालय परिसरमा मट्टीतेल खन्याएर आगो लगाइयो । दुई साता अघिमात्रै...

चितवनमा सुरुभयो प्रदेश ३ को लगानी सम्मेलन, यस्ता छन् एजेण्डा

मकवानपुर । प्रदेश–३ सरकारको आयोजनामा आजबाट चितवनमा लगानी सम्मेलन सुरु भएको छ । प्रदेश–३ मा...