News Portal

शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी पूरा

भूगोल संवाददाता
९२ पटक

मकवानपुर । दोस्रो संस्करणको भूगर्भ सिमेन्ट शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ को तयारी सम्पन्न भएको
छ ।

चैत ७ विहीबारबाट चैत १६ गते शनिबारसम्म हेटौंडा–१० स्थित वनविज्ञान मैदानमा हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजक मकवानपुर जिल्ला फुटबल संघले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन खेल आयोजक र मच्छिन्द्र क्लबबीच हुने आयोजक संघ अध्यक्ष टिकाराम लामाले जानकारी दिए । प्रतियोगितामा दश टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा आयोजक, एक विदेशी र आठवटा नेपालका चर्चित ‘ए’ डिभिजन क्लबको सहभागिता रहने भएको हो ।

प्रतियोगितामा आयोजक, दाफिन्स र थ्रीस्टार, आर्मी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, मच्छिन्द्र, हिमालयन शेर्पा, सरस्वती र च्यासल युथ क्लब सहभागी हुने भएको हो । प्रतियोगिताका विजेता तथा उपविजेताले नगद क्रमशः आठलाख रुपियाँ र चारलाख रुपियाँ प्राप्त गर्नेछ ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई ७५ हजार रुपियाँ र विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई जनही २०\२० हजार रुपियाँको व्यवस्था गरिएको आयोजक समितिका अध्यक्ष टीकाराम लामाले जानकारी दिए । प्रतियोगितामा करिब ८५ लाख खर्च अनुमान गरिएको छ ।

प्रतियोगिताका लागि फरेष्टि मैदान घेर्ने काम भइसकेको छ भने करिब चारहजार क्षमताको अस्थायी प्याराफिट निर्माण गरिएको छ । बाँसको र फलामको प्याराफिटको व्यवस्था गरिएको छ । प्रतियोगिताको उद्घाटन ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले गर्ने कार्यक्रम रहेको छ । प्रतियोगिता उद्घाटन समारोह दिउँसो २ बजेबाट हुनेछ ।

२०७५ चैत ६ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

विजयी भलिबल टिमलाई वडामा सम्मान

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को कार्यालयले भलिबल प्रतियोगितामा विजयी भएको भलिबल टिमलाई...

मकवानपुरमा ६६ हजार कुखुरा नष्ट, बर्डफ्लु नियन्त्रण अझैं भएन

मकवानपुर । मकवानपुरको हेटौंडामा बर्डफ्लु पुष्टि भएको पाँच साताको बीचमा ६६ हजार पाँचसय ४६ कुखुरा,...

मकवानपुरमा प्रशोधन नगरिएको दूध बिक्रीमा प्रशासनले लगायो प्रतिबन्ध

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आजबाट प्रशोधन नगरिएको दूध बिक्रीमा रोक लगाएको छ ।...

प्रधानाध्यापकले यौनहिंसा गरेको खुलासा गरेकी छात्राको जलाएर हत्या

नुसरत जाहा राफीलाई बंगलादेशस्थित उनको विद्यालय परिसरमा मट्टीतेल खन्याएर आगो लगाइयो । दुई साता अघिमात्रै...

चितवनमा सुरुभयो प्रदेश ३ को लगानी सम्मेलन, यस्ता छन् एजेण्डा

मकवानपुर । प्रदेश–३ सरकारको आयोजनामा आजबाट चितवनमा लगानी सम्मेलन सुरु भएको छ । प्रदेश–३ मा...