News Portal

मानवसेवा आश्रमलाई प्रदेश सरकारको ५ लाख

भूगोल संवाददाता
७१ पटक

वीरगञ्ज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मावन सेवा आश्रम वीरगञ्ज शाखाको भवन निर्माणका लागि प्रदेश सरकारले आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

वीरगञ्ज चिनी कारखानाको जग्गामा आश्रमलाई बनाउन खोजेको थाहा पाएका उनले अस्थायी रुपमा चिनी मिलको जग्गामा नजान आग्रह गरे ।

मानव सेवा आश्रम वीरगञ्ज शाखाका अभिभावक डा. दिपक शाक्य, सामजिक अभियन्ता प्रकाश थारुलाई ५ लाखको चेक हस्तान्तरण गर्दै उनले आश्रम शाखाको भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने वाचा गरे ।

‘भवन निर्माणका लागि ५० लाख करोड जति लाग्छ, प्रदेश सरकारले सबै पैसा दिन्छ । पैसाको कमी हुन दिन्न’ उनले भने ‘त्यसका लागि पहिला जग्गा खोज्नुस् । हामीलाई एउटा प्रपोजल दिनुस्, नक्सा दिनुस् ।’

राम्रो गर्नुस्, २-५ करोडको घर बनाउनुस्, मल्टी एयरको ठेक्का लगाएर काम गरौं । ट्रष्ट बनाएर पनि अघि बढ्न सकिन्छ ।’

मासिक ५० हजार घर भाडा तिरेर सञ्चालन हुँदै आएको आश्रम शाखालाई अस्थायी रुपमा अन्यत्र नसार्न उनले आग्रह गरे । ‘अहिले चिनी मिलको जग्गामा जानुहुन्छ, १०/२० लाख खर्च गरेर फेरि सर्नुपर्‍यो भने पछि गाह्रो हुन्छ । फेरि कहाँ जाने ?’ मुख्यमन्त्री राउतले भने ।

मानव सेवा आश्रमका लागि सबै मिलेर ‘स्थायी सेल्टर’ बनाउनेपर्नेमा उनले जोड दिए ।

प्रदेश भित्रको सबै जग्गा प्रदेश सरकारको हुने गरि विद्येयक लगेको बताउँदै प्रमुख जिल्ला अधिकारीले अस्थायी रुपमा मात्रै जग्गा दिन सक्ने दावी गरे । प्रदेश सरकारले वीरगञ्ज महानगरपालिका वडा नं १२ स्थित युनाईटेड क्रिकेट क्लबलाई पाँच लाखको चेक हस्तान्तरण गरेको मुख्यमन्त्रीका सहयोगी दिपक यादवले जानकारी दिए ।

२०७५ चैत ६ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

विजयी भलिबल टिमलाई वडामा सम्मान

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को कार्यालयले भलिबल प्रतियोगितामा विजयी भएको भलिबल टिमलाई...

मकवानपुरमा ६६ हजार कुखुरा नष्ट, बर्डफ्लु नियन्त्रण अझैं भएन

मकवानपुर । मकवानपुरको हेटौंडामा बर्डफ्लु पुष्टि भएको पाँच साताको बीचमा ६६ हजार पाँचसय ४६ कुखुरा,...

मकवानपुरमा प्रशोधन नगरिएको दूध बिक्रीमा प्रशासनले लगायो प्रतिबन्ध

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आजबाट प्रशोधन नगरिएको दूध बिक्रीमा रोक लगाएको छ ।...

प्रधानाध्यापकले यौनहिंसा गरेको खुलासा गरेकी छात्राको जलाएर हत्या

नुसरत जाहा राफीलाई बंगलादेशस्थित उनको विद्यालय परिसरमा मट्टीतेल खन्याएर आगो लगाइयो । दुई साता अघिमात्रै...

चितवनमा सुरुभयो प्रदेश ३ को लगानी सम्मेलन, यस्ता छन् एजेण्डा

मकवानपुर । प्रदेश–३ सरकारको आयोजनामा आजबाट चितवनमा लगानी सम्मेलन सुरु भएको छ । प्रदेश–३ मा...