News Portal

सापट दिएको ३० हजार माग्दा मारिए नेपाली, दुईजना पक्राउ

भूगोल संवाददाता
२४८ पटक

भारतको राजधानी नयाँदिल्लीको कापस हेरामा एक जना नेपाली नागरिकले आफूले सापट दिएको ३० हजार रुपैयाँ फिर्ता माग्दा ज्यान गुमाउनु परेको छ । बुधबारको भारतीय पत्रिका बिजनेस स्ट्यान्डर्डले जनाएअनुसार सो घटनामा संलग्न रहेका २६ वर्षिय एक युवक र उनका साथी रहेका अर्का एक किशोरलाई मंगलबार भारतीय प्रहरीले पक्राउ गरेको छ ।

सो घटना यही मार्च २१ तारीखको राति भएको थियो । मारिने नेपाली ४८ वर्षिय भोजनारायण रहेको प्रहरीले जनाएको छ । उनको नेपालमा घर कहाँ हो भन्ने पनि समाचारमा खुलाइएको छैन । २६ वर्षिय ती युवकको नाम भने नितिन यादव हो । अर्का किशोरको नाम भने प्रहरीले खुलाएको छैन । प्रहरीका अनुसार नीतिनले नै प्रहरीलाई फोन गरेर कोही व्यक्ति घाइते भएको जानकारी गराएका थिए ।

उनले आफूले सहयोगीको भूमिका खेल्दै भोजनारायणलाई अस्पताल लग्ने प्रयास गरेको भन्दै सुरुमा ढाँटेका थिए । तर प्रहरीले कहाँ भेटेको हो र के भएको हो भन्ने बारेमा सोधपुछ गर्दा उनले चित्तबुझ्दो जवाफ दिन नसकेपछि उनलाई निगरानीमा राखेर प्रहरीले अनुसन्धान अघि बढाएको डेपुटी कमिस्नर अफ पुलिस (डीसीपी) देवेन्द्र आर्यालले बताएका छन् । पछि भने निज यादवले आफूले नै घटना गराएको स्वीकार गरेका थिए ।

प्रहरीले जनाएअनुसार हत्याको प्रमुख कारण ३० हजार रुपैयाँ सापट लिएको प्रसंगसँग जोडिएको पाइएको छ । मारिएका व्यक्तिसँग यादवले सो रकम सापटी लिएका थिए । भोजनारायणले रकम माग्दा हत्या भएको बताइएको छ । भोजनारायण कापस हेरा फार्म हाउस नजिकै लडिरहेको अवस्थामा भेटिएका थिए । केही रगत समेत सो स्थानमा लागेको देखिएको थियो । पछि यादवले आफूले नारायणलाई फलामको रडले आक्रमण गरेको र द्वारकामा रहेको निजी अस्पतालमा भर्ना गरेको तर त्यहीँ चिकित्सकले उनलाई मृत घोषणा गरेको स्वीकार गरेका थिए । नारायण कापस हेरामा एउटा भाडाको घरमा बस्दै आएका थिए ।

‘‘विस्तृत रुपमा अनुसन्धान थालिएपछि यादवले आफ्नो अपराध स्वीकार गरेको छ । उसले आफूले फलामको रडले टाउकोमा हानेको स्वीकार गर्यो । उसले केही महिनाअघि नारायणसँग ३० हजार रुपैयाँ सापट लिएको बताएको छ । भोजनारायणले सो रकम फिर्ता गर्न दबाब दिएपछि उसले मार्ने योजना बनाएको रहेछ,’’ डीसीपी आर्यालाई उद्धृत गर्दै बिजनेश स्ट्यान्डर्डले जनाएको छ ।

२०७५ चैत १३ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

विजयी भलिबल टिमलाई वडामा सम्मान

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को कार्यालयले भलिबल प्रतियोगितामा विजयी भएको भलिबल टिमलाई...

मकवानपुरमा ६६ हजार कुखुरा नष्ट, बर्डफ्लु नियन्त्रण अझैं भएन

मकवानपुर । मकवानपुरको हेटौंडामा बर्डफ्लु पुष्टि भएको पाँच साताको बीचमा ६६ हजार पाँचसय ४६ कुखुरा,...

मकवानपुरमा प्रशोधन नगरिएको दूध बिक्रीमा प्रशासनले लगायो प्रतिबन्ध

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आजबाट प्रशोधन नगरिएको दूध बिक्रीमा रोक लगाएको छ ।...

प्रधानाध्यापकले यौनहिंसा गरेको खुलासा गरेकी छात्राको जलाएर हत्या

नुसरत जाहा राफीलाई बंगलादेशस्थित उनको विद्यालय परिसरमा मट्टीतेल खन्याएर आगो लगाइयो । दुई साता अघिमात्रै...

चितवनमा सुरुभयो प्रदेश ३ को लगानी सम्मेलन, यस्ता छन् एजेण्डा

मकवानपुर । प्रदेश–३ सरकारको आयोजनामा आजबाट चितवनमा लगानी सम्मेलन सुरु भएको छ । प्रदेश–३ मा...