News Portal

तेन्दुलकर र अफ्रिदीको रेकर्ड तोड्ने नेपाली हिरो

भूगोल संवाददाता
८० पटक

काठमाडौं । सचिन तेन्दुलकर र शाहिद अफ्रिदी अन्तराष्ट्रिय क्रिकेटका लेजेन्ड हुन् । तर, नेपालका युवा ब्याट्सम्यान रोहितकुमार पौडेलले शनिबार यूएईविरुद्ध अर्धशतक बनाएसँगै दुबै लेजेन्डलाई पछि पार्दै दुर्लभ रेकर्ड बनाएका छन् ।

यूएईविरुद्ध ५४ रन बनाएसँगै रोहित अन्तराष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने कान्छे क्रिकेटर बनेका छन् । उनी भर्खर १६ वर्ष १४६ दिनका भए।

यसअघि सचिन तेन्दुलकरले १६ वर्ष दुई सय १३ दिनको उमेरमा पाकिस्तानविरुद्ध टेस्ट गेममा ५९ रन बनाउँदै कम उमेरमा अर्धशतकको रेकर्ड बनाएका थिए।

शाहिद अफ्रिदीले १६ वर्ष दुई सय १७ दिनको उमेरमा श्रीलंकाविरुद्धको खेलमा जम्मा ३७ बलमा शतक हानेका थिए। पौडेलले एकदिवसीय शृङ्खला अन्तर्गत यूएईविरुद्धको खेलमा ५८ बलमा ५५ रन बनाउँदै विश्व रेकर्ड बनाएका हुन्।

रोहित नेपाली यू १९ राष्ट्रिय टोलीका अलराउण्डर हुन्। भैरहवाबाट छनोट भएका पौडेल यसअघि बालुवाटार क्रिकेट एकेडेमीबाट खेल्दै आएका थिए। यूएईमा शनिबार भएको खेलमा ब्याट समातेको केही मिनेटमै पौडेलले विश्व रेकर्ड बनाएका हुन्।

रोहित अन्तर्राष्ट्रिय एक दिवसीय खेलमा डेब्यू गर्ने सबै भन्दा कम उमेरका खेलाडीमध्ये पर्छन्। उनले गत अगष्टमा नेपालले आफ्नो इतिहासमै पहिलो एक दिवसीय शृंखला खेल्दा नेदरल्यान्ड्सविरुद्धको दोस्रो एक दिवसीय खेलमा ‘डेब्यू’ गर्ने अवसर पाएका थिए। एक दिवसीय खेलमा डेब्यू गर्दा उनी १५ वर्ष तीन सय ३५ दिनका थिए।

भर्खरै अन्तर्राष्ट्रिय क्रिकेटमा अघि बढ्न सकेको नेपाली क्रिकेटले एकपछि अर्को कीर्तिमान आफ्नो नाममा बनाउँदै अन्तर्राष्ट्रिय क्रिकेट समुदायको ध्यान आफूतर्फ केन्द्रित गर्न सफल देखिएको छ। नेपाली क्रिकेटले यस अघि नै पनि केही अनौठो कीर्तिमान आफ्नो नाममा बनाएको थियो।

नेपालले ५० ओभरको अन्तर्राष्ट्रिय खेलमा सबै भन्दा कम बलमा जित हात पारेको कीर्तिमान आफूसँगै राखेको छ। नेपालले सन् २००६ मा एसियाली क्रिकेट काउन्सिल (एसीसी) कपअन्तर्गत भएको खेलमा म्यानमारले दिएको ११ रनको लक्ष्य दुई बलमै पार गरेको थियो।

नेपाली बलर मेहबुब आलमले अर्को अनौठो कीर्तिमान कायम गरे। उनले सन् २००८ मा भएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० विश्व क्रिकेट लिग डिभिजन पाँचअन्तर्गत मोजाम्बिकविरुद्धको खेलमा सबै १० विकेट लिएका थिए।

सो प्रदर्शनसँगै उनी अन्तर्राष्ट्रिय आधिकारीक प्रतियोगितामा यस्तो किर्तिमान कायम गर्ने पहिलो र एक मात्र खेलाडीका रुपमा रहदै आइरहेका छन् ।

२०७५ माघ १४ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

विजयी भलिबल टिमलाई वडामा सम्मान

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को कार्यालयले भलिबल प्रतियोगितामा विजयी भएको भलिबल टिमलाई...

मकवानपुरमा ६६ हजार कुखुरा नष्ट, बर्डफ्लु नियन्त्रण अझैं भएन

मकवानपुर । मकवानपुरको हेटौंडामा बर्डफ्लु पुष्टि भएको पाँच साताको बीचमा ६६ हजार पाँचसय ४६ कुखुरा,...

मकवानपुरमा प्रशोधन नगरिएको दूध बिक्रीमा प्रशासनले लगायो प्रतिबन्ध

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आजबाट प्रशोधन नगरिएको दूध बिक्रीमा रोक लगाएको छ ।...

प्रधानाध्यापकले यौनहिंसा गरेको खुलासा गरेकी छात्राको जलाएर हत्या

नुसरत जाहा राफीलाई बंगलादेशस्थित उनको विद्यालय परिसरमा मट्टीतेल खन्याएर आगो लगाइयो । दुई साता अघिमात्रै...

चितवनमा सुरुभयो प्रदेश ३ को लगानी सम्मेलन, यस्ता छन् एजेण्डा

मकवानपुर । प्रदेश–३ सरकारको आयोजनामा आजबाट चितवनमा लगानी सम्मेलन सुरु भएको छ । प्रदेश–३ मा...