News Portal

नेपालका कम्युनिष्ट नाम मात्रका हुन्ः भीमसेन महत

भूगोल संवाददाता
४७७ पटक

जीवनको लामो यात्रा कम्युनिष्ट राजनीतिमा बिताएका भीमसेन महत अहिले नेपाली कांग्रेसमा छन् । स्थानीय तहको निर्वाचनमा नेकपा मालेका तर्फबाट हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवार बनेका महतले पार्टी मात्र होइन जीवनयापनको पद्दतीलाई नै रुपान्तरण गरेका छन् । मालेमा हुँदा सामाजिक विषय वस्तु र सर्वसाधारणका समस्या समाधानका लागि तत्काल आवाज उठाउने गरेका महत अहिले मौन देखिन्छन् । कांग्रेस प्रवेशसँगै अध्यात्मतर्फ लागेका महतसँग भुगोल न्यूजका सम्पादक ध्रुव अधिकारीले राजनीति, धर्मलगायतका विषयमा रहेर गरेको वार्तालापको केही भाग :

१) जीवनका लामो कालखण्ड कम्युनिष्ट सिद्धान्त, आदर्श र व्यवहारमा बिताएको तपाईंमा कम्युनिष्ट प्रति एक्कासी वितृष्णा र नैरष्यता किन ?

उत्तरः हुन त के हो भन्दा खेरी, दुई चार वर्ष अगाडि देखि कम्युनिष्टको जुन विचार हो । त्यो विचार देखि मेरो आस्था प्रती डगमगाएको थियो । त्यसको कारण चाही के हो भने । माक्सले प्रतिपादन गर्नुभएको कम्युनिष्ट सिद्धान्त चाही बहुलवाद भन्ने छैन । त्यहा एकतन्त्रिय शासनको कल्पना छ । एउटा कम्युनिष्ट पार्टीको ामत्र शासन हुन्छ भन्ने छ । तर पछिल्लो चरणमा नेपालमै मात्र हेर्ने हो भने पनि तत्कालिन नेकपा एमालेमा धेरै अगाडि नै मदन भण्डारीले जनताको बहुदलिय जनवाद भनेर ल्याउनु भयो । कार्यक्रम नीति सिद्धान्त नै बन्यो एमालेको । त्यो भनेको नेकपा एमालेले जनवादी क्रान्तिपछि पनि सबै नागरिकलाई दल खोल्न पाउने स्वतन्त्रता सहितको छ । त्यो कम्युनिष्ट पार्टीमा हुँदै हुँदैन । हिजोको दिनमा शसस्त्र द्वन्द्व गरेर आएको नेकपा माओवादी पनि २१ औं शताब्दीको जनवाद भन्ने छ । त्यसमा माओवादीले पनि बहुलवादलाई स्विकार गरेरको छ । म डगमगाए भन्नुको आशय के हो भने । अब पियोर कम्युनिजममा बहुलबाद भन्ने हुँदैहुँदैन । अब अहिले पछिल्लो चरणमा सबै कम्युनिष्ट पार्टीले बहुवादलाई स्विकार गरेर आएका छन् । त्यसले मेरो कम्युनिष्ट प्रतिको आस्था डगमगाएको थियो । विश्वको अध्ययन गर्दापनि पहिला करिब ३० देशमा कम्युनिष्ट पार्टीको शासन थियो । घट्दै गएर ४÷५ वटामा आइपुग्यो । कम्युनष्टि राम्रो भएको भए त बढ्नुपर्ने । त्यो पनि मैले घटेको अवस्था देखे । सबैभन्दा सजिलो चिनलाई अध्ययन गर्दा पनि हुन्छ । माओले जनवादी क्रान्ति पश्चात कम्युनिष्ट शासन सुरु भयो । सुरुका वर्ष कम्युनिष्टको नीति, सिद्धान्त अनुसार देश अगाडि बढेको देखिन्छ । १५÷२० वर्ष अगाडि स्वतन्त्रताको खोजीमा तिहानम्यान चोकमा आन्दोलन पनि भयो । त्यो बेला राज्यले दमन गर्यो । अब अहिले हेर्दा कम्युनिष्टको विचार अनुसार जनवादी क्रान्ति पूजिवादको विकास, समाजवाद, साम्यवादमा जानु पर्ने । अब त्यो चिनलाई हेर्ने हो भने पार्टीको बाहिबाट खोल हेर्दाखेरी कम्युनिष्ट देश नै देखिन्छ । तर देशको भित्र पुगेर अध्ययन गर्ने हो भने फरक देखिन्छ । हेर्दा खेरी कम्युनिष्ट शासन छ । तर बहुलवाद छैन । पूँजिवादी विकासका क्यारेक्टर चाही त्यहा छ । त्यही विचारलाई चिनका वर्तमान राष्ट्रपतिले सिजिङपिङवाद भनेर ल्याउनु भयो । जनताले गास, वास, कपासको व्यवस्था भएपछि स्वतन्त्रता खोज्दो रहेछ । त्यसैले चिन जानु पर्ने समाजवादको उच्चतम विकास गर्दै सम्यवादमा जानु पर्नेमा आज युटर्न भएर पूँजीवादमा आयो । यी सबैलाई अध्ययन र विश्लेषण गर्दा कांग्रेसमा जाने सोच बनाए । त्यसपछि कांग्रेसको अध्ययन थाले । वीपीको इतिहास पढे । सुवर्ण शम्शेर, गणेशमानको जीवन पढे । कांग्रेसको राष्ट्रियता, प्रजातान्त्रिक समाजवाद पढे । मलाई कांग्रेसको प्रजातान्त्रिक समाजवाद सबैभन्दा मन पर्यो किनभने हामीले हिजो कम्युनिष्ट हुँदा पनि समाजवादमा आर्थिक समानताको पहिलो एजेण्डा थियो । कम्युनिष्टमा आर्थिक समानताको कुरा चाही छ । तर धेरै स्वतन्त्रताबाट बञ्चित छ । सरकार, पार्टीलगायतको विरोध गर्ने स्वतन्त्रता छैन । तर कांग्रेसको प्रजातान्त्रिक समाजवादमा आर्थिक समानतासहित बोल्ने, विरोध गर्ने, दल खोल्ने स्वतान्त्रता छ । धेरै हुने सँग धेरै कर र थोरै हुनेसँग कम कर लगाउने र त्यसबाट संकलन भएको रकमले गरिबको जिवनस्तर उकास्ने र एउटा विन्दुमा पुगेपछि प्रजातान्त्रिक समाजवाद हुन्छ भनेर कांग्रेसले भनेको छ । दुवैले आर्थिक समानतालाई केन्द्र विन्दु बनाएका छन् । तर भिन्नता भनेको कम्युनिष्टले आर्थिक स्वतन्त्रता भन्दै मानविय धेरै स्वतन्त्रतालाई बन्देज लगाएको छ । कांग्रेसले मानविय चाहना, स्वतन्त्रतालाई कायम राख्दै आर्थिक समानता भन्छ । यी सबैलाई अध्ययन गर्दा रियल कम्युनिजम भन्ने कुरा संसारमा रहेन । यो अवस्थामा यही देशमा जन्मेको, यहीको नीति सिद्धान्त अवलम्बन गरेको पार्टीमा किन नलाग्ने भनेर नेपाली कांग्रेसमा प्रवेश गरे ।

२) तपाईले कम्युनिष्ट र कांग्रेसमा सिद्धान्त, विचारमा खासै फरक नभएको भन्नुभयो । कम्युनिष्टले आफ्नो विचार छाड्दै गएको आरोप लगाउनुभयो । सिद्धान्त एउटै भएपछि ५० वर्ष बिताएको कम्युनिष्ट पार्टीमै बसेर राजनीतिक गरेको भए हुदैनथ्यो ?

उत्तरः कुरा के भने, लामो समय कम्युनिष्ट कै राजनीति गर्यो, कम्युनिष्टकै किताब पढियो, विचार बोकेर हिँडियो । कम्युनिष्टकै व्याख्या गरियो, भाषण गरियो । के हुँदो रहेछ भने त्यो भन्दा बाहिरको दायरमा म जादै गइन । अरु अध्ययन गरिएन् । त्यो जमानामा पनि कम्युनिष्ट सिद्धान्त हुँदा पढेर भएको होइन् । मलाई पनि मेरा अग्रजहरुले के सिकाए भने कम्युनिष्ट राज्य सत्ता आयो भने त दिनदुःखी गरिब कोही हुँदैन । सबैले खान पाउँछ, सबैले लगाउन पाउँछ भने । अब मैले त्यही बुझे । त्यो जती राम्रो शासन के होला भन्ने पर्यो । अहिले आएर त्यो भ्रम टुटेको अवस्था छ । होइन रहेछ, गलत बुझाइएको, बुझेको रहेछ भन्ने थाहा भयो । जहाँसम्म भविष्यको कुरा छ । भविष्यमा आफु कहाँ पुग्छु भनेर राजनीति गरेको होइन् । सेवाभाव नै हो । पछिल्लो चरणमा राजनीतिलाई आम जनताले पनि जसरी बुझेका छन् । नेताहरुले त्यही गरेका छन् । त्यसैले आम जनताले पनि त्यही बुझेका छन् । राजनीति सेवा हो त्यो मेवा होइन् । सबैले मेवा बनाएका छन् । मलाइ अहिले पनि सेवाको अर्थ बुझ्छु । राजनीतिमा मेरो भष्विय कहाँ छ छैन भन्दा पनि कुन बाटोबाट जनताको बढी सेवा गर्न सकिन्छ । त्यस अर्थमा म कांग्रेस हो ।

३) नेकपा मालेमा रहदा तपाई जिल्लाको नेतृत्व र केन्द्रमा प्रतिनिधितव गर्नुहुन्थ्यो । कांग्रेसमा प्रवेश गरेर तल्लो तहमा बसरेर काम गरिरहनु भएको छ । कम्युनिष्ट र कांग्रेस दुवैमा रहेपछि राजनीतिलाई कसरी ग्रहण गर्नुभएको छ । कस्तो अनुभव रह्यो ।

उत्तरः आफु नेतृत्वमा रहदा आफ्नो योजना जनताका उठान गर्ने विषयमा होस् । जनतासँग जोडिएका विविध पक्षलाई आफुले तत्काल नेतृत्व गरेर कार्यक्रम, योजना लैजान पाइयो । तर कांग्रेस आइसकेपछि पदिय हैसियतबाट म धेरै पछाडि छु । जसका कारणबाट म जनताका विषय उठान, जनतासँग जोडिएका विषयलाई मैले उठान गर्न सकेको अवस्था छैन । तर नेपाली कांग्रेसमा मेरो पदिय हैसिय जे भएपनि नेपाली कांग्रेसका आम साथीहरुले मलाई माया गर्नुभएको छ । कार्यकर्ताले मन पराएपछि, माया गरेपछि कुनै दिन नेतृत्वमा पनि पुर्याउछन् । नेतृत्वमा पुगेपछि अनि काम गर्न सजिलो पनि होला । गरौला पनि भन्ने विचार छ ।

४) जीवनका युवा जोश, जाँगर र उमेर कम्युनिष्टमा बिताएर अहिले कांग्रेस ठिक भन्दै हुनुहुन्छ । कांग्रेसमै जानुको कारण कम्युनिष्टप्रतिको वितिष्णा हो ?

उत्तरः जब कम्युनिष्ट पार्टीले बहुलवाद भन्नासाथै त्यो कम्युनिष्ट रहेन । अब स्पष्टै भन्नु पर्दा कम्युनिष्ट पार्टी भन्दा अझै पनि जनतामा एउटा आकर्षण जनु छ । त्यो आर्षणका कारण कम्युनिष्ट पार्टी भनेर बसिरहेका छन् । यर्थाथमा नेपालमा रहेका कम्युनिष्ट पार्टी कम्युनिष्ट नै होइनन् । किनभने कम्युनिष्ट पार्टी हुनका लागि बहुलबादलाई स्विर्कानै मिल्दैन । बहुलवादलाई स्विकारपछि कम्युनिष्ट नै रहदैन । त्यसकारण यी कम्युनिष्ट पार्टी होइनन । मैले कम्युनिष्ट राजनीति छाड्नको पहिलो कारण यही हो । दोस्रो कारण, म जुन पार्टीमा थिए । पछिल्लो चरणमा धुर्वीकृत हुँदै अब साना पाटी विलय हुने अवस्थामा आयो । अब विलय हुने कमजोर हुने अवस्था आयो । या त कम्युनिष्ट भनिएका ठूला पार्टी लाग्नु पर्यो या त नेपाली कांग्रेसमा । यो दुई वटा बाहेक विकल्प थिएन् । जनताको समस्या उठान गरेर साना पार्टीबाट धक्का दिन नसक्ने अवस्था बन्यो । बहुलवाद स्विकार गरेपछि कम्युनिष्ट पनि प्रजातान्त्रिक पाटी नै हुन् । साँचिकै जनतालाई किन झुट बोल्न, भ्रममा पारिराख्ने। म कम्युनिष्ट हु भन्ने तर आनीबानी व्यवहार, सोचविचार जिवनशैली सबै पूँजीवादीको किन गरिराख्ने । बरु नेपाली कांग्रेस स्पष्टमा रुपमा स्थापना कालदेखिनै राष्ट्रियता प्रजातन्त्र, समाजवाद भनेको छ । नेपालको राजनीतिक इतिहास हेरियो भे पनि हिजोसम्म कम्युनिष्ट पार्टीले यो संसदीय शासन प्रणालीलाई खसी टाउको देखाएर कुकुरको मासु बेच्ने थलोे हो भनेर व्याख्या गर्थे । आज त्यही संसदीय शासन प्रणालीमा सबै कम्युनिष्ट पार्टी छिरिसकेका छन् । अहिले नेकपाको दुईतिहाइ बहुमतको सरकार छ । अहिले पनि उनिहरुको राजनीतिक एजेण्डा सिदिएको छैन । कांग्रेसको एजेण्डा सकिएको हो नि त । उच्चतम रानीतिक सफलता हासिल गरेकाले कांग्रेसले भन्नुपर्ने चाही विकास र सम्मृद्धि हो । अहिलेको सरकारले पूजिको चरम विकास गर्दै समाजवाद मार्फत् सम्यवादमा जान्छु भन्नुपर्ने ठाउँमा । अहिले के भन्छ विकास र सम्मृद्धि त हाम्रो नारा हो भन्छ । यसले पनि के देखाउँछ भने नेकपा पनि प्रजातान्त्रिक पार्टी नै हो भन्ने प्रमाणित गर्छ । त्यो कारणले गर्दा कांग्रेस स्थापनाकालदेखि अहिलेसम्म राजनीतिक रुपमा विजय नै छ । चुनावी हार जित आफ्नो ठाउँमा रहन्छ । यो प्राविधिक कुरा हो । तर रराजनीतिक रुपमा जित कांग्रेसकै भएको छ । कांग्रेसले नै ल्याएको राजनीतिक एजेण्डा यो देशमा लागू भएको छ । अर्को सत्य के हो भने यो ठूलो प्लेट फर्म हो । साँच्चिकै भोलीका दिनमा कांग्रेसले पत्याएर मलाई त्यो हैसियत स्थान दियो भने आमजनताको हितमा धेरै काम गर्न सक्छु । ठूलो संगठन भएकाले जनताका जनजीवीकासँग जोडिएका यावत समस्या समाधान गर्न सहज हुने भएकाले कांग्रेस नै मेरो रोजाइमा पर्यो ।

५) मालेमा हुँदा जसरी सार्वजनिक काम तथा सेवाका विषयमा चासो र खबरदारी गर्नुहुन्थ्र्यो । कांग्रेसमा प्रवेशपछि गुमनाम हुनुभयो त ? के यस्ता विषयमा बोल्न पार्टीले रोकेको हो ?

उत्तरः स्वभाविक रुपमा के हुन्छ भने अहिले म नेतृत्व तहमा नभएको कारणले पार्टीको लाइनभन्दा बाहिर जान मिलेन । पार्टीसँग अनुमति लिएर गर्नुपर्ने हुन्छ । त्यस कारणले गर्दा पनि मैले त्यस्ता इस्यू उठाउन सकेको अवस्था छैन । अहिले संगठनतर्फ नै बढी समय दिइराखेको छु । कांग्रेसमा प्रवेश भएको एकडेढ वर्ष हुँदैछ । पहिला त्यहा भित्र सबैसाथीभाइसँग पहुँच पुर्याउनु पर्यो । आफ्नो व्यक्तित्व पनि चिनाउनु पर्यो । उहाँहरुलाई पनि चिनाउनु पर्यो । धेरै समय संगठन, पार्टीमा लगाएका कारण सामाजिक महत्वका विषयलाई उठान गर्न नसकेको हो । एक वर्षको परिफेरीमा कांग्रेसको जिल्ला अधिवेशन हुन्छ । त्यसपछि साथीहरले एउटा जिम्मेवारी दिनु होला , त्यसपछि फेरि समाजिक विषय, जनताका विषयलाई उठान गर्नेछु ।

६) प्रशंग बदलौं, पार्टीसँगै व्यक्तिगत जीवनमा पनि परिवर्तन गर्नुभयो । कम्युनिष्ट हुँदा धर्मलाई महत्व दिनुहुँदैन्थ्यो । अहिले धार्मिक आस्था सामाजीक व्यवहार मै देखाइहनु भएको छ । के काँग्रेसमा गएपछि धर्मलाई बोक्नै पर्ने रहेछ ?

उत्तरः त्यस्तो होइन । यो संयोग मात्र मिलेको हो । मैले पहिले नै १५÷२० वटा अध्यात्मक पुस्तक किनेको थिए । तर त्यसलाई अध्ययन गर्न पाएको थिइन् । मेरो योजना वास्तवमा धर्म के रहेछ भनेर अध्ययन गर्ने रुची पहिले देखिनै थियो । तर अहिले कांग्रेस भइसकेपछि ति पुस्तक अध्ययन गरे । कांग्रेस हुनु र अध्यात्मक तिर जोडिनु संयोग मात्र परेको हो । यर्थाथमा कांग्रेस भएर अध्यात्मकमा लागेको होइन । कांग्रेस भएपछिको समयमा धर्म, अध्यात्मका पुस्तक अध्ययनमा लागे । त्यही क्रममा मकवानपुरकै रजैया एउटा अश्रम छ । अग्नीहोत्रा आश्रममा जान थाले । त्यहाँका गुरुसँग धेरै चरणका कुराकानी भए । कुराकानी पछि वास्तवमा अध्यात्म के रहेछ भन्ने शिक्षा, ज्ञान गुरुदेवबाट प्राप्त भयो । त्यससँगै म अध्यात्मतर्फ डोरिएको हो ।

८) जीवनको ५० औं वसन्त पार गरेपछि फेरि ब्रतबन्ध गर्नुभयो । यसलाई केहीले देखावटी र कम्युनिष्ट प्रतिको वितृष्णा हो भनेर टिप्पणी गरेका छन् । खासमा यो उमेरमा आएर फेरि ब्रतवन्ध किन गर्नुभएको ?

उत्तरः अड्कलबाजी, अन्दाज गर्न पाइन्छ । त्यो आमजनताले माया गरको हो । भीमसेन के हो, भीमसेन के भयो भनेर चासो राख्नु, चर्चा गर्नु माया गर्नु हो । म त्यसको टिकाटिप्पणी गर्दिन् । आश्रममा म जान थाले पछि के थाहा भयो भने सृष्टिकाल मै यो देश आर्यवर्त देशमा पर्ने रहेछ । कैलाश मानसरोवरमा सृष्टिको सुरुवात भएको देखिन्छ । कैलाशको पूर्वबाट एउटा नदि गएको गंगापुत्र पश्चिमबाट यमुना गण्डिकीहरु बगेको छ । दुवै नदिहरु भारतको गंगासागरमा मिलेको छ । यो नदिको घेरा भित्र पर्ने भूभागलाई आर्यवर्त देश भनिन्छ । यसमा ४ वटा देश पर्छ । त्यसमध्ये यज्ञदेश चाही नेपाल पर्दछ । यो यज्ञ तथा तपोभूमिमा पर्दछ । आर्य भनेको इश्वर वर्त भनेको आउजाव गरिराख्ने रहेछ । जसरी एउटा युगमा कृष्ण भगवान, राम आउनुभयो । किन अमेरिकामा आउनु भएन् अवतार लिएर । किन यही क्षेत्रमा सबै अवतार आउनु भयो । यसले के पुष्टि गर्छ भने यो यज्ञभूमि, आर्यवर्त देश हो । इश्वरको आउजाउ हुन्छ । यहाँको हरेक वस्तुमा इश्वर छ । हामी पूर्विय वैदिक सनातनी वर्णाशनी व्यवस्था अन्र्तगतको सृष्टिकालदेखि नै रहेछौं । वर्णाशनी बुझाइ अलि गलत छ । वर्ण चारवटा हो नै । ब्राम्हण, वैष्ण, क्षेत्री, शुत्र छन् । वेदमा शुत्रलाई पनि अछुत जाती भनिएको छैन । खाली, कर्म, ज्ञानको आधारमा कार्यविभाजनमात्र गरेको छ । तर पछिल्लो चरणमा आएपछि छुतअछुत गरेको पाइन्छ । उसलाई पनि ज्ञान प्राप्त गर्ने अध्यात्ममा लाग्ने, पूजापाठ गर्ने वेद पढ्ने अधिकार छ । त्यहाँ कुनै छुवाछुत, भेदभाव छैन । पूर्विय वैदिक सनातनी भएपछि जन्मको आधारमा सबैको आआफ्नो नित्यकर्म छ । विस १ हजार ४५ पछि भारतमा ६ सय वर्ष औरन्यजेब मुशलमानको शासन गरे । ६ सय वर्ष पछाडि ब्रिटिसले ३ सय वर्ष हाराहारी शासन गरेको इतिहास छ । मुशलमानले शासन गरिसकेपछि त्यो समयमा हाम्रा वेद, उपनिशद, धर्मग्रन्ध, शास्त्रहरु मुशलमानले जलाएर नष्ट गरेको अवस्था रहेछ । नष्ट भएपछि सम्प्रदायहरुको विकास भएको देखिन्छ । मुशलमानको आक्रमणबाट बच्नका लागि सम्प्रदाय विकास भएको देखिन्छ । हामी हिन्दुभन्दा फरक हौ भनेर बच्नका लागि सम्प्रदाय बनेको अवस्था थियो । सम्प्रदायको विकास भएपछि जतिपनि धर्मशास्त्रहरु आए नी दोहोर्याएर लेखिएर आए । जसमा हाम्रो पूर्विय वैदिक शनातन अन्र्तगतको कर्मकाण्डका पुस्तक, धर्मग्रन्थमा सम्प्रदायको कुरा पनि समावेश गरिएछ । जसले गर्दा हाम्रा कर्मकाण्डका विधि र प्रक्रिया अधुरो, अपुरो भएको छ । हाम्रोमा १६ वटा कर्मकाण्ड छन् जुन पछिल्लो समय हराउँदै गएका छन् । यि सबै कुरा अध्ययन पछि आश्रममा गुरुदेवले क्षेत्रीको पनि नित्यकर्म जप रहेको बताउनु भयो । सानोमा लिएको जप सम्प्रदायका विधि छिरेको कारण अपुरो रहेछ, जुन गायत्री मन्त्र लिए त्यो गलत रहेछ । त्यो क्षत्रीले लिनुपर्ने होइन रहेछ । त्यसका कारणले गर्दा मैले यो उमेरमा आएर फेरि ब्रतबन्ध गरेको हो । साँच्चिकै क्षत्रीको गायत्री मन्त्र जे हो त्यो लिएर नित्यकर्म गर्ने गर्दछु । पूर्विय वैदिक सनातनीलाई नित्यकर्म गर्न आग्रह गर्दछु । यो हाम्रो पहिचान पनि हो । संसारलाई हामीले सिकाउने रहेछ । यो हाम्रो संस्कार हो । यसलाई जीवन व्यवहारमा लागू गरेर सबैलाई देखाउनु, सिकाउनु पर्ने रहेछ । मैले त्यसको सुरुवात गरेको छु ।

९) पछिल्लो समय आश्रम, हिन्दु धर्मका गुरुहरुसँग निकट हुनुहुन्छ । सांसारिक, पारिवारीक जीवनबाट पनि बाहिर निस्कन खोज्नु भएको हो ?

उत्तरः होइन, हाम्रो कस्तो छ भने सुरुमा ५ वर्षमा अक्षराम्भ भन्छ । ५ वर्ष भन्दा अगाडि अक्षर चिन्न, पढ्न नमिल्ने रहेछ । यसमा वैज्ञानिक कारण छ । ५ वर्षसम्म बच्चाको दिमागको विकासको समय रहेछ । अहिले जुन चलन २ वर्षमै पढाउन सुरु गर्ने त्यो गलत हो । दिमाग विकासको समयमै उसलाई प्रेशर दियो भने दिमागको विकासमा अवरोध पुग्छ । त्यस्तै ७ वर्षमा ब्रतबन्ध छ । साच्चै विधि मान्ने हो भने ब्रतबन्ध गरेपछि घरमा बस्न पाइदैन । उ एकल गुरुकुल आश्रममा जानुपर्छ । २५ वर्षसम्म गुरुकुलमा अध्ययन गर्छ । त्यसपछि गृहस्थ जिवनमा फर्कन्छ । ५० वर्षको भएपछि वानप्रास्थन (फेरि आश्रममा जाने) गर्न पाइन्छ । मेरो सबालमा कुरा गर्ने हो भने म जान मिल्दैमिल्दैन । मेरो परिवार छ । सनतान छ । पूर्विय वैदिक सनातनीमा परिवार बाबु प्रति निर्भर रहदै आएको छ । श्रीमती, सन्तान प्रति मेरो जिम्मेवारी हुन्छ । मैले त्यो बेलामा जान पाउँछु जुन बेला सन्तानको विवाह दान गरेर आफैले कमाएर बाँचने भएपछि मात्र छोड्न मिल्छ । श्रीमतीसँग पनि अनुमति लिनुपर्छ । कि श्रीमतिसहित जानु पर्छ । त्यसकार म आफ्नो जिम्मेवारी छाडेर आश्रममा जान मिल्दैन । परिवारको अनुमति आवश्यक पर्छ । सांसारिक र पारिवारिक जीवनबाट भागेर त्यता लग्न लागेको होइन । यो कर्म भित्र पर्छ ।

१०) अब भीमसेन महतलाई गेरु वस्त्रमा देख्दा अचम्म नमान्दा हुन्छ ?

उत्तरः समाजको बुझाइ पनि अच्चमको गेरु वस्त्र लगाउने भनेको जोगी बन्ने भन्ने छ । हाम्रोमा गेरु वस्त्र भन्ने हुँदैन । पूर्वियवैदिक सनातनीको चाही माथि माथि भोटो र तल धोती छ । टाउकोमा उसनिस लगाउनुपर्छ । हाम्रो पहिरन चाही त्यो हो । हामीले छाड्दै आएक मात्र हौ । त्यसकारण गेरु वस्त्र चाही होइन उसनिस, भोटो र धोतीमा चाही देखिन सक्छु । साँच्चिकै हाम्रो वस्त्र त्यही हो । सेतो कपडा हुन्छ । सेतो कपडाले ब्याक्टेरिलाई ग्रहण गर्दैन । जोगी होइन हाम्रो पहिचानको वस्त्रमा चाही देखिने सम्भावना छ ।
यो उमेर आएर म आध्यात्ममा लागे विभिन्न चर्चापरिचर्चा पनि भयो । तर वास्तवमा म भागयमानी छु । यो उमेरमा आएर रजैयाको आश्रममा पुगे । अहिले गुरु देवको जुन आर्शिवाद पाएको छु । उहाँले मलाई शिष्य बनाउनु भयो । म एकदम आभारी छु । यो जीवनमा गुरुदेवको शिष्य बन्नपाउनु, आश्रय पाउनु मलाई ठूलो कुरा भएको छ । आफु भाग्यमानी भएको महशुस पनि भएको छ ।

२०७५ चैत १५ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

विजयी भलिबल टिमलाई वडामा सम्मान

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को कार्यालयले भलिबल प्रतियोगितामा विजयी भएको भलिबल टिमलाई...

मकवानपुरमा ६६ हजार कुखुरा नष्ट, बर्डफ्लु नियन्त्रण अझैं भएन

मकवानपुर । मकवानपुरको हेटौंडामा बर्डफ्लु पुष्टि भएको पाँच साताको बीचमा ६६ हजार पाँचसय ४६ कुखुरा,...

मकवानपुरमा प्रशोधन नगरिएको दूध बिक्रीमा प्रशासनले लगायो प्रतिबन्ध

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आजबाट प्रशोधन नगरिएको दूध बिक्रीमा रोक लगाएको छ ।...

प्रधानाध्यापकले यौनहिंसा गरेको खुलासा गरेकी छात्राको जलाएर हत्या

नुसरत जाहा राफीलाई बंगलादेशस्थित उनको विद्यालय परिसरमा मट्टीतेल खन्याएर आगो लगाइयो । दुई साता अघिमात्रै...

चितवनमा सुरुभयो प्रदेश ३ को लगानी सम्मेलन, यस्ता छन् एजेण्डा

मकवानपुर । प्रदेश–३ सरकारको आयोजनामा आजबाट चितवनमा लगानी सम्मेलन सुरु भएको छ । प्रदेश–३ मा...