News Portal

कांग्रेसको वनभोज तथा नयाँ वर्षको शुभकामना आदानप्रदान

भूगोल संवाददाता
९८ पटक

मकवानपुर । नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका १६ र १७ को संयुक्त आयोजनामा शनिबार बनभोज तथा नयाँवर्षको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रम भएको छ ।

बनभोज तथा शुभकामना आदानप्रदान कार्यक्रमका कार्यक्रम संयोजक टाँकाराज धितालको सभाध्यक्षता एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यतामा बनभोज, शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपाध्यायले अहिलेको सरकार चरम भ्रष्टाचारमा लिप्त भएकाले बिस्तारै सबैको विश्वास कांग्रेसप्रति बढेको बताउनुभयो ।

त्यसैगरी विशिष्ट अतिथि नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले कांग्रेस अगाडि बढ्न कसैले रोक्न नसक्ने बताउनुभयो । कम्युनिस्टको शासनशत्ताबाट जनता आजित भैसकेको बताउँदै विशिष्ट अतिथि बानियाँले अबको ३ वर्षपछि कांग्रेसलाई कसैले पराजित गर्न नसक्ने बताउनुभयो ।

कार्यक्रममा अतिथिहरु कांग्रेस मकवानपुरका उपसभापति विष्णुप्रसाद लामिछाने, प्रमुख सल्लाहकार माईकल रामचन्द्र अर्याल, संगठन विभाग प्रमुख कृष्णप्रसाद सञ्जेल, शिक्षा विभाग प्रमुख कृष्णप्रसाद दाहाल, नगर सभापति अानन्दराम पराजुली, हेटौंडा १६ का वडा अध्यक्ष रामकृष्ण कोईराला, दामोदर सुवेदीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियोे । कार्यक्रममा राप्रपा र नेकपा पार्टी परित्याग गरि ४३ जना नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

२०७५ चैत २३ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

विजयी भलिबल टिमलाई वडामा सम्मान

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को कार्यालयले भलिबल प्रतियोगितामा विजयी भएको भलिबल टिमलाई...

मकवानपुरमा ६६ हजार कुखुरा नष्ट, बर्डफ्लु नियन्त्रण अझैं भएन

मकवानपुर । मकवानपुरको हेटौंडामा बर्डफ्लु पुष्टि भएको पाँच साताको बीचमा ६६ हजार पाँचसय ४६ कुखुरा,...

मकवानपुरमा प्रशोधन नगरिएको दूध बिक्रीमा प्रशासनले लगायो प्रतिबन्ध

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आजबाट प्रशोधन नगरिएको दूध बिक्रीमा रोक लगाएको छ ।...

प्रधानाध्यापकले यौनहिंसा गरेको खुलासा गरेकी छात्राको जलाएर हत्या

नुसरत जाहा राफीलाई बंगलादेशस्थित उनको विद्यालय परिसरमा मट्टीतेल खन्याएर आगो लगाइयो । दुई साता अघिमात्रै...

चितवनमा सुरुभयो प्रदेश ३ को लगानी सम्मेलन, यस्ता छन् एजेण्डा

मकवानपुर । प्रदेश–३ सरकारको आयोजनामा आजबाट चितवनमा लगानी सम्मेलन सुरु भएको छ । प्रदेश–३ मा...