News Portal

झरनाको आयोजनामा सशुल्क मुक्तक साँझ

भूगोल संवाददाता
३६ पटक

मकवानपुर । झरना साहित्यक परिवारले सशुल्क प्रतियोगितात्मक मुक्तक साँझ तथा शिव सावित्री अधिकारी स्मृति मुक्तक सम्मान गरेको छ ।
हेटौंडा–५ भैरवरोडमा रहेको साहित्य संगम मकवानपुरको सभाहलमा १६ वटा प्रतियोगी मुक्तक बाचन भएका थिए भने अन्य दर्जनौं अप्रतियोगी मुक्तक बाचन गरिएको थियो ।

कार्यक्रममा माया, प्रेम, सामाजिक विकृतिको उजागर, राजनीतिक समस्यालगायत व्यक्तिका विभिन्न मनोभावना समेटिएको मुक्तक बाचन भएको थियो ।

कार्यक्रममा मुक्तक संग्रह प्रकाशित गर्ने ४ जना मकवानपुरे मुक्तककारले आफ्ना ७÷७ वटा मुक्तक बाचन गरेका थिए । संग्रह निकालिसकेका मुक्तककार देवराज खरेल, विश्वनाथ सञ्जेल, डिबी वर्तौला र अनिश न्यौपानेले आफ्नो मुक्तक प्रस्तुत गरेका थिए ।

प्रतियोगितामा सहभागीमध्ये सरिता तिमल्सिना सर्वोत्कृष्ट मुक्तककार घोषत भइन् । उनलाई नगदसहित पुरस्कृत गरिएको थियो । त्यस्तै अग्रज मुक्तककार झापा निवासी केशव आचार्यलाई नगद ११ हजार एक सय ११ रुपैयाँ राशीको शिव सावित्री अधिकारी स्मृति मुक्तक सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि मुक्तककार हरिकृष्ण काफ्लेले आकर्षक शैलीमा मुक्तक बाचन गरिरहँदा सहभागीबाट ताली र हुटिङ आइरह्यो । उनले झण्डै एक दर्जन मुक्तक बाचन गरेका थिए ।

झरनाका अध्यक्ष दीपक गौतमको अध्यक्षतामा भएको कार्यक्रममा हास्यव्यङ्ग्यकार आरसी रिजाल, मातृभूमि साहित्य समाज मकवानपुरका अध्यक्ष माधव पोखरेल, आँचल साहित्य कला पुञ्जकी अध्यक्ष अप्सरा तिम्सिना, गजल मञ्च मकवानपुरका अध्यक्ष तथा प्रतियोगितामा निर्णायक देवराज लामिछाने, नेपाली लेखक संघ मकवानपुरका अध्यक्ष विष्णुप्रसाद लामिछाने, साहित्य संगम मकवानपुरकी उपाध्यक्ष अनिता न्यौपाने, गजल मञ्चमकवानपुरका सचिव केशव समर्पणलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

२०७५ चैत २४ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

विजयी भलिबल टिमलाई वडामा सम्मान

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को कार्यालयले भलिबल प्रतियोगितामा विजयी भएको भलिबल टिमलाई...

मकवानपुरमा ६६ हजार कुखुरा नष्ट, बर्डफ्लु नियन्त्रण अझैं भएन

मकवानपुर । मकवानपुरको हेटौंडामा बर्डफ्लु पुष्टि भएको पाँच साताको बीचमा ६६ हजार पाँचसय ४६ कुखुरा,...

मकवानपुरमा प्रशोधन नगरिएको दूध बिक्रीमा प्रशासनले लगायो प्रतिबन्ध

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आजबाट प्रशोधन नगरिएको दूध बिक्रीमा रोक लगाएको छ ।...

प्रधानाध्यापकले यौनहिंसा गरेको खुलासा गरेकी छात्राको जलाएर हत्या

नुसरत जाहा राफीलाई बंगलादेशस्थित उनको विद्यालय परिसरमा मट्टीतेल खन्याएर आगो लगाइयो । दुई साता अघिमात्रै...

चितवनमा सुरुभयो प्रदेश ३ को लगानी सम्मेलन, यस्ता छन् एजेण्डा

मकवानपुर । प्रदेश–३ सरकारको आयोजनामा आजबाट चितवनमा लगानी सम्मेलन सुरु भएको छ । प्रदेश–३ मा...