News Portal

भीमफेदी कारागारमा झडप हुनुको यस्तो छ कारण

भूगोल संवाददाता
१५०३ पटक

मकवानपुर । भीमफेदीमा रहेको क्षेत्रीय कारागारमा नाइकेका भएको कैदीबन्दी बीच झडप र विवाद भएको जनाइएको छ । कारागारमा रहेको ब्लक (क) का नाइके डानियल लामाको गलत क्रियाकलाप विरुद्ध कैदीबन्दी उत्रिएपछि विवाद भएको जिप्रका मकवानपुरका प्रवक्ता ( डिएसपी) यज्ञप्रसाद भट्टराईले बताए ।

नाइके लामाको गतिविधि र व्यवहारको कैदीबन्दीले विरोध गरेपछि विवाद भएको उनले जानकारी दिए । विरोध गर्ने र लामामाको पक्षमा रहेका कैदीबन्दी बीच विवाद भएपनि झडप नभएको डिएसपी भट्टराईले बताए ।

अहिलेसम्मको अध्ययनले नाइके लामाले प्रतिबन्धित सामानहरु कारागार भित्र लैजाने, कैदीबन्दीलाई भेदभाव गर्नेलगायतका व्यवहार देखाएकाले विवाद भएको खुल्न आएको उनले उल्लेख गरे । विवाद गर्ने दुवै पक्ष अहिले शान्त भइसकेको जनाइएको छ ।

घटनाको सबै विवरण पत्ता लगाएर समस्या समाधान गर्ने पहल अहिले भइरहेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट गएको टोलीले घटनाको अध्ययन गरिरहेको भट्टराईले बताए । दुवै पक्षका कुरा सुनेर विवादको अन्त्य गर्ने काम भइरहेको डिएसपी भट्टराईले जनाए ।

विवाद शान्त भएपनि कारागारमा सशस्त्र र जनपथ प्रहरीले सुरक्षा दिइरहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट पनि ५० जनाको टोली कारगारमा पठाइएको भट्टराईले जानकारी दिए ।

यो पनि पढ्नुहोस् : भीमफेदी कारागारमा कैदीबन्दीबीच झडप, व्यापक प्रहरी तैनाथ

२०७५ चैत २४ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

विजयी भलिबल टिमलाई वडामा सम्मान

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को कार्यालयले भलिबल प्रतियोगितामा विजयी भएको भलिबल टिमलाई...

मकवानपुरमा ६६ हजार कुखुरा नष्ट, बर्डफ्लु नियन्त्रण अझैं भएन

मकवानपुर । मकवानपुरको हेटौंडामा बर्डफ्लु पुष्टि भएको पाँच साताको बीचमा ६६ हजार पाँचसय ४६ कुखुरा,...

मकवानपुरमा प्रशोधन नगरिएको दूध बिक्रीमा प्रशासनले लगायो प्रतिबन्ध

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आजबाट प्रशोधन नगरिएको दूध बिक्रीमा रोक लगाएको छ ।...

प्रधानाध्यापकले यौनहिंसा गरेको खुलासा गरेकी छात्राको जलाएर हत्या

नुसरत जाहा राफीलाई बंगलादेशस्थित उनको विद्यालय परिसरमा मट्टीतेल खन्याएर आगो लगाइयो । दुई साता अघिमात्रै...

चितवनमा सुरुभयो प्रदेश ३ को लगानी सम्मेलन, यस्ता छन् एजेण्डा

मकवानपुर । प्रदेश–३ सरकारको आयोजनामा आजबाट चितवनमा लगानी सम्मेलन सुरु भएको छ । प्रदेश–३ मा...