News Portal

सभापति देउवाले बोलाएको अनौपचारिक बैठक सिटौलाद्वारा बहिष्कार

भूगोल संवाददाता
२८ पटक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको शीर्ष नेताको बैठक ‘तेस्रो धार’ को नेतृत्व गर्दै आएका नेता कृष्णप्रसाद सिटौलाले बहिष्कार गरेका छन् । केन्द्रीय कार्यसमितिपछिको शक्तिशाली मानिने केन्द्रीय कार्यसम्पादन समितिमा भएको भागबण्डाप्रति असन्तुष्टि जनाउँदै सिटौलाले शीर्ष नेताको बैठक बहिष्कार गरेका हुन् ।

कार्यसम्पादन समिति गठनका लागि सहमति जुटाउन सभापति शेरबहादुर देउवाले सोमबार बिहान अनौपचारिक छलफलका लागि आफ्नै निवासमा नेताहरुलाई बोलाएका थिए । उक्त बैठकलाई नेता सिटौलाले बहिष्कार गरेको उनका सहयोगी किरण सिटौलाले पुष्टि गरेका छन् ।

‘‘महासमिति बैठकको म्याण्डेट विपरित गरिएको निर्णयदेखि कार्यसम्पादन समितिमा गरिएको भागबण्डाहरु विधान विपरित भएकाले सिटौलाले बैठक बहिष्कार गर्नुभएको हो,’’ उनले बाह्रखरीसँग भने, ‘‘पार्टीलाई विधानसम्मत चलाउनुपर्ने उहाँको अडान हो, पार्टीलाई भागबण्डाका आधारमा चलाउनुहुन्न भनेर बैठकमा जानुभएन ।’’

गत शुक्रबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा कार्यसम्पादन समिति गठनका लागि सभापति देउवा र नेता रामचन्द्र पौडेलबीच भागबण्डा मिलेको भए पनि तेस्रो धारका नेता कृष्णप्रसाद सिटौला भने असन्तुष्ट छन् । सिटौलाको असन्तुष्टिकै कारण शनिबार बोलाइएको केन्द्रीय समिति बैठक पनि स्थगित भएको थियो । २९ सदस्यीय कार्यसम्पादन समितिमा आफूले दुई जना सदस्य पाउनुपर्ने अडानमा नेता सिटौला देखिएको श्रोतको भनाइ छ ।

२०७५ चैत २५ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

विजयी भलिबल टिमलाई वडामा सम्मान

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को कार्यालयले भलिबल प्रतियोगितामा विजयी भएको भलिबल टिमलाई...

मकवानपुरमा ६६ हजार कुखुरा नष्ट, बर्डफ्लु नियन्त्रण अझैं भएन

मकवानपुर । मकवानपुरको हेटौंडामा बर्डफ्लु पुष्टि भएको पाँच साताको बीचमा ६६ हजार पाँचसय ४६ कुखुरा,...

मकवानपुरमा प्रशोधन नगरिएको दूध बिक्रीमा प्रशासनले लगायो प्रतिबन्ध

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आजबाट प्रशोधन नगरिएको दूध बिक्रीमा रोक लगाएको छ ।...

प्रधानाध्यापकले यौनहिंसा गरेको खुलासा गरेकी छात्राको जलाएर हत्या

नुसरत जाहा राफीलाई बंगलादेशस्थित उनको विद्यालय परिसरमा मट्टीतेल खन्याएर आगो लगाइयो । दुई साता अघिमात्रै...

चितवनमा सुरुभयो प्रदेश ३ को लगानी सम्मेलन, यस्ता छन् एजेण्डा

मकवानपुर । प्रदेश–३ सरकारको आयोजनामा आजबाट चितवनमा लगानी सम्मेलन सुरु भएको छ । प्रदेश–३ मा...