News Portal

मलेसियामा बस दुर्घटना हुँदा ५ नेपालीको मृत्यु

भूगोल संवाददाता
२२४ पटक

काठमाडौँ । मलेसियाको क्वालालम्पुर एयरपोर्ट नजिकै एक बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।

मृतकमध्ये ५ जना नेपाली रहेको रहेका छन् । द मलेसियन टाइम्सुमा प्रकाशित समाचार अनुसार आइतवार राति काममा जाँदै गरेका विदेशी कामदारहरू बोकेको बस नालीमा खस्दा दुर्घटना भएको हो ।

दुर्घटनामा ड्राइभर सहित पाँच नेपाली तीन इन्डोनेसियन र दुई बंगालदेशी कामदार गरी ११ जनाको निधन भएको स्थानीय प्रहरीले बताएको छ ।

बसमा ४३ जना यात्रु सवार रहेका थिए । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

२०७५ चैत २५ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

विजयी भलिबल टिमलाई वडामा सम्मान

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को कार्यालयले भलिबल प्रतियोगितामा विजयी भएको भलिबल टिमलाई...

मकवानपुरमा ६६ हजार कुखुरा नष्ट, बर्डफ्लु नियन्त्रण अझैं भएन

मकवानपुर । मकवानपुरको हेटौंडामा बर्डफ्लु पुष्टि भएको पाँच साताको बीचमा ६६ हजार पाँचसय ४६ कुखुरा,...

मकवानपुरमा प्रशोधन नगरिएको दूध बिक्रीमा प्रशासनले लगायो प्रतिबन्ध

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आजबाट प्रशोधन नगरिएको दूध बिक्रीमा रोक लगाएको छ ।...

प्रधानाध्यापकले यौनहिंसा गरेको खुलासा गरेकी छात्राको जलाएर हत्या

नुसरत जाहा राफीलाई बंगलादेशस्थित उनको विद्यालय परिसरमा मट्टीतेल खन्याएर आगो लगाइयो । दुई साता अघिमात्रै...

चितवनमा सुरुभयो प्रदेश ३ को लगानी सम्मेलन, यस्ता छन् एजेण्डा

मकवानपुर । प्रदेश–३ सरकारको आयोजनामा आजबाट चितवनमा लगानी सम्मेलन सुरु भएको छ । प्रदेश–३ मा...