News Portal

ब्याक टु ब्याक हिट गीत दिँदै विष्णु माझी

भूगोल संवाददाता
२४६ पटक

लोकगायिका विष्णु माझी नेपथ्यबाटै ब्याक टु ब्याक हिट गीतहरु दिइरहेकी छिन् । सालको पात‘ लाई पछ्याउँदै उनको अर्को गीत लालुमैले यतिबेला बजार पिटिरहेको छ ।

करिब एक महिनामै लालुमैले एक करोड भ्यूज कटाएको छ । यो सालको पातपछि छिटो करोड क्वमा प्रवेश गरेको दोस्रो गीत हो । गीतको लोकप्रियता बढ्दै जाँदा यसले लामो यात्रा तय गर्ने देखिएको छ ।

सालको पात र लालुमैले नेपाली लोकसंगीतलाई नयाँ उचाईमा पुर्‍याएको लोकसंगीतका पारखीहरुले बताइरहेका छन् । अन्यथा यसअघि लोकगीत भनेपछि नाक खुम्च्याउने नायिकाहरु अहिले लोकगीतमा मोडलिङ गर्न खुशीसाथ तयार हुने थिएनन् ।

लालुमैमा विष्णु माझीलाई सन्दिप न्यौपानेले साथ दिएका छन् । गीतमा शब्द र संगीत भने शिव हमालको रहेको छ । शिवले यसअघि पछ्यौरी देउ बैना, कस्लाई सोध्ने होला जस्ता हिट गीतहरु दिएका थिए । युट्युवमा आफ्नो च्यानलबाट गीत अपलोड गरेका उनले अहिलेसम्म सबैभन्दा बढि मिहिनेत गरेर यो गीत तयार गरेको र ठूलो आशा राखेको बताएका छन् ।

यता लालुमैको सफलताले विष्णु माझीको बजार अझै गर्माएको छ । उनी यतिबेला नेपालकै सर्वाधिक व्यस्त ९गीत रेकर्डिङका हिसाबले० र महंगी गायिका मानिएकी छिन् । सार्वजनिक रुपमा कतै नदेखिने विष्णु भूमिगत ढंगले स्टुडियोमा गएर गीत रेकर्ड गराउँछिन् । गीत गाउँदा स्टुडियोमा झ्याल ढोकाका पर्दा लगाउँछिन् । बाहिर निस्किनुपर्दा पछ्यौरी र मास्कले अनुहार ढाक्छिन् । देश-विदेशका कन्सर्टहरुमा उनको माग चर्को भए पनि उनी कतै जाँदिनन् ।

केही दिनअघि स्याङ्जाका प्रमुख जिल्ला अधिकारीले विष्णु र उनका श्रीमान सुन्दरमणी अधिकारीलाई झिकाएर ‘भूमिगत’ बस्नुको कारण सोधेका थिए । विष्णुले स्वैच्छाले यस्तो जीवन बाँचेको बताएकी थिइन् ।

विष्णु र सुन्दरमणीका जुम्ल्याहा छोरा पनि छन् । सुन्दरमणी पनि संगीत क्षेत्रमै छन् । उनको आफ्नो म्युजिक कम्पनी छ । विष्णुले गाउने गीतहरुको बारेमा सुन्दरमणीले नै डिल गर्ने गर्छन् ।

२०७५ चैत २६ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

विजयी भलिबल टिमलाई वडामा सम्मान

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को कार्यालयले भलिबल प्रतियोगितामा विजयी भएको भलिबल टिमलाई...

मकवानपुरमा ६६ हजार कुखुरा नष्ट, बर्डफ्लु नियन्त्रण अझैं भएन

मकवानपुर । मकवानपुरको हेटौंडामा बर्डफ्लु पुष्टि भएको पाँच साताको बीचमा ६६ हजार पाँचसय ४६ कुखुरा,...

मकवानपुरमा प्रशोधन नगरिएको दूध बिक्रीमा प्रशासनले लगायो प्रतिबन्ध

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आजबाट प्रशोधन नगरिएको दूध बिक्रीमा रोक लगाएको छ ।...

प्रधानाध्यापकले यौनहिंसा गरेको खुलासा गरेकी छात्राको जलाएर हत्या

नुसरत जाहा राफीलाई बंगलादेशस्थित उनको विद्यालय परिसरमा मट्टीतेल खन्याएर आगो लगाइयो । दुई साता अघिमात्रै...

चितवनमा सुरुभयो प्रदेश ३ को लगानी सम्मेलन, यस्ता छन् एजेण्डा

मकवानपुर । प्रदेश–३ सरकारको आयोजनामा आजबाट चितवनमा लगानी सम्मेलन सुरु भएको छ । प्रदेश–३ मा...