News Portal

श्रीमानले ननुहाएको र दाह्री नकाटेका कारण श्रीमतीले मागीन् डिभोर्स

भूगोल संवाददाता
१४० पटक

आजकाल स–सानो कुरामा सम्बन्ध टुट्ने स्थितीमा पुग्छ । सम्बन्धविच्छेदका विभिन्न किस्सा त तपाईंले सुन्नुभएकै होला तर मध्यप्रदेशको पारिवारिक अदालतमा सम्बन्धविच्छेदको एउटा यस्तो मामला सार्वजनिक भएको छ जसले तपाईंलाई आश्चर्यमा पार्नेछ ।

सम्बन्धविच्छेदको निवेदनमा श्रीमतीले श्रीमानको रहन–सहन चित्त नबुझेको बताएकी छिन् । श्रीमतीका अनुसार उनका श्रीमान् नुहाउँदैनन्, चिसो रुमाल खाटमा फ्याँक्छन् र दाह्री पनि काट्दैनन् ।

यो मामलामा परामर्श दिइरहेका शैल अवस्थीका अनसार दम्पत्तीले सन् २०१६ मा अन्तरजातीय विवाह गरेका हुन् । युवती ब्राम्हण हुन् र युवक सिन्धी समाजका हुन् । विवाहको एक वर्षसम्म दुईजनाबीच सबैकुरा राम्रै चल्यो तर अब उनीहरुबीच झगडा सुरु भयो ।

युवतीले परामर्शदातालाई श्रीमानको रहन–सहन ठिक नभएको बताइन् । उनले भनिन्, ‘उनी सर–सफाइमा ध्यान दिँदैनन् । उनी दाह्री काट्दैनन् चिसो मौसममा धेरै दिनसम्म नुहाउँदैनन् । दुर्गन्ध लुकाउनका लागि उनी परफ्यूम छर्कन्छन् । चिसो रुमाल ओछ्यानमा फाल्छन् ।’

यता श्रीमानले पनि आफू श्रीमतीको हातको खेलौना नभएको बताएका छन् । उनले भनेका छन्, ‘मैले आफ्नो जीवनयापन कसरी गर्ने भनेर म आफैं निर्धारण गर्छु । ’

अचम्मको कुरा के छ भने दुई श्रीमान्–श्रीमती रहन–सहनको कुरामा यति अडिग छन् कि उनीहरु जसरी पनि सम्बन्धविच्छेद चाहन्छन् । मामलाको अहिले टुङ्गो लागेको छैन

२०७५ चैत २८ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

विजयी भलिबल टिमलाई वडामा सम्मान

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को कार्यालयले भलिबल प्रतियोगितामा विजयी भएको भलिबल टिमलाई...

मकवानपुरमा ६६ हजार कुखुरा नष्ट, बर्डफ्लु नियन्त्रण अझैं भएन

मकवानपुर । मकवानपुरको हेटौंडामा बर्डफ्लु पुष्टि भएको पाँच साताको बीचमा ६६ हजार पाँचसय ४६ कुखुरा,...

मकवानपुरमा प्रशोधन नगरिएको दूध बिक्रीमा प्रशासनले लगायो प्रतिबन्ध

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आजबाट प्रशोधन नगरिएको दूध बिक्रीमा रोक लगाएको छ ।...

प्रधानाध्यापकले यौनहिंसा गरेको खुलासा गरेकी छात्राको जलाएर हत्या

नुसरत जाहा राफीलाई बंगलादेशस्थित उनको विद्यालय परिसरमा मट्टीतेल खन्याएर आगो लगाइयो । दुई साता अघिमात्रै...

चितवनमा सुरुभयो प्रदेश ३ को लगानी सम्मेलन, यस्ता छन् एजेण्डा

मकवानपुर । प्रदेश–३ सरकारको आयोजनामा आजबाट चितवनमा लगानी सम्मेलन सुरु भएको छ । प्रदेश–३ मा...