News Portal

दाहाल र कोइरालाले भने-‘सहकार्य विनाको राजनीति शून्य’

भूगोल संवाददाता
५३ पटक

चितवन । एकअर्कामा आरोपप्रत्यारोप चलिरहँदा सत्तापक्ष र प्रतिपक्षका दुई प्रभावशाली नेताले सहमति र सहकार्यको विकल्प नभएको बताएका छन्। नेपालमा भएका अहिलेसम्मका राजनैतिक उपलब्धी सहमति र सहकार्यबाट मात्रै सम्भव भएको बताउँदै त्यसमा जोड दिएका छन्।

भरतपुरमा आयोजित एक कार्यक्रममा सहभागी हुन पुगेका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले सहकार्य विनाको राजनीति शून्य हुने बताएका छन्। भरतपुरको लंकुमा स्थापना गरिएको जेम्स फनफार्कको उद्धघाटन गर्दै दुवै नेताले सहमतिको वातावरण तयका लागि जोड दिए।

नेकपा अध्यक्ष दाहालले राजनैतिक सहमतिका लागि नेपाली कांग्रेसलाई आह्वान गरे।सरकार सहमति गर्न तयार रहेको भन्दै उनले विकास र समृद्धिको सपना पूरा गर्नका लागि कांग्रेस महामन्त्री कोईरालामार्फत सहमति र सहकार्य आग्रह गरे।राष्ट्रिय सहमतिले मात्रै पंचायत विरोधी आन्दोलन हुँदै शान्ति प्रकृया सफल हुँदै लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको स्मरण गराए।ुनेपालमा जतिपनि राजनैतिक परिवर्तन र स्थायीत्व बनेको छ, त्यो सहमतिबाटै बनेको छ, दाहालले भने, ऐतिहासिक सहमति र सम्झौताद्वारा ठूला कुरा पूरा गरेका छौं।

अब विकास र समृद्धिको यात्रा पनि त्यसै गरी पूरा गर्न महामन्त्रिमार्फत कांग्रेसलाई आग्रह गर्छु। उनले विकास र समृद्धि सरकारको मुख्य एजेण्डा भएको बताए।उत्पादन वृद्धि र रोजगारी सृष्टि गरेर आर्थिक आधार बनाउनु पर्छ, उनले भने, व्यक्ति धनी भएर मात्र होइन देश धनी हुनुपर्छ।

कांग्रेस महामन्त्रि कोईरालाले भने सरकारले सहमतिको वातावरण बनाउन नसकेको बताए। सरकार गठनको एक वर्षभन्दा बढी हुँदा पनि सरकारको दिशा अल्मलिएको आरोप लगाए। प्रतिपक्षीको हैसिएतमा रचनात्मक रुपमा प्रस्तुत हुँदा सरकारले त्यसको अवमूल्यन गरेको बताए। हामी सकारात्मक प्रतिपक्षको भूमिकामा खेल्न चाहन्छौं, हामीलाई साथ लिएर गएको खण्डमा नेपालमा समृद्धि आउँछ, कोईरालाले भने, एक वर्ष भन्दा लामो समय हुँदा पनि सरकार कताकता रुमलिएइको जस्तो देखिएको छ, त्यसैले अब सहमतिको विकल्प छैन। कम्युनिस्ट सरकार गठन भएको लमो समय वितिसक्दा पनि केही काम गर्न नसकेको आरोप लगाए।

आज मुलुक अप्ठेरो अवस्थामा छ, त्यसैले देश बनाउन हामीसँगै हिडौं उनले भने, समृद्धिको यात्रामा हामी जानका लागि सरकारले राष्ट्रिय सहमतिको वातावरण तयार गर्नुपर्छ।
भरतपुर महानगरपालिका वडा नम्बर चारस्थित लंकुमा रहेको जेम्स फनपार्कको दाहाल र कोईरालाले उद्घाटन गरेका थिए।उक्त फनपार्क २५ करोडको लागतमा निमार्ण गरिएको फनपार्कका अध्यक्ष महेश तिवारीले बताए।

२०७५ चैत २८ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

विजयी भलिबल टिमलाई वडामा सम्मान

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को कार्यालयले भलिबल प्रतियोगितामा विजयी भएको भलिबल टिमलाई...

मकवानपुरमा ६६ हजार कुखुरा नष्ट, बर्डफ्लु नियन्त्रण अझैं भएन

मकवानपुर । मकवानपुरको हेटौंडामा बर्डफ्लु पुष्टि भएको पाँच साताको बीचमा ६६ हजार पाँचसय ४६ कुखुरा,...

मकवानपुरमा प्रशोधन नगरिएको दूध बिक्रीमा प्रशासनले लगायो प्रतिबन्ध

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आजबाट प्रशोधन नगरिएको दूध बिक्रीमा रोक लगाएको छ ।...

प्रधानाध्यापकले यौनहिंसा गरेको खुलासा गरेकी छात्राको जलाएर हत्या

नुसरत जाहा राफीलाई बंगलादेशस्थित उनको विद्यालय परिसरमा मट्टीतेल खन्याएर आगो लगाइयो । दुई साता अघिमात्रै...

चितवनमा सुरुभयो प्रदेश ३ को लगानी सम्मेलन, यस्ता छन् एजेण्डा

मकवानपुर । प्रदेश–३ सरकारको आयोजनामा आजबाट चितवनमा लगानी सम्मेलन सुरु भएको छ । प्रदेश–३ मा...